काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा बढेकाे छ ।
दुई हजार तीन सयले बढेर सुनकाे मूल्य प्रतितोला दुई लाख ३५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
हिजाे सुनकाे मूल्य प्रतितोला दुई लाख ३३ हजार एक सय रुपैयाँमा कारोबार भएको थियाे ।
त्यसैगरी चाँदिको पनि मूल्य हिजाेकै मूल्यमा कायम भई दुई हजार नाै सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।