काठमाडौं- नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।
आज सुन प्रतितोला तीन हजार नौ सय रुपैयाँले बढेर दुई लाख २१ हजार ७०० रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयामा किनबेच भएको थियो ।
त्यसैगरी आज चाँदी दुई हजार ६८० रुपैयाँमा किनबेच हुनेछ । अन्तर्राष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस तीन हजार ७४८ अमेरिकी डलर हाराहारीमा कारोबार भईरहेको छ । सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।