काठमाडौं- आज पनि नेपाली बजारमा सुनको मूल्यमा बढेकाे छ ।
हिजाे दुई हजार तीन सयले बढेकाे सुनकाे मूल्य आज दुई हजार छ सयले बढेर सुनकाे मूल्य प्रतितोला दुई लाख ३८ हजार रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
हिजाे सुनकाे मूल्य दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भएकाे थियाे ।
त्यसैगरी चाँदिको पनि मूल्य पनि बढेकाे छ । चाँदिको मूल्य प्रतितोला दुई हजार नाै सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजाे चाँदिको पनि मूल्य दुई हजार नाै सय ६० रुपैयाँमा कारोबार भएको थियाे ।