काठमाडौं- नेपाली बजारमा सुनको मूल्यमा सुनको मूल्यमा थोरै गिरावट आएको छ । बुधबार हालसम्मकै उच्च बिन्दुमा पुग्दै नयाँ रेकर्ड कायम राखेको सुनमा आज गिरावट आएको हो ।
आज सुन प्रतितोला १७ सय रुपैयाँले घटेर दुई लाख २१ हजार ३ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख २३ हजार रुपैयाँमा किनबेच भएको थियो ।
त्यसैगरी चाँदिको पनि मूल्य घटेकोे छ । हिजो दुई हजार ७०० रुपैयाँमा किनबेच भएको चाँदी आज १५ रुपैयाँ घटेर २ हजार ६८५ रुपैयाँमा कारोबार हुँदै छ ।