काठमाडौं- नेपाली बजारमा सुनको मूल्य एघार सय रुपैयाँले बढेको छ ।
सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १७ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
शुक्रबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य तोलामा २ हजार ६२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।