Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
कतारको कानुनविपरीत हुने कुनै पनि गतिविधिमा संलग्न नहुन दूतावासको आग्रह 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २३, २०८२

नेपालमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि विभिन्न मुलुकले नेपाली नागरिकलाई भिसामा कडाइ गर्न थालेको सन्दर्भमा दूतावासको यस्तो सूचना आएको हो । यसअघि युएईस्थित नेपाली दूतावासले पनि यस्तै सूचना जारी गरेको थियो । 

काठमाडौं– कतारस्थित नेपाली राजदूतावासले त्यहाँको नियम, कानुन, सांस्कृतिक मूल्यमान्यता पूर्णरुपमा पालना गर्न नेपालीहरुलाई सचेत गराएको छ । दूतावासले बुधबार जरुरी सूचना जारी गर्दै कतारमा कार्यरत नेपालीहरुलाई यस्तो आग्रह गरेको हो ।

‘कतारमा विभिन्न पेसा र व्यवसायमा कार्यरत रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी र दाजुभाइहरूलाई कतारको नियम, कानुन, सांस्कृतिक मूल्य–मान्यता पूर्णरुपमा पालना गर्न नेपाली राजदूतावास, दोहा हार्दिक अनुरोध गर्दछ,’ सूचनामा भनिएको छ ।

नेपालमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि विभिन्न मुलुकले नेपाली नागरिकलाई भिसामा कडाइ गर्न थालेको सन्दर्भमा दूतावासको यस्तो सूचना आएको हो । यसअघि युएईस्थित नेपाली दूतावासले पनि यस्तै सूचना जारी गरेको थियो । जेन–जी आन्दोलनपछि युएईले नेपालीलाई भिजिट भिसा र कामदार भिसा दुवै रोकेको अवस्था छ । कतारसहित अन्य खाडी राष्ट्रहरु र युरोपका देशहरुले पनि भिसामा कडाइ गरेको बताइएको छ ।    

Nada Auto Show 2026
Hardik health

‘सार्वजनिक स्थलमा मादकपदार्थको सेवन तथा झैझगडा, लागुपदार्थ ओसारपसार, मादकपदार्थ उत्पादन तथा बिक्री, अश्लील भिडियोको कारोबार, चेक बाउन्स, सामाजिक सञ्जालमा मिथ्या आरोप, गाली गलौज र चरित्रहत्या, तेस्रो मुलुक खासगरी पूर्वी युरोप पठाइदिने भनी ठगी कार्य, अध्यागमन र ट्राफिक नियमको उल्लंघन आदि दण्डनीय कार्य भएको हुँदा यस्ता कार्यहरूमा संलग्न नहुन र देहायका विषयहरूमा विशेष सावधानी अपनाउनुहुन सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछ,’ कतारस्थित नेपाली दूतावासको सूचनामा थप भनिएको छ ।

दूतावासले सूचनामा कतारमा रहँदा पालना गर्नुपर्ने विषयहरु १७ वटा बुँदामा उल्लेख गरी सार्वजनिक गरेको छ । जसमा कतारको कानुन, नियम र सांस्कृतिक मूल्य–मान्यताको पूर्ण पालना गर्ने, कतारको कानुनले निषेध गरेका कुनै पनि कार्यहरू नगर्ने, सार्वजनिकस्थलमा मादक पदार्थ र धूमपान सेवन नगर्ने भनिएको छ ।

यसैगरी, कुनै पनि व्यक्तिले दिएको सामान चेकजाँच नगरी नबुझ्ने, अध्यागमन र ट्राफिक नियमको सधैं पालना गर्ने, जहाँसुकै र जहिलेसुकै शिष्ट, मर्यादित र अनुशासित व्यवहार गर्ने, कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्ने, प्रलोभनमा परेर वा नबुझिकन कुनै कागजातमा सही गर्न नहुने, आफ्नो राहदानी, कतार परिचयपत्र, बैंक खाता नम्बर, फोनको सीम कार्ड कसैलाई पनि नदिने र कतार आइडी बुझाइ कुनै किसिमको बैंक ऋण नलिनेलगायत बुँदा सूचनामा उल्लेख छ ।

दूतावासले एउटा कम्पनीको कतार आइडी लिएर अर्को कम्पनीमा काम गर्नु अवैधानिक हुनेसमेत सचेत गराएको छ । साथै, नेपालबाट भाङको अचार, मर्चाजस्ता खाद्यवस्तुहरू ल्याउन र लेनदेन नगर्न आग्रह गरिएको छ ।‘सामाजिक सञ्जालहरूमा व्यक्तिगत चरित्र हत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभावी पोस्ट नगर्ने, नेपाली चाडपर्वहरू मनाउँदा स्थानीय धार्मिक र सांस्कृतिक संवेदनशीलता तथा मूल्यमान्यतालाई गम्भीरताका साथ ध्यान दिनुपर्ने । चाडपर्व होस वा अन्य समय, कुनै पनि बेला जुवातास खेल्न नहुने, सार्वजनिक स्थलमा फोटो खिच्दा र टिकटकलगायतका भिडियो बनाउँदा अपरिचित व्यक्तिहरूलाई फ्रेममा लिन नहुने,’ दूतावासले उल्लेख गरेको बुँदामा छ ।

सार्वजनिकस्थलमा अमर्यादित, उच्छृंखल र भड्किलो पोसाक लगाएर नहिँड्न पनि दूतावासले सचेत गराएको छ । कतार सरकारको सम्बन्धित निकायबाट पूर्वस्वीकृति नलिई कुनै पनि कार्यक्रम नगर्न र नेपाली समुदायबीच एकता कायम गर्न सबै संघसंस्था र समाजहरूबीच आपसी सद्भाव र सहयोग अभिवृद्धि गर्न दूतावासले आग्रह गरेको छ ।कतार नेपालीहरुको प्रमुख रोजगार गन्तव्य मुलुकमध्येको एक हो । त्यहाँ लाखौं संख्यामा नेपालीहरु कार्यरत छन् । जेन–जी आन्दोलनपछि युएईले नेपाली नागरिकलाई भिसा रोके पनि कतारले हालसम्म भिसा दिइरहेको व्यवसायीहरुले बताएका छन् ।
 


प्रकाशित मिति: बिहीबार, असोज २३, २०८२  ११:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP