Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण
तिलिङटार र मछापोखरीको चौकीको काम जारी   एकता समितिको अगुवाइमा सुकेधारा प्रहरी चौकीको पुनर्निर्माण
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १, २०८२

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिले जेन–जी आन्दोलका क्रममा ध्वस्त पारिएको सुकेधारास्थित प्रहरी चौकीको पुनर्निर्माण गरेको छ । सुकेधारादेखि नयाँ बसपार्कसम्म रहेका चौकीहरुको पुनर्निर्माण गर्ने योजनाअनुरुप उक्त काम थालिएको समितिका अध्यक्ष हरिबहादुर पाण्डे बताए । अब तिलिङटार र मछापोखरीको चौकी पनि चाँडै बनाउने उनले बताए ।

गत हप्ता भएको जेन–जी आन्दोलनबाट उक्त क्षेत्रमा पर्ने चारवटा चौकीमध्ये बसपार्क र सुकेधाराको चौकी पूर्णरुपमा ध्वस्त पारिएको थियो । चक्रपथ र तिलिङटारको चौकी मर्मत गर्नुपर्ने अवस्थामा छ । सबैभन्दा बढी क्षति भएको चक्रपथको चौकी बनाउन हेडक्वार्टरबाट बजेट आउने भएकाले त्यहाँ खर्च गर्ने रकम माछापोखरीको चौकीमा खर्च गरिने अध्यक्ष पाण्डेले बताए । उनका अनुसार माछापोखरीमा एक तलाको चौकी थियो । जलेर नष्ट भएको उक्त चौकीमा समितिले अर्को एक तला थपिदिने जानकारी दिएको छ । यसका लागि समितिले १५ लाख खर्च गर्ने अध्यक्ष पाण्डेले बताए । त्यहाँ खर्च गरेर बाँकी भएको रकम नेपाल वैदेशिक रोजगार व्यवसायी संघलाई सहयोग गर्ने उनको भनाइ छ । 

सुरक्षा संयन्त्रविनाको समाज असुरक्षित हुने भएकाले व्यवसायीकोसमेत सुरक्षालाई मध्यनजर गर्दै यो कदम चालिएको उनले बताए । ‘प्रहरीविनाको देश कस्तो हुने रहेछ भन्ने कुरा अहिले महसुस गरेका छौं । हामी व्यवसायमात्र गर्दैनौं । सामाजिक काम पनि गरिरहेका छौं,’ अध्यक्ष पाण्डेले भने, ‘विगतमा २०७२ को भूकम्प होस् या सिन्धुपाल्चेकको जुरे पहिरो, विपद्को बेला सहयोग गर्दै आएका छौं । सामाजिक उत्तरदायीत्वको हिसाबले यो काम गरिरहेका हौं ।’ दसैंभन्दा पहिला प्रहरीलाई ओतमुनि बसेर काम गर्ने वातावरण मिलाउन दिनरात खटिरहेको उनले बताए । समितिले तीनवटा समूह बनाएर कार्यविभाजन गरेको छ । सुकेधाराबाट चक्रपथसम्मका लागि नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वउपाध्यक्ष सञ्जु गुरुङको संयोजकत्वमा कृष्ण ढकाल, गोविन्द कटवाललगायतले सहयोग गरेका थिए । चक्रपथदेखि बसुन्धराको तिलिङटारम्म संघका द्वितीय उपाध्यक्ष देवकुमार खोखालीको संयोजकत्वमा राज लामा, बिएन सुब्बा, लक्ष्मण पौडेल, नरेश अर्लामी मगरलगायतले काम गरिरहेको समितिले जानकारी दिएको छ । दुई–तीन दिनमा उक्त चौकीको पुनर्निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने समितिको भनाइ छ ।

Hardik health

बसुन्धरादेखि माछापोखरीसम्म समितिका अध्यक्ष पाण्डेकै संयोजकत्वमा सुशिल केसी, हरिस कुँवर, तारानाथ अर्याल, नरेन्द्र ढकाल, जगतनारायण श्रेष्ठ, एमबहादुर बिसी, नूरमोहम्मद मियाँ, भीष्मराज सिवाकोटी, निर्मल जिसी, शालिकराम गौतम, विनोदजंग केसीलगायतले समन्वय गरिरहेको जानकारी दिइएको छ ।


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०९:५९
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
भारतीय विमानस्थलबाट श्रमिक पठाउने म्यानपावर कारबाहीमा
भारतीय विमानस्थलबाट श्रमिक पठाउने म्यानपावर कारबाहीमा आइतबार, असार २८, २०८३
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति 
वैदेशिक रोजगार बोर्डमार्फत ३३६३ विद्यार्थीलाई छात्रवृत्ति  शनिबार, असार २७, २०८३
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ शुक्रबार, असार २६, २०८३
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै शुक्रबार, असार २६, २०८३
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन पक्राउ बिहीबार, असार २५, २०८३
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग  परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता
यूएईका वैदेशिक व्यापारमन्त्रीसँग परराष्ट्रमन्त्री खनालकाे शिष्टाचार भेटवार्ता बिहीबार, असार २५, २०८३
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा
प्रशासनको निर्देशनले लोकतान्त्रिक एसोसिएसनमा लफडा बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP