काठमाडौं– नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । मंगलबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १७ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सोही सुन प्रति १० ग्रामकै १ लाख ८६ हजार १३० रुपैयाँ पुगेको छ । यसअघि सोमबार छापावाल सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलामा २ हजार ५७५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा २ हजार ५९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।