Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #सम्मान
  • #विश्व शान्ति सम्मेलन
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #कुमार_यात्रु
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
साउन-भदौमा रोजगारीका लागि विदेसिए झण्डै डेढ लाख युवा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ५, २०८२
  • सबैभन्दा बढी युएई जान २५ हजार २१८ जनाले लिए श्रम स्वीकृति
  • व्यक्तिगत श्रम स्वीकृति लिएर सबैभन्दा बढी रोमानियामा दुई हजार ३४४ जना गएको तथ्यांक
  • भदौमा विदेसिनेमा धनुषाबाट सबैभन्दा धेरै तीन हजार ३०३ जना 
  • सबैभन्दा धेरै श्रमिक पठाउने म्यानपावरमा प्याराडाइज इन्टरनेसनल

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को सुरुआती दुई महिनामै झण्डै डेढ लाख युवा रोजगारीका लागि विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आवको साउन र भदौ महिनामा वैदेशिक रोजगारीमा जान एक लाख ३६ हजार ८२ जनाले श्रम स्वीकृति लिएका छन् ।

विभागका अनुसार भदौ महिनामा विभागबाट ६७ हजार ९७२ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ५९ हजार ९२३ जना पुरुष र आठ हजार ४९ जना महिला छन् । यो संख्या व्यक्तिगत, संस्थागत र पुनः श्रम स्वीकृति लिएर जानेहरुको हो । यसअघि साउन महिनामा ६८ हजार ११० जना श्रम स्वीकृति लिएर विदेसिएका थिए । भदौमा यस्तो संख्या करिब डेढ सयले मात्र घटेको हो ।

भदौ महिनामा संस्थागत माध्यमबाट ३३ हजार एक जना, व्यक्तिगत श्रम स्वीकृति लिएर ११ हजार ७७५ जना र श्रम स्वीकृति नवीकरण गरेर २२ हजार २४० जना गएको विभागको तथ्यांकमा उल्लेख छ । यसैगरी, जिटुजीमार्फत ९०१ जना गएका छन् । जसमा ७४५ जना दक्षिण कोरिया र १५६ जना इजरायल गएका हुन् । वैधानिकीकरण प्रक्रियामार्फत ५५ जनाले श्रम स्वीकृति लिएको विभागले उल्लेख गरेको छ ।

Hardik health

विभागको तथ्यांक अनुसार भदौमा विदेसिएकामध्ये ३७ हजार ७० जना दक्ष श्रमिक छन् । जसमा ३१ हजार ९३२ जना पुरुष र पाँच हजार १३८ जना महिला हुन् । यस्तै ११ हजार ४१८ जना अर्धदक्ष, १९ हजार १३५ जना अदक्ष, ११३ जना उच्च दक्ष भएका र २३६ जना व्यावसायिक कामदारका रुपमा जान श्रम स्वीकृति लिएको विभागले जानकारी दिएको छ । 

प्रमुख पाँच गन्तव्य
गत महिना सबैभन्दा धेरै संयुक्त अरब इमिरेट्स (युएई) गएका छन् । युएईमा २२ हजार ३०० पुरुष र दुई हजार ९१८ जना महिला गरी कूल २५ हजार २१८ जना रोजगारीमा गएका छन् । त्यस्तै दोस्रोमा सबैभन्दा धेरै कतारमा १० हजार ३६९ जना गएका छन् । जसमा नौ हजार ४९२ जना पुरुष र ८७७ जना महिला छन् । 

साउदी अरेबियामा १० हजार १५८ जना पुरुष र ४३ महिला गरी १० हजार २०१ जना, मलेसियामा पाँच हजार १२८ जना र कुवेतमा तीन हजार ६९६ जना गएको विभागले उल्लेख गरेको छ । यो संख्या व्यक्तिगत, संस्थागत र श्रम स्वीकृति नवीकरण गरेर जानेहरुको हो । उक्त एक महिनामा संस्थागत माध्यमबाट सबैभन्दा बढी युएईमा १७ हजार ४०६ जना गएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर सबैभन्दा बढी रोमानियामा दुई हजार ३४४ जना गएका छन् । त्यस्तै, श्रम स्वीकृति नवीकरण गरेर सबैभन्दा बढी छ हजार ४४० जना कतार गएको तथ्यांक छ ।

सो अवधिमा सबैभन्दा धेरै धनुषाबाट तीन हजार ३०३ जना विदेसिएका छन् । त्यसपछि झापाबाट तीन हजार ६३, मोरङबाट दुई हजार ७९३, सिरहाबाट दुई हजार ५१३ जना र महोत्तरीबाट दुई हजार ६०६ जना रोजगारीमा गएका छन् । सबैभन्दा कम भने मुस्ताङबाट २५ जनामात्र गएका छन् ।  भदौमा श्रमिकहरु रोजगारीका लागि विभिन्न ९८ मुलुकमा गएको विभागको तथ्यांकमा उल्लेख छ । जसमध्ये म्यानपावर व्यवसायीले १४ वटा मुलुकमा श्रमिक पठाएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर भने ८६ वटा देशमा गएका छन् । त्यस्तै श्रम स्वीकृति नवीकरण गरेर ७४ वटा मुलुकमा गएका छन् ।

उक्त तथ्यांकअनुसार ७२ वटा मुलुकमा १०० जनाभन्दा कम श्रमिक गएका छन् । विभिन्न २० वटा मुलुकमा एक जनामात्र कामदार गएका छन् । भदौ महिनामा सबैभन्दा धेरै ८२१ जना श्रमिक प्याराडाइज इन्टरनेसनल म्यानपावर कम्पनीले पठाएको छ । ५३ वटा म्यानपावर कम्पनीले एक जनामात्र श्रमिक पठाएका छन् ।
 


प्रकाशित मिति: आइतबार, असोज ५, २०८२  ०९:२९
#वैदेशिक राेजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा बिहीबार, पुस १७, २०८२
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP