काठमाडौं - नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १४१ रुपैयाँ ७२ पैसा र बिक्री दर १४२ रुपैयाँ ३२ पैसा तोकिएको हो।
यस्तै युरोपेली युरोको खरिद दर १६५ रुपैयाँ ९५ पैसा र बिक्री दर १६६ रुपैयाँ ६६ पैसा तोकिएको छ।बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर १९० रुपैयाँ २८ पैसा र बिक्री दर १९१ रुपैयाँ ०९ पैसा कायम गरिएको छ भने स्वीस फ्राङ्कको १७७ रुपैयाँ ४६ पैसामा खरिद र १७८ रुपैयाँ २१ पैसामा बिक्री हुने व्यवस्था गरिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलरको खरिद दर ९२ रुपैयाँ ९८ पैसा र बिक्री दर ९३ रुपैयाँ ३८ पैसा तोकिएको छ। क्यानेडियन डलरको १०१ रुपैयाँ ७२ पैसामा खरिद र १०२ रुपैयाँ १५ पैसामा बिक्री भएको छ ।सिंगापुर डलरको खरिद दर १०९ रुपैयाँ ७७ पैसा र बिक्री दर ११० रुपैयाँ २४ पैसा छ भने जापानी येनको १० इकाई खरिद दर ९ रुपैयाँ ५२ पैसा र बिक्री दर ९ रुपैयाँ ५६ पैसा तोकिएको छ।
यसैगरी चिनियाँ युआनको खरिद दर १९ रुपैयाँ ९१ पैसा र बिक्री दर १९ रुपैयाँ ९९ पैसा रहेको छ। त्यस्तै, साउदी रियालको खरिद दर ३७ रुपैयाँ ७९ पैसा र बिक्री दर ३७ रुपैयाँ ९५ पैसा तोकिएको छ।कतारी रियालको खरिद दर ३८ रुपैयाँ ८८ पैसा र बिक्री दर ३९ रुपैयाँ ०५ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।