Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • न्यायिक आयोग बन्यो, प्रतिवेदन कार्यान्वयनमा आशंका
जेन–जी आन्दोलनमा दमन न्यायिक आयोग बन्यो, प्रतिवेदन कार्यान्वयनमा आशंका
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, असोज ६, २०८२
  • जेन–जी आन्दोलनमा भएको दमनको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन
  • पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित अयोगमा पूर्वएआइजी विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी सदस्य
  • छानबिन गरेर प्रतिवेदन बुझाउनुपर्ने अवधि तीन महिना
  • पहिलो र दोस्रो जनआन्दोलनमा भएको सरकारी दमनको छानबिन गर्न गठित आयोगले बुझाएको प्रतिवेदनअनुसार कसैलाई कारबाही भएन
  • जेन–जी आन्दोलनलाई दमन गर्नेहरूले पनि उन्मुक्ति पाउने चिन्ता 

काठमाडौं– सरकारले गत भदौको २३ र २४ गते भएको जेन–जी आन्दोलनमा ७४ जनाले ज्यान गुमाएको घटनाबारे जाँचबुझ गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्वअध्यक्ष एवं पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो ।

योगको सदस्यमा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । आयोगलाई घटनाको छानबिन गरेर प्रतिवेदन बुझाउने समय तीन महिना दिइएको छ । गत सोमबार बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । प्रधानमन्त्रीका रूपमा सुशीला कार्कीले पदभार ग्रहण गरेकै दिन जेन–जी आन्दोलनका क्रममा सरकारी–सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याउने बताएकी थिइन् । सोही अनुसार न्यायिक आयोग गठन गरेको हो ।

मलाई शंका छ कि छानबिन आयोग गठन गर्ने, आयोगले प्रतिवेदन बुझाउने अनि सरकारले थन्क्याउने ।
कृष्णजंग रायमाझी
पूर्वन्यायाधीश, सर्वोच्च अदालत

जेन–जी आन्दोलनमा घातक बल प्रयोग गरेर दमन गरेको आरोप केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारलाई छ । आरोपलाई स्वीकार गर्न भने ओली तयार छैनन् । आन्दोलनपछि सार्वजनिक मञ्चमा कहीँ नदेखिएका उनले संविधान दिवसमा सन्देश जारी गर्दै भनेका थिए, ‘सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन ।’

Hardik health

उनले आन्दोलनमा घुसपैठ गर्ने शक्तिले हिंसा मच्चाएको र युवाहरूको ज्यान गएको बताएका छन् । तर, हिंसा मच्चाएको शक्तिबारे खुलाएनन् । धेरैले उनको यो आरोप दोषमुक्त हुने प्रयासको रूपमा अथ्र्याएका छन् ।  प्रधानमन्त्री कार्कीलाई भने आन्दोलनलाई दमन गर्ने पूर्वराजनीतिक नेतृत्व, प्रशासनिक र सुरक्षा अधिकारीहरूमाथि छानबिन गरेर कारबाही गर्नुपर्ने दबाब छ । सोहीअनुसार कार्की सरकारले न्यायिक जाँचबुझ आयोग गठन गरेको हो ।

आयोगले दमनको घटनाबारे छानबिन गर्दा तानिने पूर्वराजनीतिक नेतृत्वका रूपमा तत्कालीन प्रधानमन्त्री ओली र उनको सरकारका गृहमन्त्री लेखक हुन् । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङदेखि आन्दोलनलाई दबाउन फिल्डमा खटिएका प्रहरीहरू पनि छानबिनको घेरामा छन् । गृहसचिव, काठमाडौंका प्रमुख जिल्ला अधिकारीलगायत पनि अनुसन्धानको दायरामा तानिन्छन् । 

तत्कालीन प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका नेताहरूले नै २३ भदौमा भएको जेन–जी आन्दोलनमा काठमाडौंमा १७ जना र इटहरीमा दुई जना गरी १९ जनाको ज्यान गएको घटनालाई ‘बर्बर सरकारी दमन’ भनेका थिए । त्यस दिन ३४७ जना घाइते भएका थिए । घटनापछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिए । २३ भदौको राति र २४ गतेसम्ममा मृतक संख्या ३० नाघेको थियो । आइतबारसम्म ७२ जनाको मृत्यु भइसकेको छ । सामान्यसमेत गर्दा देशभरमा चार हजारभन्दा बढी घाइते भएको प्रहरीले जानकारी दिएको छ । यति धेरै संख्यामा मृतक र घाइते भएपछि आन्दोलनमा सरकारी दमन भएको भनिँदै आएको छ ।

आन्दोलनकारी जेन–जी पुस्ता भने भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल सञ्चालनमा ओली सरकारले लगाएको प्रतिबन्ध फुकुवाको माग राख्दै सडकमा आएका थिए । त्यसबेला उनीहरूको टाउको र छातीमा ताकीताकी गोली प्रहार भएको थियो ।

पूर्वएआइजी बसन्तकुमार लामाका अनुसार बल प्रयोग गर्दा रबरको गोली घुँडामुनी प्रहार गर्नुपर्ने हुन्छ । त्यसविपरीत टाउको र छातीमा गोली प्रहार हुँदा ठूलो संख्यामा आन्दोलनकारीको ज्यान गयो । सोही घटनाको छानबिन गर्न कार्की सरकार उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णयमा पुगेको हो । तर, आयोगले जाँचबुझ गरेर बुझाएको प्रतिवेदन कतै विगतजस्तो कार्यान्वयन नहुने त होइन ? प्रश्न उब्जिएको छ । 

२०६२÷६३ मा भएको १९ दिने दोस्रो जनआन्दोलनमा २६ जनाको मृत्यु र चार हजारभन्दा बढी घाइते भएको घटनाको छानबिन गरेका सर्वोच्च अदालतका पूर्वन्यायाधीश कृष्णजंग रायमाझीले प्रभावसँग भने, ‘मलाई शंका छ कि छानबिन आयोग गठन गर्ने, आयोगले प्रतिवेदन बुझाउने अनि सरकारले थन्क्याउने ।’

रायमाझी आयोगले त्यसबेला सात महिनासम्म लगाएर छानबिन गरेको थियो । छानबिन प्रतिवेदन ३० कात्तिक २०६३ मा तत्कालीन सरकारलाई बुझाएको थियो । रायमाझीका अनुसार छानबिन गर्दा मन्त्रिपरिषद् अध्यक्षदेखि सहायकमन्त्रीसम्मका गरी ३१ जना राजनीतिक नेतृत्व दोषी ठहरिएका थिए । तत्कालीन शाही नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान प्रमुखसँगै मुख्यसचिव पनि दोषी ठहर भएका थिए । उनीहरूलाई कारबाही गर्न कानुन बनाउन प्रतिवेदनमा सुझाव थियो । तर, दुई दशकसम्म प्रतिवेदन कार्यान्वयन भएन ।

त्यसअघि २०४६ सालको पहिलो जनआन्दोलनमा भएको सरकारी दमनको छानबिन गर्न पनि उच्चस्तरीय छानबिन आयोग गठन भएको थियो । तत्कालीन पूर्वाञ्चल क्षेत्रीय अदालतका मुख्य न्यायाधीश जनार्दन मल्लिक आयोगका अध्यक्ष थिए । जनआन्दोलनका बेला ४५ जनाको मृत्यु भएको थियो । ५०० भन्दा बढी घाइते थिए । मल्लिक आयोगले २०४७ सालको मंसिर मसान्तमा तत्कालीन अन्तरिम सरकारलाई दमनको छानबिन गरेर प्रतिवेदन बुझायो । त्यो प्रतिवेदन कार्यान्वयन त के सरकारले सार्वजनिकसमेत गरेन । 

प्रतिवेदनले दुई प्रकारका दोषी किटान गरेको थियो । ती हुन्– प्रहरी प्रशासक र नीति निर्देशनमा काम गर्नेहरू । तर, प्रतिवेदन कार्यान्वयन नहुँदा आन्दोलनलाई दमन गर्नेहरू त्यसै जोगिए । अहिले पनि त्यस्तै त हुने होइन ? भन्ने आशंका बढेको छ ।
 


प्रकाशित मिति: सोमबार, असोज ६, २०८२  १०:२२
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP