काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुग्दै नयाँ रेकर्ड कायम राखेको छ ।
आज सुन प्रतितोला १३ सय रुपैयाँले बढेर दुई लाख २३ हजार रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख २१ हजार ७०० रुपैयामा किनबेच भएको थियो ।
त्यसैगरी चाँदिको पनि मूल्य बढेको छ । हिजो चाँदी दुई हजार ६८० रुपैयाँमा किनबेच भएको चाँदी आज २० रुपैयाँ बढेर २ हजार ७०० रुपैयाँमा कारोबार हुँदै छ ।