Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा
भिजिट भिसासँगै वर्किङ भिसासमेत अस्वीकृत जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २, २०८२

 

देशमा जुन घटनाक्रम भयो, ती घटनाक्रममा जेलमा रहेका कैदीबन्दीहरु निस्किएको भनेपछि शान्ति सुरक्षाको दृष्टिकोणले बन्द गराएको कुरा आएको छ । नेपालको सिस्टम नै ब्लक गरिदिएको छ ।
देवकुमार खोखाली
द्वितीय उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

 

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि भिसा रोक्का गरेको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सिर्जित परिस्थितिलाई लिएर युएईले भिसा रोक्का गरेको बताइएको छ । यद्यपि, युएई सरकारले आधिकारिक रुपमा यसबारे केही बताएको छैन । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीका अनुसार युएईले नेपाली नागरिकलाई दिँदै आएको वर्किङ र भिजिट दुवै प्रकारका भिसा रोकेको छ । युएईले आफ्नो भिसा प्रणालीमा नेपाली नागरिकले आवेदन दिन नै नमिल्ने बनाएको उनको भनाइ छ ।

Nada Auto Show 2026
Hardik health

जेन–जी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र अराजक गतिविधिमा संलग्न व्यक्तिहरु शरण लिनका लागि भिजिट भिसामा युएई प्रवेश गर्नसक्ने बहानामा नेपाली नागरिकलाई भिसा बन्द गरिएको बुझिएको उपाध्यक्ष खोखाली बताउँछन् । ‘देशमा जुन घटनाक्रम भयो, ती घटनाक्रममा जेलमा रहेका कैदीबन्दीहरु निस्किएको भनेपछि शान्ति सुरक्षाको दृष्टिकोणले बन्द गराएको कुरा आएको छ । नेपालको सिस्टम नै ब्लक गरिदिएको छ । अरु देशको एप्लाइ गर्दा भइरहेको छ,’ उनले भने । 

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले युएईका लागि भिसा आवेदन दिँदा ‘रिजेक्ट’ (अस्वीकृत) भएको बताए । आफूले मंगलबार एप्लाइ गरेका सबै भिसाहरु अस्वीकृत भएको उनको भनाइ छ । ‘मंगलबार जति पनि एप्लाइ गरेको सबै भिसा रिजेक्ट भयो । भिसा आइसकेकोहरु पनि अब पुलिस रिपोर्ट लिएपछि मात्र जान पाउँछन् । खुलिसकेपछि नयाँ एप्लाई गर्नेहरुका लागि पनि वैदेशिक रोजगार विभागले पुलिस रिपोर्ट नलिई श्रम स्वीकृति दिँदैन अब,’ अध्यक्ष पाण्डेले भने । 

हाल साउदी अरेबिया, ओमान, बहराइनलगायतका मुलुक जान पुलिस रिपोर्ट अनिवार्य गरिएको छ । युएईमा भने केही वर्षयता पुलिस रिपोर्टविनै जाँदै आएका थिए । अब भने अनिवार्य गरिने जानकारी दिइएको छ । संघका द्वितीय उपाध्यक्ष खोखालीका अनुसार भिजिट भिसालाई युएईको प्रमुख आर्थिक स्रोत मानिन्छ । तर गएको सोमबारबाट नेपाली नागरिकका लागि भिजिट बन्द गरिएको छ । लगत्तै वर्किङ भिसा पनि बन्द गरिएको छ । यस विषयमा आधिकारिक सूचना नआए पनि व्यवसायीहरुले विभिन्न स्रोतबाट उक्त जानकारी पाएको खोखालीले बताए ।

नेपाल सरकारले भागेका कैदीहरुलाई समाति सक्यौं भन्ने समाचार अन्तर्राष्ट्रियरुपमा नदिएसम्म खुल्ने सम्भावना न्यून रहेको उनले बताए । अन्य गन्तव्य मुलुकहरुले पनि श्रमिक नलग्ने सम्भावना रहेको उनको भनाइ छ ।

व्यवसायी र श्रमिक प्रभावित
युएईले नेपाली नागरिकका लागि भिसा रोक्का गरेसँगै युएईमा कामदार पठाउँदै आएका वैदेशिक रोजगार व्यवसायी र युएई जाने तयारीमा रहेका कामदारहरु प्रभावित बनेका छन् । व्यवसायीहरुका अनुसार ८० हजारभन्दा बढी युवा युएई जाने प्रक्रियामा रहेका छन् । युएईले भिसा रोकेपछि उनीहरुको युएई यात्रा अनिश्चित बनेको छ । 

हाल सक्रिय रुपमा काम गरिरहेका एक हजारभन्दा बढी म्यानपावर कम्पनीमध्ये युएईमा मात्रै कामदार पठाउने ३०० को हाराहारीमा रहेको एकता समितिका अध्यक्ष पाण्डे बताउँछन् । सबैभन्दा बढी श्रमिक पठाउने म्यानपावरहरुको मुख्य गन्तव्य मुलुक युएई नै रहेको उनको भनाइ छ । ‘व्यवसायीलाई यसबाट ठूलो क्षति भएको अवस्थामा पनि तत्काल समस्या सुनिदिने कुनै निकाय छैन,’ पाण्डेले भने, ‘यसले व्यवसायीलाई एकदमै समस्यामा पर्छ । त्यसकै छलफलमा व्यवसायीहरु जुटेका छौं । तर अब युएई खोल्न पर्छ भनेर कसलाई भन्ने ?’

युएई पछिल्लो समय नेपालीहरुको प्रमुख रोजाइको रोजगार गन्तव्य बन्दै आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै दुई लाख ७४ हजार ५९० जना रोजगारीका लागि युएई गएका थिए । त्यसअघि आव २०८०/८१ मा एक लाख ९३ हजार ४३८ जना गएको तथ्यांक छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ
आन्दोलन स्थगनपछि संघमाथि उठ्यो प्रश्न, घटक संस्थाहरुले मागे जवाफ बिहीबार, भदौ ४, २०८३
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा
चालु आवको पहिलो महिनामै विदेसिए ७० हजारभन्दा बढी युवा बुधबार, भदौ ३, २०८३
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP