Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #खिवाँराे
  • #अन्तिम_साँझ
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
  • #सम्मान
  • #विश्व शान्ति सम्मेलन
  • #पूर्णबहादुर खड्का
  • #एभरेष्ट टुरिजम अवार्ड
  • #कुमार_यात्रु
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३, २०८२

अघिल्लो वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा ४० अर्ब ८१ करोड बढी रेमिट्यान्स भित्रिएको छ 
समीक्षा अवधिमा वैदेशिक रोजगारीमा ६८ हजार ११० जना गएका थिए । जसमा संस्थागत र व्यक्तिगत माध्यमबाट ४४ हजार ४६६ जनाले श्रम स्वीकृति लिएका थिए भने २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्याकं छ
बैंकिङ च्यानलबाहेक हुन्डी तथा अन्य अवैधानिक च्यानलबाटसमेत रकम भित्रिने गरेको छ

काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३को पहिलो महिनामा एक खर्ब ७७ अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिका अनुसार गत साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रेमिट्यान्सबाट प्राप्त भएको हो । 

राष्ट्र बैंकको उक्त प्रतिवेदनका अनुसार साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२को सोही अवधिमा यस्तो आप्रवाह १७.७ प्रतिशले बृद्धि भइ एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो । अघिल्लो वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा ४० अर्ब ८१ करोड बढी रेमिट्यान्स भित्रिएको छ । 

प्रतिवेदनमा उल्लेख भएअनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २०.० प्रतिशले वृद्धि भइ एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह १५.८ प्रतिशतले बृद्धि भइ एक अर्ब दुई करोड डलर पुगेको थियो ।  यस अवधिमा खुद द्वितिय आय अर्थात खुद ट्रान्सफर एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको जनाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ४८ अर्ब आठ करोड रहेको जनाइएको छ ।

Hardik health

समीक्षा अवधिमा वैदेशिक रोजगारीमा ६८ हजार ११० जना गएका थिए । जसमा संस्थागत र व्यक्तिगत माध्यमबाट ४४ हजार ४६६ जनाले श्रम स्वीकृति लिएका थिए भने २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्याकं छ ।  अघिल्लो आर्थिक वर्षमा ५९ हजार ५७५ जना रोजगारीमा विदेश गएका थिए । जसमा व्यक्तिगत र संस्थागत माध्यमबाट ३६ हजार ९२८ जना गएका थिए भने श्रम स्वीकृति नवीकरण गरेर २२ हजार ६४७ जना गएका थिए । अघिल्लो वर्षको साउनको तुलनामा यस आर्थिक वर्षको साउनमा आठ हजार पा“च सय ३५ जना बढी रोजगारीमा गएका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै मुलुकमा भित्रने रेमिट्यान्स पनि बढेको छ । विगतका आर्थिक वर्षका साउन महिनाको तथ्याकंले पनि रेमिट्यान्स भित्रने क्रम बढेको देखाउँछ । आर्थिक वर्ष २०७७/७८को साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स आएको थियो । त्यस्तै, २०७८/७९को साउन महिनामा ७५ अर्ब ९६ करोड, २०७९/८०मा ९२ अर्ब २१ करोड, २०८०/८१मा एक खर्ब १६ अर्ब दुई करोड र २०८१/८२मा एक खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स आएको थियो । 

उक्त पाँच आर्थिक वर्षको तथ्याकं हेर्दा आर्थिक वर्ष २०८०/८१को साउनबाट मुलुक भित्रने रेमिट्यान्स एक अर्ब नाघेको देखिएको छ । विगतका आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आर्थिक वर्षको साउनमा भित्रिएको रेमिट्यान्स सबैभन्दा बढी हो । 

राष्ट्र बैंकले उल्लेख गरेको कूल रेमिट्यान्स रकममा वैदेशिक रोजगारीमा गएका नेपालीले वैधानिक रुपमा पठाएको रकममात्र समेटिएको छ । बैंकिङ च्यानलबाहेक हुन्डी तथा अन्य अवैधानिक च्यानलबाटसमेत रकम भित्रिने गरेको छ । त्यस्तो रकम राष्ट्र बैंकको प्रतिवेदनमा समेटिएको हुँदैन । नेपाल सरकारका पछिल्ला अध्ययनहरुका अनुसार अझै पनि यसवापतको ठूलो रकम अवैधानिक माध्यमबाट आउने गरेको छ । कुन मुलुकबाट कति रकम वैधनिक माध्यमबाट आउ“छ भन्ने विवरण राख्‍न कठिन हुन थालेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

मुलुकको अर्थतन्त्रको एक तिहाइ हिस्सा रेमिट्यान्सले ओगटेको सरकारी तथ्याकं छ । जसले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको छ । यद्यपि यसबाट आएको रकम उत्पादनमुलक क्षेत्रमा लगानी हुन नसकेको विज्ञको चिन्ता छ । 


 


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा बिहीबार, पुस १७, २०८२
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती
वैदेशिक रोजगारबाट फर्किएकालाई स्वदेशमा चुनौती बुधबार, पुस १६, २०८२
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
युएई पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ मंगलबार, पुस १५, २०८२
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास
इपिएफले मलेसियाको श्रमबजारमा समानता कायम गर्ने विश्वास मंगलबार, पुस १५, २०८२
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस १४, २०८२
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित
श्रम स्वीकृति दिने निर्णयले इराकमा रहेका नेपाली हर्षित सोमबार, पुस १४, २०८२
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने
जापानको योजनाः सन् २०२८ सम्म १२ लाखभन्दा बढी विदेशी कामदार भित्र्याउने आइतबार, पुस १३, २०८२
लोकप्रिय
  • Week
  • Month
केदार सङकेतको नवौं कृति  'अन्तिम साँझ'  सार्वजनिक,कथामा सुनुवार पनि
केदार सङकेतको नवौं कृति 'अन्तिम साँझ' सार्वजनिक,कथामा सुनुवार पनि
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
ताम्बा अध्येता पासाङ मोक्तानको पुस्तक 'ताम्बा ह्रिमठिम' सार्वजनिक
जसपा नेपाल र जसपाबीच एकता घोषणा
जसपा नेपाल र जसपाबीच एकता घोषणा
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ-सिर्जना
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
नोबेल कलेजकाे शेयर निष्काशनका लागि नबिल बैंक
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP