Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • निजामती सेवाको राष्ट्रप्रतिको जवाफदेहिता
निजामती सेवाको राष्ट्रप्रतिको जवाफदेहिता
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ८, २०८२

 

जवाफदेहीताको सवभन्दा महत्‍वपूर्ण नतिजा भनेकै विश्वास हो । जब जवाफदेहिता बढेर जान्छ तब कामभन्दा बाहिरको विचलन रहँदैन अनि कामकै उत्पादकत्व बढेर जान्छ । जवाफदेहिताले स्वामित्व भावसमेत बढाउँछ । जवाफदेहिता प्रवर्द्धन गर्नका लागि प्रेरित गरिन्छ न कि दबाब वा नियन्त्रण । विश्वसनीयता बढाउने अर्थात् बोली र कर्मबीचको खाडल कम गर्नका लागि लक्ष्य एवं प्रस्ट मापदण्ड तयार गरी सबैलाई सञ्चार गर्ने अपेक्षाहरू तय गर्न दिने र प्रश्‍न सोध्‍ने जस्ता रणनीति अपनाउन सकिन्छ । व्यक्तिको व्यवहारले पनि जवाफदेही रहने वातावरणमा अन्तर आउन सक्छ ।

खासगरी बेलायत, भारत र नेपालको सार्वजनिक सेवालाई निजामती सेवा अर्थात् सिभिल सर्भिस भनेर चिनिन्छ । सबै देशमा कुनै न कुनै नाममा सार्वजनिक सेवा त हुन्छ नै । कर्मचारीतन्त्र अर्थात् अड्डातन्त्र भनेर चिनिने सरकारको स्थायी संरचना जसले सेवा प्रवाहको अलावा राजनीतिक पदाधिकारीहरूले अघि सारेको ‘भिजन’लाई नीति तथा कार्यक्रम कार्यान्वयन गर्दछ, त्यसको मियो नै निजामती सेवा हो ।

सार्वजनिक सेवा भित्रको जंगी र प्रहरीबाहेकको सेवा निजामती सेवा हो । नेपालको सन्दर्भमा भन्नुपर्दा सुरक्षा निकाय र सरकारी संस्थानमा रहेका जनशक्तिबाहेक अन्यलाई निजामती भनेर चिनिन्छ । खासगरी संघीयता कार्यान्वयन गर्न जारी भएको वर्तमान संविधानको मर्मबमोजिम संघीय निजामती सेवा ऐन जारी हुने क्रममा छ भने २०१३ भदौ २२ मा जारी भएको निजामती सेवासम्बन्धी पहिलो कानुन जारी भएको सम्झनामा प्रत्येक भदौ २२ का दिन निजामती सेवा दिवस मनाउँदै आइएको छ । मुलुकमा राजनीतिक पदाधिकारीको रिक्तता भएका बखत होस् वा विपद् वा महामारी भएका बखतसमेत निजामती सेवा नै सरकारको उपस्थिति र राज्यप्रदत्त सेवा प्रदायकका रूपमा क्रियाशील रही आएको छ । दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य रहेको संविधान र अन्य विभिन्न विषयगत ऐन, नियम र कार्यविधिले सेवालाई दिशानिर्देश गरेको अवस्था छ ।

Hardik health

राष्ट्रप्रतिको जिम्मेवारी
नागरिक सेवाको गुणस्तर र प्रभावकारिताले नै सरकार वा अझ राजनीतिक प्रणाली नै सफल वा असफल भनेर चिनिने हुन्छ । नागरिकका दैनन्दिनका समस्या समाधान गर्दै विकास र समुन्नतिको वातावरण तयार गर्ने दिशामा सरकारले काम गरिरहेको छ भन्ने जनविश्वास कायम गर्न निजामती सेवकको भूमिकाले विशेष अर्थ राख्दछ । योग्यताका आधारमा सेवामा प्रवेश गर्ने र कार्य प्रक्रियामा तटस्थताको अवलम्बन गर्ने भएको हुँदा राजनीतिक विचारधाराले विभाजित समाजमा भरोसा दिने र वस्तुगत आधारमा समस्याको सम्बोधन गर्ने पात्रको रूपमा कर्मचारीहरू देखा पर्दछन् ।

अहिलेको विश्वमा सेवाको ढाँचा र माध्यममा परिवर्तन भइरहेको छ भने सेवा प्राप्त गर्नेहरूकोसमेत अपेक्षा फेरिएका छन् । वातावरणमैत्री, विविधतामैत्री र सूचना प्रविधिमैत्री निजामती सेवाको माध्यमबाट राज्यप्रदत्त सेवालाई भरपर्दो र विश्वासिलो बनाउने चुनौती नेपाली निजामती संगठनलाई छ । निजामती सेवाका सेवकले राजनीतिक अभिभावकहरूसँग राखेका अपेक्षा भनेको कानुनबमोजिम सम्पादन भएका कामहरूमा हौसला मिलोस् र अनावश्यक दबाब वा फरक व्यवहार नगरियोस् भन्ने रहन्छ भने सरकार÷राजनीतिक अभिभावकले निजामती सेवकबाट राखेका अपेक्षा भनेको यथासम्भव छोटो समयमा नागरिकका माग सम्वोधन गर्दै अनुशासित रहोस् भन्ने हुन्छ । सर्वसाधारण नागरिकले निजामती सेवकबाट राखेका अपेक्षा भनेको सुगम वा दुर्गम नभनी र कुनै पनि बहानामा सेवा अवरुद्ध नभई मनैदेखि सेवा वितरण भए हुन्थ्यो भन्ने हुन्छ ।

प्रशासनको उपस्थिति र क्रियाशीलताको भूमिकामा कर्मचारीहरूको अपरिहार्यता कायमै छ । निर्वाचनबाट चुनिएर शक्तिको अभ्यास गर्ने तथा विचाराधाराअनुसारका जनपक्षीय कार्य गर्न राजनीतिक अभिभावकसँगै रहेर नीति तथा कार्यक्रम मस्यौदा तयारी र कार्यान्वयनमा महसुस हुनेगरी भूमिका खेल्ने र देशका विभिन्न स्थानमा पुगी नेपाली समाजको पिर व्यथामा सहभागी हुने अवसर निजामती सेवकले प्राप्त गरेकै छ । रुचि र क्षमताअनुसार देश वा विदेशमा उच्च शिक्षा हासिल गर्ने अवसरसमेत प्राप्त हुन्छ । सन्ततिलाई उच्च शिक्षामा छात्रवृत्ति तथा परिवारका सदस्य सबैलाई निजामती कर्मचारी अस्पतालमा छुटसहित सेवा पाउने व्यवस्था पनि छ । राज्यको क्षमताअनुसार तलब भत्तामा पनि बढोत्तरी हुँदै गएको छ । निराश हुनुपर्ने र विदेश पलायन हुनुपर्ने अवस्था छैन ।

निजामती सेवाको शाख वृद्धि कसरी ?
निजामती सेवालाई साँच्चिकैको नागरिकको साथी तथा आशा भरोसाको केन्द्र बनाउनका लागि प्रारम्भ भएका कार्यहरूमा थप प्रभावकारी बनाउन जरुरी छ । यसका लागि सूचना प्रविधिले सिर्जना गरेका अवसरको उपयोग गर्दै नागरिकलाई सकेसम्म अनलाइन सेवा प्रदान गर्ने, कार्यालयका कामलाई प्रभावकारीरूपमा सञ्चालन गर्नका लागि कार्यटोलीको प्रयोग गर्ने, परिवेशअनुसार परिवर्तन व्यवस्थापनका लागि मत तयार गर्ने र पैरवी गर्ने, सेवाको विशिष्टीकरणसँगै सेवा प्रदायकमा व्यावसायिकता विकास गर्ने तथा सम्भव भएसम्म एकीकृत सेवा प्रवाहको मोडलमा सञ्चालन गर्ने उपायहरू विकल्पको रूपमा अपनाउन सकिन्छ । यसका साथै कार्यसम्पादन व्यवस्थापनलाई जोड दिने तथा विकासका पात्रहरूबीच सहव्यवस्थापन र सहउत्पादनको ढाँचासमेत प्रयोगमा ल्याउन कानुन तथा कार्यविधिमासमेत परिवर्तन गर्नुपर्ने देखिन्छ । यो रूपमा आफूलाई उभ्याउनका लागि निजामती सेवाले सूचनाको प्रवाह र सुरक्षित भण्डारण गरी सेवालाई अझ परिस्कृत गर्न सकिन्छ । साथै, जिम्मेवारी पन्छाउने, भ्रष्टाचार अदक्षता र ढिलासुस्ती, परिवर्तनलाई आत्मसात् गर्नमा ढिलाइजस्ता प्रवृत्तिलाई हटाउन जरुरी छ ।

अहिलेका कर्मचारी भनेको कार्यपद्धतिका हिसाबले विश्वसनीय, व्यावसायिकरूपमा दक्ष, नैतिकताको दृष्टिले दृढ र कार्यपरिणाम तथा व्यवहारबाटै जनविश्वास जित्न सफल हुनुपर्दछ । त्यस्तै सार्वजनिक जीवनसम्बन्धी मापदण्ड निर्धारणका लागि बेलायतमा नोलान कमिटीले दिएका सातवटा सिद्धान्तहरूको पटक–पटक प्रसंग आउने गर्दछ, ती सातवटा मान्यताहरूका रूपमा स्वार्थहिनता, नैतिकता, वस्तुगतता, जवाफदेहिता, खुलापन, इमान्दारिता र उदाहरणीय नेतृत्वलाई अघि सारिएबाट एकआपसमा अन्तरसम्बन्धित यी सातवटा मान्यताहरू अवलम्बन हुनुपर्ने हुन्छ । सरल भाषामा भन्नुपर्दा सार्वजनिक क्षेत्रमा कार्यरत कर्मचारीहरू आफ्नो कामका लागि जवाफदेही हुनु आवश्यक छ । व्यक्ति, समूह वा संस्थालाई सुम्पिएको जिम्मेवारीअनुरुप काम सम्पन्न भए नभएको सम्बन्धमा प्रतिवेदन, स्पष्टीकरण वा उत्तर दिनुपर्ने दायित्व नै सार्वजनिक जवाफदेहिता हो ।

खासगरी संगठनमा कार्यरत व्यक्तिले आफ्नो कर्तव्यको पालना कसरी गरेका छन्, संगठनको घोषित ‘भिजन’, उद्देश्य, सिद्धान्त र कानुनी सीमाबाट उनीहरूलाई पन्छिन नदिन के कस्तो संयन्त्र वा विधि निर्माण गरिएको छ, सो कुरा राज्य व्यवस्था सञ्चालनमा महत्‍वपूर्ण हुन्छ । जवाफदेहिताको अवस्था राम्रो हुनका लागि सेवा सञ्‍चालक र कर्मचारी स्वयं दुवै जिम्मेवार हुनुपर्दछ । हामी आफ्नो काममा जवाफदेही हुँदा नै हामी बलियो हुन्छौं । मानिस स्वभावैले जवाफदेही नरहन वा किन काम भएन भनेर तर्क दिन र उम्कन दिग्गज हुने गर्दछ, जुन उसैका लागि हितकारी छैन ।

लोकतान्त्रिक सरकारमा उत्तरदायित्वको रेखा सरल र स्पष्ट हुने हुँदा निर्वाचनका बखत गरेका वाचाअनुरुप प्रतिनिधि र सरकार प्रमुखको छनोट जनताले गर्ने, सरकारले तिनै वाचाअनुरुप नीति र कार्यक्रम बनाउने, कर्मचारी संयन्त्रले त्यसको कार्यान्वयन गर्ने विधि तय भएको हुन्छ । आ–आफ्नो जिम्मेवारी यथासमयमा पूरा गर्नु नै जवाफदेहिताको सही थालनी हो भन्न सकिन्छ । त्यसैले जवाफदेही हुनु भनेको अरु केही नभएर भएका निर्णय, गरेका काम र तोकेको परियोजनाका सम्वन्धमा जिम्मेवार हुनु हो ।

जवाफदेहीताको सवभन्दा महŒवपूर्ण नतिजा भनेकै विश्वास हो । जब जवाफदेहिता बढेर जान्छ तब कामभन्दा बाहिरको विचलन रहँदैन अनि कामकै उत्पादकत्व बढेर जान्छ । जवाफदेहिताले स्वामित्व भावसमेत बढाउँछ । जवाफदेहिता प्रवद्र्धन गर्नका लागि प्रेरित गरिन्छ न कि दबाब वा नियन्त्रण । विश्वसनीयता बढाउने अर्थात् बोली र कर्मबीचको खाडल कम गर्नका लागि लक्ष्य एवं प्रस्ट मापदण्ड तयार गरी सबैलाई सञ्चार गर्ने अपेक्षाहरू तय गर्न दिने र प्रश्न सोध्नेजस्ता रणनीति अपनाउन सकिन्छ । व्यक्तिको व्यवहारले पनि जवाफदेही रहने वातावरणमा अन्तर आउन सक्छ । कुनै कामको परिणाम नराम्रो आउँदा अरुलाई दोष दिनुभन्दा क्षमाशील बन्न र सुधारका उपायहरू अवलम्बन गर्न सक्नु पर्दछ ।

सार्वजनिक निकायमा कार्यरत जनशक्तिले सेवाको शपथ लिँदा कानुन पालना गर्ने र इमान्दारितापूर्वक जिम्मेवारी पूरा गर्ने शपथ खाएको हुन्छ । सार्वजनिक कोषबाट चल्ने संगठन भएको हुँदा के गर्न हुन्छ के गर्न हुँदैन भनेर सोचेर विचारेर मात्र अभिव्यक्ति दिने र आफूलाई निर्धारित कार्य गर्नुपर्ने हुन्छ । गलत आचरण अवलम्बन हुँदा भने कारबाही गर्ने विषय सेवासम्बन्धी कानुनमा पनि उल्लेख हुन्छ । गैरकानुनी र अनुशासनहीन काम गरेको अवस्थामा कारबाही गर्ने निकायहरू पनि छन् ।

सार्वजनिक सेवाको मूल्य प्रवद्र्धनमा निजामती सेवा
बेलायतमा सार्वजनिक सेवाका मूल्यका रूपमा पवित्रता, स्वयं उत्साह, सत्यांकन, प्रमाणमा आधारित, अवसरप्रति सचेत, जोखिमप्रति सावधान र सेवाप्रति निष्ठावान रहने विषयलाई समेटिएको छ । सेवाको मूल्य प्रवद्र्धनलाई नै निजामती सेवाको आविष्कारको माध्यमका रूपमा लिइएको छ, जसबाट हामीले पनि सिक्न र अवलम्बन गर्न सक्छौं । 

त्यस्तै सुशासनका सूचकमा अब्बल उत्रने क्षमता भएको न्युजिल्याण्डको सार्वजनिक सेवामा निष्पक्ष रहनु, जवाफदेही हुनु, विश्वासिलो बन्नु, आदर भाव राख्नु र जिम्मेवारी लिनुलाई मूल्यका रूपमा अंगीकार गरिएको छ । त्यस्तै प्रशासन सुधारमा अगुवा मानिने मुलुक क्यानडाले पनि चारवटा मूल्यहरू पहिलो, लोकतान्त्रिक मूल्य (सार्वजनिक हित गर्न मन्त्रीलाई सहयोग गर्ने प्रतिबद्धता), दोस्रो व्यावसायिक मूल्य (नागरिकलाई कार्यकुशल, निष्पक्ष, उत्कृष्ट र वस्तुपरक ढंगले सेवा दिने प्रतिबद्धता), तेस्रो, नैतिक मूल्य (नागरिकको भावना जित्नेगरी सधैं निष्ठामा रहेर काम गर्ने प्रतिबद्धता) र चौथो, जनताको मूल्य (सेवाग्राहीमा विनम्र, शिष्ट, आदरपूर्वक र निष्पक्ष व्यावहार गर्ने प्रतिबद्धता) लाई अवलम्बन गरेको छ ।

सार्वजनिक सेवा सञ्चालनका आफ्नै लिखित वा अलिखित (प्रचलन) मूल्य मान्यताहरू हुन्छन् । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को प्रस्तावनामा मुलुकको सार्वजनिक प्रशासनलाई जनमुखी, जवाफदेही, पारदर्शी, समावेशी तथा जनसहभागितामूलक बनाई त्यसको प्रतिफल सर्वसाधारणलाई उपलब्ध गराउन, कानुनको शासन, भ्रष्टाचारमुक्त र चुस्त प्रशासन, विकेन्द्रीकरण, आर्थिक अनुशासन तथा सार्वजनिक कार्य र स्रोतको कुशल व्यवस्थापनजस्ता असल शासनका आधारभूत मान्यतालाई आत्मसात् गरी सर्वसाधारणले पाउनुपर्ने सेवा छिटो, छरितो तथा कम खर्चिलो ढंगबाट पाउने अवस्था सिर्जना गर्न, सुशासन पाउने नागरिकको अधिकारलाई व्यवहारमा उतारी कार्यान्वयनमा ल्याउन र प्रशासन संयन्त्रलाई सेवाप्रदायक संयन्त्र तथा सहजकर्ताको रूपमा रुपान्तरण गरी मुलुकमा सुशासनको प्रत्याभूति दिने विषय समेटिएको छ ।

यसरी हेर्दा सार्वजनिक सेवाका आधारभूत मूल्यका रूपमा खासगरी सत्य, निष्ठा, निष्पक्षता, वस्तुपरकता, समानुभूति, इमान्दारिता, नेतृत्व विकास, पारदर्शिता, खुलापन, पेसागत सेवा, जिम्मेवारीपन, तटस्थता, स्वार्थरहितता, सार्वजनिक विश्वास, आचारसंहिता, सञ्चार, जवाफदेहिता, सार्वजनिक सेवाप्रतिको समर्पण भाव, कानुनी शासनको सम्मानजस्ता विषयहरू समेटिने देखिन्छ ।

निष्कर्ष
निजामती सेवा सार्वजनिक सेवा हो । निजामती सेवक बन्नु भनेको राष्ट्रसेवाका लागि अवसर हो । निजामती सेवा देशमा रहने अन्य सबै सेवाका लागिसमेत मार्गनिर्देशक सेवा बन्न सक्नु पर्दछ । सार्वजनिक सेवा समयअनुसार सुधार पनि गर्दै जानुपर्ने क्षेत्र हो । सेवा सञ्चालनमा यदि भनाइ र गराइबीच ग्याप भयो भने विश्वसनीयता कमजोर हुँदै जान्छ ।

तसर्थ, कानुन वा अन्य कुनै माध्यमबाट घोषणा भएका सेवाका मूल्यहरूको परिपालना गर्न र मूल्यलाई सम्मान गरी कार्य जिम्मेवारीमा अग्रसर हुने जनशक्ति भर्ना गर्न र उसको वृत्ति अवधिभरि क्षमता विकास, परीक्षण र परामर्शको वातावरण दिन सकेमा मात्र सार्वजनिक सेवा भरोसायोग्य बन्ने हुन्छ । तीव्ररूपमा परिवर्तन भइरहेको समाज र नागरिकको अपेक्षासँग तादात्म्यता कायम गर्दै नवीन र सिर्जनशील ढंगले काम गर्ने निजामती सेवा अहिलेको माग हो । यसो भयो भनेमात्र निजामती सेवाको शाख बढेर जान्छ । 
 


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  ११:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP