Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज ८, २०८२
  • अमर्यादित र अनुशासनहीन गतिविधिमा संलग्न हुने क्रम बढेकोमा दूतावासको चासो
  • मर्यादित र अनुशासित भएर पेसा व्यवसाय गर्न आग्रह
  • कतिपय नेपालीहरु मादक पदार्थको सेवन तथा झैझगडा, बैकिङ कसुर, आपसी नगदी लेनदेन र झैझगडा, लागू औषध ओसारपसार, इमिरेट्स आइडीको दुरुपयोग, साइबार क्राइम, अध्यागमन नियम र ट्राफिक नियमको उल्लंघन, फ्रिलान्स भिसाको प्रलोभनजस्ता गतिविधिहरुमा पर्ने गरेको उल्लेख 

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई) मा कार्यरत नेपालीहरु अमर्यादित र अनुशासनहीन गतिविधिमा संलग्न हुने क्रम बढेको भन्दै त्यहाँस्थित नेपाली दूतावासले सचेत गराएको छ । अबुधावीस्थित नेपाली दूतावासले मंगलबार एक सूचना प्रकाशित गरी मर्यादित र अनुशासित भई आफ्नो पेसा र व्यवसाय सञ्चालन गर्न आग्रह गरेको छ ।

नेपालमा गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनपछि युएईले नेपालीलाई भिसा बन्द गरेको अवस्थामा युएईस्थित नेपाली दूतावासबाट यस्तो सूचना आएको हो । युएईले आधिकारिक धारणा सार्वजनिक नगरे पनि जेन–जी आन्दोलनका क्रममा भएको तोडफोड, आगजनी र हजारौं संख्यामा कैदीबन्दी भागेको घटनालाई लिएर नेपालीलाई भिजिट तथा कामदार भिसा बन्द गरेको बताइएको छ । भिसा बन्द गर्दा नेपाली श्रमिक र वैदेशिक रोजगार क्षेत्र प्रभावित बनेको अवस्था छ ।

यसअघि इमान्दार र मिहेनतीको छवि बनाएका नेपालीहरुलाई पछिल्लो समय विध्वंसात्मक दृष्टिले हेन थालिएको जानकारहरु बताउँछन् । नेपाली दूतावासको सूचनाले पनि यसलाई थप पुष्टि गरेको छ । युएई अहिले नेपालीहरुको प्रमुख रोजगार गन्तव्य बन्दै आएको छ । ‘संयुक्त अरब इमिरेट्समा विभिन्न पेसा र व्यवसायमा कार्यरत रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई आफू कार्यरत कम्पनी र बसोबास गर्ने स्थानमा सधैं मर्यादित र अनुशासित भई आफ्नो पेसा र व्यवसायप्रति सधै इमान्दार, कर्तव्यनिष्ठ रही आफू बसोबास गर्दै आएको मुलुक युएईको नियम, कानुन, मूल्य मान्यता र अनुशासन पूर्णरुपमा पालना गर्न अनुरोध गर्दछ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

Nada Auto Show 2026
Hardik health

विगत केही समयदेखि युएईमा रहेका कतिपय नेपालीहरु मादक पदार्थको सेवन तथा झैझगडा, बैकिङ कसुर, आपसी नगदी लेनदेन र झैझगडा, लागू औषध ओसारपसार, इमिरेट्स आइडीको दुरुपयोग, साइबार क्राइम, अध्यागमन नियम र ट्राफिक नियमको उल्लंघन, फ्रिलान्स भिसाको प्रलोभनजस्ता गतिविधिहरुमा परी प्रत्येक दिन समस्यामा पर्ने गरेको सूचना दूतावासमा प्राप्त हुने गरेको र सो संख्या बढ्दै गइरहेको दूतावासले जानकारी दिएको छ । ‘यी सबै विषयहरु युएईको कानुन तथा नियमअनुसार दण्डनीय हुने हुँदा देहायका विषयहरुमा सचेत हुन तथा विशेष सावधानी अपनाउनु हुन राजदूतावास सम्पूर्ण नेपाली समुदायमा हार्दिक अनुरोध गर्दछ,’ दूतावासले भनेको छ । 

युएईमा रहँदा त्यहाँको ऐन, कानुन, नियम र मूल्य मान्यताको पूर्णपालना गर्न, कानुनले निषेध गरेका कुनै पनि कार्यहरु नगर्न, मादक पदार्थ सेवन गरी झैझगडा नगर्न र कुनै पनि व्यक्तिले दिएको सरसामग्री चेकजाँच नगरी नबुझ्न दूतावासले सचेत गराएको छ । ‘ट्राफिक नियमको सधैं पालना गर्ने । जेब्र्रा क्रसिङबाट मात्र बाटो काट्ने र ट्राफिक सिग्नलको सधैं पालना गर्ने । इमिरेट्स आइठी सधैं साथमा लिएर हिँड्ने,’ दूतावासले सुझाएका बुँदाहरुमा उल्लेख छ ।

साथै, सधैं शिष्ट, मर्यादित र अनुशासित व्यवहार पालना गर्न, कसैसँग कुनै किसिमको नगद कारोबार वा लेनदेन नगर्न, कसैको लोभ लालच र मुलाहिजामा नफस्न, आफ्नो राहदानी, इमिरेट्स परिचयपत्र र फोनको सिमकार्ड कसैलाई पनि नदिन, इमिरेट्स आइडी बुझाई कुनै किसिमको बैकिङ ऋण नलिन पनि दूतावासले सचेत गराएको छ ।
‘फेसबुक, टिकटक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालहरुमा व्यक्तिगत चरित्रहत्या गर्ने तथा सामाजिक सद्भाव खलबल्याउने किसिमले जथाभावी पोस्ट नगर्ने र यहाँका निकायहरुमा अनावश्यक इमेल नगर्ने,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ, ‘आफ्नो देशको चाडपर्व, धर्म संस्कृति सामूहिकरुपमा आयोजना गर्दा तोकिएको स्थानमा युएईको सम्बन्धित निकायबाट पूर्वस्वीकृति लिएर स्थानीय कानुनको मापदण्डभित्र रही अनुशासित तवरमामात्र आयोजना गर्ने ।’

नेपाली समुदायबीच ऐक्यबद्धता कायम गर्न सबै संघसंस्था र समाजहरुबीच पारस्परिक सम्बन्ध र भ्रातृत्व कायम गर्न पनि दूतावासले आग्रह गरेको छ । 


०००
स्वास्थ्य परीक्षण संस्थाका सञ्चालकहरुले खोले नयाँ संघ
काठमाडौं (प्रस)– वैदेशिक रोजगारको स्वास्थ्य परीक्षण गर्दै आएका स्वस्थ्य संस्थाहरुले स्वास्थ्य संस्था सञ्चालक संघ नेपाल खोलेका छन् । मदनकुमार पुर्वेको अध्यक्षतामा उक्त संस्था खोलिएको हो ।
हालको नेपाल मेडिकल व्यवसायी संघ र नेपाल मेडिकल व्यवसायी महासंघले अधिवेशन गर्न नसकेको र सिण्डिकेट लगाएकाले नयाँ संस्था खोल्न बाध्य भएको नवगठित संस्थाका अध्यक्ष पुर्वेले बताए । 
नयाँ संघको कार्यालय गत आइतबार उद्घाटन गरिएको थियो । उक्त कार्यक्रममा संघका उपाध्यक्ष रामहरि थापाले सिण्डिकेटको विरोध गर्दै व्यवसायीको हितमा काम गर्न संस्थाको जन्म भएको हुँदा ढुक्क भएर व्यवसाय गर्न आग्रह गरे । कार्यक्रममा सोमराज लिम्बू, नूरपति भण्डारीलगायतका व्यवसायीले ‘सी ग्रेड’मा उपलब्ध सामग्री, औजारबाट वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न सबै स्वास्थ्य संस्थालाई आग्रह गरे ।
स्वास्थ्य व्यवसायी महासंघका पूर्वउपाध्यक्ष एवं नेपाल मेडिकल व्यवसायी संघका पूर्वअध्यक्ष शमशेर नेपालीले आफू आबद्ध पूर्वसंस्थाले व्यवसायीको हितमा काम गर्न नसकेको, विधान र प्रस्तावनाअनुसार नचलेको आरोप लगाए । निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले व्यवसायीलाई दोहोरो मापदण्ड थोपरेर बाहिरिएको आरोपसमेत उनले लगाए । स्वास्थ्य परीक्षणको विषय श्रम मन्त्रालय नभई स्वस्थ्य मन्त्रालयको क्षेत्राधिकारभित्र पर्ने हुँदा नियमन पनि त्यहीँबाट हुनुपर्ने राय उनीहरुले दिएका थिए ।
 


प्रकाशित मिति: बुधबार, असोज ८, २०८२  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP