Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि कार्यान्वयन नगर्न श्रम मन्त्रालयको निर्देशन
कोरियामा सीपयुक्त कामदार पठाउने कार्यविधि कार्यान्वयन नगर्न श्रम मन्त्रालयको निर्देशन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असोज १, २०८२

ई-७ भिसामा म्यानपावर कम्पनीले कामदार पठाउन पाउने व्यवस्था रोकिँदा व्यवसायी निराश

काठमाडौं- दक्षिण कोरियामा म्यानपावर कम्पनीमार्फत सीपयुक्त कामदार पठाउनेगरी तयारी पारिएको कार्यविधि कार्यान्वयन नहुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रश्न उठाएपछि उक्त कार्यविधि कार्यान्वयन नगर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो ।

विभागले मंगलबार सूचना जारी गर्दै मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको जानकारी दिएको छ । विभागका अनुसार मन्त्रालयले आइतबार उक्त निर्देशनसहितको पत्र पठाएको हो । यही भदौ २२ गते अख्तियारले मन्त्रालयलाई पत्र लेख्दै म्यानपावरबाट कोरिया पठाउने काम नगर्न निर्देशन दिएको थियो । उक्त निर्देशनका कारण ई-७ भिसामार्फत कामदार पठाउने कार्य रोकिएको विभागका निर्देशक तथा सूचना अधिकारी टीकाराम ढकालले बताए ।

Hardik health

‘कार्यविधि अहिले कार्यान्वयन नगर्नू भनेर मन्त्रालयबाट निर्देशन आएकाले कार्यान्वयन गर्ने काम रोकिएको छ । यो मन्त्रालयको सचिवस्तरीय निर्णयबाटै आएजस्तो लाग्छ,’ ढकालले भने, ‘हामीलाई लेखेको पत्रमा अख्तियारलगायतका निकायमा उजुरी परेकाले तत्काललाई कार्यविधि कार्यान्वयन नगराउनू भनेर लेखेको छ ।’

तत्कालीन श्रममन्त्री शरतसिंह भण्डारीले २०८० सालमा म्यानपावरमार्फत कामदार कोरिया पठाउनेगरी उक्त कार्यविधि ल्याएका थिए । २०८० फागुन १७ गते स्वीकृत भएको उक्त कार्यविधि भण्डारी पुनः मन्त्री भएपछि २०८१ कात्तिक ९ गते पहिलो संशोधन गरियो । त्यसपछि, गत असार ९ र १३ गते लगातार दोस्रो र तेस्रो संशोधन गर्दै निजी क्षेत्रका व्यवसायी–व्यवसायी (बिटुबी)मार्फत कोरिया पठाउने बाटो खुलेको थियो । 

सरकारले जिटुजीमार्फत कोरिया लग्दै आएको अवस्थामा म्यानपावरबाट पनि श्रमिक पठाउन मिल्ने बाटो खोलिदिएर सरकारीस्तरबाट पठाउँदै आएको रोजगार अनुमति प्रणाली (इपिएस) लाई कमजोर बनाउन लागेको भन्दै सरोकारवालाहरुले आलोचना गर्दै आएका थिए । निवर्तमान श्रममन्त्री भण्डारीले व्यवसायीको स्वार्थमा लागेर कोरिया पठाउन दिन लागेको भन्दै आलोचित हुँदै आएका थिए । अर्कोतर्फ म्यानपावर व्यवसायीले लिने मनपरि लागत आदिको मारमा श्रमिकहरु पर्ने चिन्ता थियो । कामदारलाई मारमा पार्ने भन्दै उक्त कार्यविधि कार्यान्वयन नगराउन मागसहित अख्तियारमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा अख्तियारले श्रम मन्त्रालयलाई कार्यविधि रोक्न निर्देशन दिएको थियो । अख्तियारको पत्रमा म्यानपावरबाट कोरिया पठाउँदा नेपाली श्रमिकलाई अझ समस्या पर्ने र विकृति विसंगति फैलाउने भन्दै उजुरीहरु परेको अख्तियारले उल्लेख गरेको छ । साथै, सरकारले पठाउँदै आएको इपिएस प्रणालीमार्फत नै निष्पक्ष र पारदर्शी हिसाबमा श्रमिकहरु जान सक्ने पत्रमा भनिएको थियो ।

इ-७ भिसामा कोरिया जाने कार्यविधि बने पनि कार्यान्वयनमा भने आएको थिएन । यसको फाइदा उठाउँदै कतिपयले भने रकम संकलन गर्नसमेत थालिसकेका बताइएको छ । विभागको कल सेन्टरमा इलामलगायत पूर्वका जिल्ला तथा काठमाडौंबाट पनि उजुरी आएको जानकारी दिइएको छ ।  सरकारले आफ्नो माग पूरा गरिदिएपछि कोरिया श्रमिक पठाउने तरखरमा रहेका व्यवसायीहरु भने निराश भएका छन् । म्यानपावरबाट ई–७ भिसामा काम नगर्न नगराउन अख्तियारबाट पत्र आएको हल्ला सुने पनि पत्र फेला नपरेको एक व्यवसायीले बताए । ‘हाम्रो एउटै कुरा छ, ऐनमा पनि के व्यवस्था छ भने वैदेशिक रोजगारीका लागि काम गर्ने भनेको इजाजतवाला संस्थाले मात्र हो । सरकारले नै गर्ने भए त फरक कुरा भयो,’ उनले भने, ‘यसबारेमा हामी थप बुझ्छौं ।’

 


प्रकाशित मिति: बुधबार, असोज १, २०८२  ०९:५६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP