काठमाडौं- नेपाली बजारमा सुनको मूल्य एक हजार रुपैयाँले घटेको छ । बुधबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १६ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सोही सुन प्रति १० ग्रामकै १ लाख ८५ हजार २७० रुपैयाँ पुगेको छ । यसअघि मंगलबार छापावाल सुन तोलामा २ लाख १७ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । मंगलबार चाँदी तोलामा २ हजार ५७० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार २० रुपैयाँले घटेर तोलामा २ हजार ५५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।