Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सुम्निमा
  • #मिलन_चाम्स
  • #मलेसिया_रोजगारी
  • #हरिबहादुर_पाण्डे
  • #सोल_गुरुङ
  • #सिद्धार्थ_बैंक
  • #सानिमा बैंक
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १०, २०८२
  • दुई सय जना म्यान्मारका रोहिङ्ग्याहरूले नेपाली राहदानी लिई साउदी अरबमा पुगेको विषयमा छानबिन गर्ने
  • श्रम आप्रवासनसँग सम्बन्धित समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न परराष्ट्र, गृह, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरुबीच आपसी समन्वयको ठूलो महत्व 
  • भिजिट भिसामा जानको लागि बीमा गर्न सकिने सम्भावना, सम्बन्धित मुलुकको अध्यागमन निकायसँग पहुँच तथा समन्वय, मानव तस्करी नियन्त्रण र संलग्नहरुलाई कारवाहीका सम्भावनाबारे बहस

काठमाडौं –वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न परराष्ट्र मन्त्रालयले विदेशस्थित विभिन्न नेपाली नियोगसँग अन्तरक्रिया गरेको छ । जेनजी विद्रोहपछि सिर्जना भएको पछिल्लो परिस्थितिलाई ध्यानमा राख्दै उक्त अन्तरक्रिया गरेको परराष्ट्रले जनायो ।

ध्यागमन विभागको अनुरोधलाईसमेत ख्यालमा राखी यो छलफल गरेको परराष्ट्रले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । ‘भिजिट भिसामा अन्य मुलुकमा गई वैदेशिक रोजगारीमा संलग्न हुने नेपालीहरुको वर्तमान अवस्था, यसरी रोजगारीमा संलग्न हुने प्रवृत्ति, यसबाट आइपर्ने चुनौती तथा जोखिमहरु, अध्यागमन नियमन सम्बन्धमा आगामी दिनमा अवलम्बन गर्नुपर्ने रणनीति लगायतका विषयमा छलफल भएको हो,’ परराष्ट्र मन्त्रालयले भनेको छ ।

मंगलबार भएको छलफलमा ९ विभिन्न नेपाली नियोगका प्रतिनिधिहरुको भौतिक तथा भर्चुअल सहभागिता रहेको थियो । जेनजी विद्रोहको क्रममा भदौ २४ गते देशभरका जेल तोडफोड हुँदा १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका थिए । तीमध्ये ७ हजारभन्दा बढी कैदी कारागार फर्के पनि बाँकी फर्र्किएका छैनन् । उनीहरु भिजिट भिसा लिएर वा विभिन्न नाममा विदेश पुग्न सक्ने भन्दै गृह मन्त्रालयसमेतको चासोमा उक्त छलफल गरिएको थियो ।

Hardik health

सहभागीहरूले एकीकृत सूचना प्रणालीको उपयोग तथा तथ्याङ्क आदानप्रदान, अन्तरमन्त्रालय र अन्तरनिकाय समन्वय, द्रूत प्रतिकार्य टोलीको व्यवस्था, आपतकालीन उद्धार कोषको स्थापनालगायतका विषयमा राय तथा सुझाव दिएका थिए । ‘एकीकृत सूचना प्रणालीको उपयोग तथा तथ्याङ्क आदान–प्रदान, अन्तरमन्त्रालय÷ अन्तरनिकाय समन्वय, द्रूत प्रतिकार्य टोलीको व्यवस्था, आपतकालीन उद्धार कोषको स्थापना, भिजिट भिसामा जानको लागि बीमा गर्न सकिने सम्भावना, सम्बन्धित मुलुकको अध्यागमन निकायसँग पहुँच तथा समन्वय, मानव तस्करी नियन्त्रण र संलग्नहरुलाई कारवाहीबारे पनि छलफल भएको छ,’ परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै, भिजिट भिसामा जानको लागि बीमा गर्न सकिने सम्भावना, सम्बन्धित मुलुकको अध्यागमन निकायसँग पहुँच तथा समन्वय, मानव तस्करी नियन्त्रण र संलग्नलाई कारवाही गर्ने विषयमा पनि छलफल भएको थियो । छलफलका क्रममा नियन्त्रित यात्रा अनुमति लागू गर्न सकिने सम्भावना पनि औँल्याइएको थियो । अन्तरक्रियामा भिजिट भिसामा गएर वैदेशिक रोजगारीमा संलग्न हुँदा आइपर्ने कठिनाइबारे स्थानीय तहमार्फत जनचेतना अभियान सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको जनाइएको छ । परराष्ट्र मन्त्रालयका सचिव अमृत राईको उपस्थितिमा भएको छलफलमा उनीहरूको उद्धार तथा फिर्तीको लागि विभिन्न मुलुकसँग सम्झौता र समझदारी गर्ने सम्भावना, संस्थागत क्षमता अभिवृद्धि गर्ने, भिजिट भिसामा जानेहरूको तथ्याङ्क आदानप्रदान गर्ने विषय पनि उठेको थियो । 

श्रम आप्रवासनसँग सम्बन्धित समस्यालाई प्रभावकारी रुपमा समाधान गर्न परराष्ट्र मन्त्रालय, गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा विदेशस्थित नेपाली नियोगहरुबीच आपसी समन्वयको ठूलो महत्व रहेको सहभागीले बताएका थिए । भिजिट भिसामा गई रोजगारीमा संलग्न हुनेहरूमा भाषा तथा कामसम्बन्धी तालिमको अभाव र यसबाट आउनसक्ने समस्या र नियोगहरूमा विद्यमान कर्मचारी तथा बजेट अभावलाई सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।

अन्तरक्रियामा दुई सय जना म्यान्मारका रोहिङ्ग्याहरूले नेपाली राहदानी लिई साउदी अरबमा काम गर्न गएका भनिएको विषय समेत उठेको जनाइएको छ । ‘करिब दुई सय जना म्यान्मारका रोहिङग्याहरुले नेपाली राहदानी लिई साउदी अरबमा काम गर्न गएका भनिएको विषयमा निजहरुको राहदानी, नागरिकता लगायत अन्य कागजातको सत्यता स्थापित गर्ने प्रक्रियामा रहेको र यसलाई तार्किक निष्कर्षमा पु¥याउनु पर्ने विषयमा पनि छलफल भएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

लफलमा परराष्ट्र सचिव राईले सबै राजदूत तथा नियोग प्रमुखहरूलाई सुशासन र भ्रष्टाचारमुक्त प्रशासनको मर्मअनुरूप सम्बन्धित निकायसँगको समन्वयमा स्रोत साधनले भ्याएसम्म छिटोछरितो, मितव्ययी र प्रभावकारी कार्यसम्पादन गर्न निर्देशन दिएका थिए । 
 


प्रकाशित मिति: शुक्रबार, असोज १०, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो
तीन महिनामा साढे पाँच खर्बभन्दा बढी रेमिट्यान्स भित्रियो आइतबार, कात्तिक ३०, २०८२
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ
विदेश पठाइदिने नाममा लाखौँ ठगी गर्ने दुई जना पक्राउ आइतबार, कात्तिक ३०, २०८२
युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो
युरोपको मागपत्र प्रमाणीकरण बन्द हुँदा बिचौलियाको राज, व्यक्तिगत ठगी बढ्यो आइतबार, कात्तिक ३०, २०८२
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने
नेपाली नागरिकले हङकङमा अनिवार्य  ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने शुक्रबार, कात्तिक २८, २०८२
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह
कोरियामा रहेका दूतावासका अधिकारीलाई अभिभावक बनेर काम गर्न  सञ्चारमन्त्रीको आग्रह शुक्रबार, कात्तिक २८, २०८२
श्रममा विभागीय मन्त्री नहुँदा बढ्दै वैदेशिक रोजगारीका समस्या
श्रममा विभागीय मन्त्री नहुँदा बढ्दै वैदेशिक रोजगारीका समस्या शुक्रबार, कात्तिक २८, २०८२
पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध
पोर्चुगलमा कामदार भिसा बन्दः ठगीधन्धाबाट बच्न अनुरोध बिहीबार, कात्तिक २७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP