Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #‘द चेन्ज’
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #एफडब्लुएलडी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #बेलीब्रिज
  • #बोराबाध
  • #एमालेको महाधिवेशन
  • #निर्वाचन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २३, २०८२

नेपालमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि विभिन्न मुलुकले नेपाली नागरिकलाई भिसामा कडाइ गर्न थालेको सन्दर्भमा दूतावासको यस्तो सूचना आएको हो । यसअघि युएईस्थित नेपाली दूतावासले पनि यस्तै सूचना जारी गरेको थियो । 

काठमाडौं– कतारस्थित नेपाली राजदूतावासले त्यहाँको नियम, कानुन, सांस्कृतिक मूल्यमान्यता पूर्णरुपमा पालना गर्न नेपालीहरुलाई सचेत गराएको छ । दूतावासले बुधबार जरुरी सूचना जारी गर्दै कतारमा कार्यरत नेपालीहरुलाई यस्तो आग्रह गरेको हो ।

‘कतारमा विभिन्न पेसा र व्यवसायमा कार्यरत रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई कतारको नियम, कानुन, सांस्कृतिक मूल्य–मान्यता पूर्णरुपमा पालना गर्न नेपाली राजदूतावास, दोहा हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।

नेपालमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि विभिन्न मुलुकले नेपाली नागरिकलाई भिसामा कडाइ गर्न थालेको सन्दर्भमा दूतावासको यस्तो सूचना आएको हो । यसअघि युएईस्थित नेपाली दूतावासले पनि यस्तै सूचना जारी गरेको थियो । जेन–जी आन्दोलनपछि युएईले नेपालीलाई भिजिट भिसा र कामदार भिसा दुवै रोकेको अवस्था छ । कतारसहित अन्य खाडी राष्ट्रहरु र युरोपका देशहरुले पनि भिसामा कडाइ गरेको बताइएको छ ।    

Hardik health

‘सार्वजनिक स्थलमा मादकपदार्थको सेवन तथा झैझगडा, लागुपदार्थ ओसारपसार, मादकपदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोबार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्रहत्या, तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लंघन आदि दण्डनीय कार्य भएको हुँदा यस्ता कार्यहरूमा संलग्न नहुन र देहायका विषयहरूमा विशेष सावधानी अपनाउनुहुन सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछ,’ कतारस्थित नेपाली दूतावासको सूचनामा थप भनिएको छ ।

दूतावासले सूचनामा कतारमा रहँदा पालना गर्नुपर्ने विषयहरु १७ वटा बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ । जसमा कतारको कानुन, नियम र सांस्कृतिक मूल्य–मान्यताको पूर्ण पालना गर्ने, कतारको कानुनले निषेध गरेका कुनै पनि कार्यहरू नगर्ने, सार्वजनिकस्थलमा मादक पदार्थ र धूमपान सेवन नगर्ने भनिएको छ ।

यसैगरी, कुनै पनि व्यक्तिले दिएको सामान चेकजाँच नगरी नबुझ्ने, अध्यागमन र ट्राफिक नियमको सधैं पालना गर्ने, जहाँसुकै र जहिलेसुकै शिष्ट, मर्यादित र अनुशासित व्यवहार गर्ने, कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्ने, प्रलोभनमा परेर वा नबुझिकन कुनै कागजातमा सही गर्न नहुने, आफ्नो राहदानी, कतार परिचयपत्र, बैंक खाता नम्बर, फोनको सीम कार्ड कसैलाई पनि नदिने र कतार आइडी बुझाइ कुनै किसिमको बैंक ऋण नलिनेलगायत बुँदा सूचनामा उल्लेख छ ।

दूतावासले एउटा कम्पनीको कतार आइडी लिएर अर्को कम्पनीमा काम गर्नु अवैधानिक हुनेसमेत सचेत गराएको छ । साथै, नेपालबाट भाङको अचार, मर्चाजस्ता खाद्यवस्तुहरू ल्याउन र लेनदेन नगर्न आग्रह गरिएको छ ।‘सामाजिक सञ्जालहरूमा व्यक्तिगत चरित्र हत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभावी पोस्ट नगर्ने, नेपाली चाडपर्वहरू मनाउँदा स्थानीय धार्मिक र सांस्कृतिक संवेदनशीलता तथा मूल्यमान्यतालाई गम्भीरताका साथ ध्यान दिनुपर्ने । चाडपर्व होस वा अन्य समय, कुनै पनि बेला जुवातास खेल्न नहुने, सार्वजनिक स्थलमा फोटो खिच्दा र टिकटकलगायतका भिडियो बनाउँदा अपरिचित व्यक्तिहरूलाई फ्रेममा लिन नहुने,’ दूतावासले उल्लेख गरेको बुँदामा छ ।

सार्वजनिकस्थलमा अमर्यादित, उच्छृंखल र भड्किलो पोसाक लगाएर नहिँड्न पनि दूतावासले सचेत गराएको छ । कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिई कुनै पनि कार्यक्रम नगर्न र नेपाली समुदायबीच एकता कायम गर्न सबै संघसंस्था र समाजहरूबीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्न दूतावासले आग्रह गरेको छ ।कतार नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मुलुकमध्येको एक हो । त्यहाँ लाखौं संख्यामा नेपालीहरु कार्यरत छन् । जेन–जी आन्दोलनपछि युएईले नेपाली नागरिकलाई भिसा रोके पनि कतारले हालसम्म भिसा दिइरहेको व्यवसायीहरुले बताएका छन् ।
 


प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति शुक्रबार, मंसिर १२, २०८२
सरकारले शुल्क बढाएको एक हप्तापछि व्यवसायीको विरोध
सरकारले शुल्क बढाएको एक हप्तापछि व्यवसायीको विरोध शुक्रबार, मंसिर १२, २०८२
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा पुगेका मात्र झन्डै २० लाख 
सामाजिक सुरक्षा कोषमा वैदेशिक रोजगारीमा पुगेका मात्र झन्डै २० लाख  शुक्रबार, मंसिर १२, २०८२
गौशाला प्रहरी वृत्तलाई संघको भवन
गौशाला प्रहरी वृत्तलाई संघको भवन बिहीबार, मंसिर ११, २०८२
यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट 
यूएईले दिन थाल्यो भिसा, माग्यो पुलिस रिपोर्ट  बिहीबार, मंसिर ११, २०८२
सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो
सीप सिकेरमात्र वैदेशिक रोजगारीमा जाने क्रम बढ्दो बुधबार, मंसिर १०, २०८२
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना
ओमानद्वारा आप्रवासी कामदारको भर्ना नियमन गर्न संघ स्थापना मंगलबार, मंसिर ९, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP