Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
साउनमा भित्रियो पौने दुई खर्ब रेमिट्यान्स 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज ३, २०८२

अघिल्लो वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा ४० अर्ब ८१ करोड बढी रेमिट्यान्स भित्रिएको छ 
समीक्षा अवधिमा वैदेशिक रोजगारीमा ६८ हजार ११० जना गएका थिए । जसमा संस्थागत र व्यक्तिगत माध्यमबाट ४४ हजार ४६६ जनाले श्रम स्वीकृति लिएका थिए भने २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्याकं छ
बैंकिङ च्यानलबाहेक हुन्डी तथा अन्य अवैधानिक च्यानलबाटसमेत रकम भित्रिने गरेको छ

काठमाडौं - चालु आर्थिक वर्ष २०८२/८३को पहिलो महिनामा एक खर्ब ७७ अर्बभन्दा बढी विप्रेषण (रेमिट्यान्स) मुलुक भित्रिएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तिय स्थितिका अनुसार गत साउन महिनामा एक खर्ब ७७ अर्ब ४१ करोड रेमिट्यान्सबाट प्राप्त भएको हो । 

राष्ट्र बैंकको उक्त प्रतिवेदनका अनुसार साउनमा विप्रेषण आप्रवाह २९.९ प्रतिशले वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२को सोही अवधिमा यस्तो आप्रवाह १७.७ प्रतिशले बृद्धि भइ एक खर्ब ३६ अर्ब ६० करोड रहेको थियो । अघिल्लो वर्षको साउन महिनाको तुलनामा यस वर्षको साउनमा ४० अर्ब ८१ करोड बढी रेमिट्यान्स भित्रिएको छ । 

प्रतिवेदनमा उल्लेख भएअनुसार समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २०.० प्रतिशले वृद्धि भइ एक अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आप्रवाह १५.८ प्रतिशतले बृद्धि भइ एक अर्ब दुई करोड डलर पुगेको थियो ।  यस अवधिमा खुद द्वितिय आय अर्थात खुद ट्रान्सफर एक खर्ब ९३ अर्ब ८५ करोड पुगेको जनाइएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय एक खर्ब ४८ अर्ब आठ करोड रहेको जनाइएको छ ।

Nada Auto Show 2026
Hardik health

समीक्षा अवधिमा वैदेशिक रोजगारीमा ६८ हजार ११० जना गएका थिए । जसमा संस्थागत र व्यक्तिगत माध्यमबाट ४४ हजार ४६६ जनाले श्रम स्वीकृति लिएका थिए भने २३ हजार ६४४ जनाले पुनः श्रम स्वीकृति लिएको तथ्याकं छ ।  अघिल्लो आर्थिक वर्षमा ५९ हजार ५७५ जना रोजगारीमा विदेश गएका थिए । जसमा व्यक्तिगत र संस्थागत माध्यमबाट ३६ हजार ९२८ जना गएका थिए भने श्रम स्वीकृति नवीकरण गरेर २२ हजार ६४७ जना गएका थिए । अघिल्लो वर्षको साउनको तुलनामा यस आर्थिक वर्षको साउनमा आठ हजार पा“च सय ३५ जना बढी रोजगारीमा गएका छन् ।

पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढेसँगै मुलुकमा भित्रने रेमिट्यान्स पनि बढेको छ । विगतका आर्थिक वर्षका साउन महिनाको तथ्याकंले पनि रेमिट्यान्स भित्रने क्रम बढेको देखाउँछ । आर्थिक वर्ष २०७७/७८को साउनमा ९२ अर्ब ७१ करोड रेमिट्यान्स आएको थियो । त्यस्तै, २०७८/७९को साउन महिनामा ७५ अर्ब ९६ करोड, २०७९/८०मा ९२ अर्ब २१ करोड, २०८०/८१मा एक खर्ब १६ अर्ब दुई करोड र २०८१/८२मा एक खर्ब ३६ अर्ब ९३ करोड रेमिट्यान्स आएको थियो । 

उक्त पाँच आर्थिक वर्षको तथ्याकं हेर्दा आर्थिक वर्ष २०८०/८१को साउनबाट मुलुक भित्रने रेमिट्यान्स एक अर्ब नाघेको देखिएको छ । विगतका आर्थिक वर्षको पहिलो महिनाको तुलनामा यस आर्थिक वर्षको साउनमा भित्रिएको रेमिट्यान्स सबैभन्दा बढी हो । 

राष्ट्र बैंकले उल्लेख गरेको कूल रेमिट्यान्स रकममा वैदेशिक रोजगारीमा गएका नेपालीले वैधानिक रुपमा पठाएको रकममात्र समेटिएको छ । बैंकिङ च्यानलबाहेक हुन्डी तथा अन्य अवैधानिक च्यानलबाटसमेत रकम भित्रिने गरेको छ । त्यस्तो रकम राष्ट्र बैंकको प्रतिवेदनमा समेटिएको हुँदैन । नेपाल सरकारका पछिल्ला अध्ययनहरुका अनुसार अझै पनि यसवापतको ठूलो रकम अवैधानिक माध्यमबाट आउने गरेको छ । कुन मुलुकबाट कति रकम वैधनिक माध्यमबाट आउ“छ भन्ने विवरण राख्‍न कठिन हुन थालेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।

मुलुकको अर्थतन्त्रको एक तिहाइ हिस्सा रेमिट्यान्सले ओगटेको सरकारी तथ्याकं छ । जसले मुलुकको अर्थतन्त्रमा ठूलो योगदान पुर्‍याउँदै आएको छ । यद्यपि यसबाट आएको रकम उत्पादनमुलक क्षेत्रमा लगानी हुन नसकेको विज्ञको चिन्ता छ । 


 


प्रकाशित मिति: शुक्रबार, असोज ३, २०८२  १०:१२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP