Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा
भिजिट भिसासँगै वर्किङ भिसासमेत अस्वीकृत जेन-जी आन्दोलनपछि युएईले रोक्यो नेपाली नागरिकलाई भिसा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज २, २०८२

 

देशमा जुन घटनाक्रम भयो, ती घटनाक्रममा जेलमा रहेका कैदीबन्दीहरु निस्किएको भनेपछि शान्ति सुरक्षाको दृष्टिकोणले बन्द गराएको कुरा आएको छ । नेपालको सिस्टम नै ब्लक गरिदिएको छ ।
देवकुमार खोखाली
द्वितीय उपाध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

 

काठमाडौं- संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाली नागरिकका लागि भिसा रोक्का गरेको छ । भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि सिर्जित परिस्थितिलाई लिएर युएईले भिसा रोक्का गरेको बताइएको छ । यद्यपि, युएई सरकारले आधिकारिक रुपमा यसबारे केही बताएको छैन । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीका अनुसार युएईले नेपाली नागरिकलाई दिँदै आएको वर्किङ र भिजिट दुवै प्रकारका भिसा रोकेको छ । युएईले आफ्नो भिसा प्रणालीमा नेपाली नागरिकले आवेदन दिन नै नमिल्ने बनाएको उनको भनाइ छ ।

Hardik health

जेन–जी आन्दोलनका क्रममा भागेका कैदीबन्दी र अराजक गतिविधिमा संलग्न व्यक्तिहरु शरण लिनका लागि भिजिट भिसामा युएई प्रवेश गर्नसक्ने बहानामा नेपाली नागरिकलाई भिसा बन्द गरिएको बुझिएको उपाध्यक्ष खोखाली बताउँछन् । ‘देशमा जुन घटनाक्रम भयो, ती घटनाक्रममा जेलमा रहेका कैदीबन्दीहरु निस्किएको भनेपछि शान्ति सुरक्षाको दृष्टिकोणले बन्द गराएको कुरा आएको छ । नेपालको सिस्टम नै ब्लक गरिदिएको छ । अरु देशको एप्लाइ गर्दा भइरहेको छ,’ उनले भने । 

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष हरिबहादुर पाण्डेले युएईका लागि भिसा आवेदन दिँदा ‘रिजेक्ट’ (अस्वीकृत) भएको बताए । आफूले मंगलबार एप्लाइ गरेका सबै भिसाहरु अस्वीकृत भएको उनको भनाइ छ । ‘मंगलबार जति पनि एप्लाइ गरेको सबै भिसा रिजेक्ट भयो । भिसा आइसकेकोहरु पनि अब पुलिस रिपोर्ट लिएपछि मात्र जान पाउँछन् । खुलिसकेपछि नयाँ एप्लाई गर्नेहरुका लागि पनि वैदेशिक रोजगार विभागले पुलिस रिपोर्ट नलिई श्रम स्वीकृति दिँदैन अब,’ अध्यक्ष पाण्डेले भने । 

हाल साउदी अरेबिया, ओमान, बहराइनलगायतका मुलुक जान पुलिस रिपोर्ट अनिवार्य गरिएको छ । युएईमा भने केही वर्षयता पुलिस रिपोर्टविनै जाँदै आएका थिए । अब भने अनिवार्य गरिने जानकारी दिइएको छ । संघका द्वितीय उपाध्यक्ष खोखालीका अनुसार भिजिट भिसालाई युएईको प्रमुख आर्थिक स्रोत मानिन्छ । तर गएको सोमबारबाट नेपाली नागरिकका लागि भिजिट बन्द गरिएको छ । लगत्तै वर्किङ भिसा पनि बन्द गरिएको छ । यस विषयमा आधिकारिक सूचना नआए पनि व्यवसायीहरुले विभिन्न स्रोतबाट उक्त जानकारी पाएको खोखालीले बताए ।

नेपाल सरकारले भागेका कैदीहरुलाई समाति सक्यौं भन्ने समाचार अन्तर्राष्ट्रियरुपमा नदिएसम्म खुल्ने सम्भावना न्यून रहेको उनले बताए । अन्य गन्तव्य मुलुकहरुले पनि श्रमिक नलग्ने सम्भावना रहेको उनको भनाइ छ ।

व्यवसायी र श्रमिक प्रभावित
युएईले नेपाली नागरिकका लागि भिसा रोक्का गरेसँगै युएईमा कामदार पठाउँदै आएका वैदेशिक रोजगार व्यवसायी र युएई जाने तयारीमा रहेका कामदारहरु प्रभावित बनेका छन् । व्यवसायीहरुका अनुसार ८० हजारभन्दा बढी युवा युएई जाने प्रक्रियामा रहेका छन् । युएईले भिसा रोकेपछि उनीहरुको युएई यात्रा अनिश्चित बनेको छ । 

हाल सक्रिय रुपमा काम गरिरहेका एक हजारभन्दा बढी म्यानपावर कम्पनीमध्ये युएईमा मात्रै कामदार पठाउने ३०० को हाराहारीमा रहेको एकता समितिका अध्यक्ष पाण्डे बताउँछन् । सबैभन्दा बढी श्रमिक पठाउने म्यानपावरहरुको मुख्य गन्तव्य मुलुक युएई नै रहेको उनको भनाइ छ । ‘व्यवसायीलाई यसबाट ठूलो क्षति भएको अवस्थामा पनि तत्काल समस्या सुनिदिने कुनै निकाय छैन,’ पाण्डेले भने, ‘यसले व्यवसायीलाई एकदमै समस्यामा पर्छ । त्यसकै छलफलमा व्यवसायीहरु जुटेका छौं । तर अब युएई खोल्न पर्छ भनेर कसलाई भन्ने ?’

युएई पछिल्लो समय नेपालीहरुको प्रमुख रोजाइको रोजगार गन्तव्य बन्दै आएको छ । गत आर्थिक वर्ष २०८१/८२ मा सबैभन्दा धेरै दुई लाख ७४ हजार ५९० जना रोजगारीका लागि युएई गएका थिए । त्यसअघि आव २०८०/८१ मा एक लाख ९३ हजार ४३८ जना गएको तथ्यांक छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज २, २०८२  १०:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP