Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण
तिलिङटार र मछापोखरीको चौकीको काम जारी   एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १, २०८२

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले जेन–जी आन्दोलका क्रममा ध्वस्त पारिएको सुकेधारास्थित प्रहरी चौकीको पुनर्निर्माण गरेको छ । सुकेधारादेखि नयाँ बसपार्कसम्म रहेका चौकीहरुको पुनर्निर्माण गर्ने योजनाअनुरुप उक्त काम थालिएको समितिका अध्यक्ष हरिबहादुर पाण्डे बताए । अब तिलिङटार र मछापोखरीको चौकी पनि चाँडै बनाउने उनले बताए ।

गत हप्ता भएको जेन–जी आन्दोलनबाट उक्त क्षेत्रमा पर्ने चारवटा चौकीमध्ये बसपार्क र सुकेधाराको चौकी पूर्णरुपमा ध्वस्त पारिएको थियो । चक्रपथ र तिलिङटारको चौकी मर्मत गर्नुपर्ने अवस्थामा छ । सबैभन्दा बढी क्षति भएको चक्रपथको चौकी बनाउन हेडक्वार्टरबाट बजेट आउने भएकाले त्यहाँ खर्च गर्ने रकम माछापोखरीको चौकीमा खर्च गरिने अध्यक्ष पाण्डेले बताए । उनका अनुसार माछापोखरीमा एक तलाको चौकी थियो । जलेर नष्ट भएको उक्त चौकीमा समितिले अर्को एक तला थपिदिने जानकारी दिएको छ । यसका लागि समितिले १५ लाख खर्च गर्ने अध्यक्ष पाण्डेले बताए । त्यहाँ खर्च गरेर बाँकी भएको रकम नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई सहयोग गर्ने उनको भनाइ छ । 

सुरक्षा संयन्त्रविनाको समाज असुरक्षित हुने भएकाले व्यवसायीकोसमेत सुरक्षालाई मध्यनजर गर्दै यो कदम चालिएको उनले बताए । ‘प्रहरीविनाको देश कस्तो हुने रहेछ भन्ने कुरा अहिले महसुस गरेका छौं । हामी व्यवसायमात्र गर्दैनौं । सामाजिक काम पनि गरिरहेका छौं,’ अध्यक्ष पाण्डेले भने, ‘विगतमा २०७२ को भूकम्प होस् या सिन्धुपाल्चेकको जुरे पहिरो, विपद्को बेला सहयोग गर्दै आएका छौं । सामाजिक उत्तरदायीत्वको हिसाबले यो काम गरिरहेका हौं ।’ दसैंभन्दा पहिला प्रहरीलाई ओतमुनि बसेर काम गर्ने वातावरण मिलाउन दिनरात खटिरहेको उनले बताए । समितिले तीनवटा समूह बनाएर कार्यविभाजन गरेको छ । सुकेधाराबाट चक्रपथसम्मका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष सञ्जु गुरुङको संयोजकत्वमा कृष्ण ढकाल, गोविन्द कटवाललगायतले सहयोग गरेका थिए । चक्रपथदेखि बसुन्धराको तिलिङटारम्म संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीको संयोजकत्वमा राज लामा, बिएन सुब्बा, लक्ष्मण पौडेल, नरेश अर्लामी मगरलगायतले काम गरिरहेको समितिले जानकारी दिएको छ । दुई–तीन दिनमा उक्त चौकीको पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने समितिको भनाइ छ ।

Hardik health

बसुन्धरादेखि माछापोखरीसम्म समितिका अध्यक्ष पाण्डेकै संयोजकत्वमा सुशिल केसी, हरिस कुँवर, तारानाथ अर्याल, नरेन्द्र ढकाल, जगतनारायण श्रेष्ठ, एमबहादुर बिसी, नूरमोहम्मद मियाँ, भीष्मराज सिवाकोटी, निर्मल जिसी, शालिकराम गौतम, विनोदजंग केसीलगायतले समन्वय गरिरहेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी
साउदीसँग जनवरीभित्रै श्रम सम्झौता गर्ने तयारी बिहीबार, पुस १०, २०८२
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP