Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • जेन–जी आन्दोलनका क्रममा ध्वस्त प्रहरी चौकीको पुनःस्थापना र पुनर्निर्माणमा संघले सघाउने
जेन–जी आन्दोलनका क्रममा ध्वस्त प्रहरी चौकीको पुनःस्थापना र पुनर्निर्माणमा संघले सघाउने
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ३१, २०८२

 

नागरिकदेखि व्यवसायीसम्मलाई सुरक्षा चाहियो । नागरिकमा त्रासको वातावरण छ । प्रहरीलाई आफ्नो नियमित काममा फर्काउने वातावरण बनाउनका लागि पहल गर्दै छौं, यो अवस्थामा व्यवसायीले पनि राज्यका लागि योगदान गर्न सक्छ भन्ने सन्देश पनि हो ।
भुवनसिंह गुरुङ
अध्यक्ष, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ

काठमाडौं- नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जेन–जी आन्दोलनका क्रममा क्षति भएका प्रहरी बिट तथा चौकीहरुको मर्मतसंहार र पुनर्निर्माणमा सघाउने भएको छ । सुरक्षा संयन्त्रविना व्यवसाय चल्न नसक्ने र नागरिककोसमेत पहिलो प्राथमिकता नै शान्ति सुरक्षा भएकाले सुरक्षाकर्मीलाई आफ्नो नियमित काममा फर्काउन पहल गर्ने संघले जानकारी दिएको हो । 

Hardik health

संघका अनुसार धेरै व्यवसायीहरु भएको चक्रपथ आसपासमा क्षति भएका चौकीको मर्मतसंहारमा सहयोग गरिने छ । संघले आइतबारको कार्यसमिति बैठकबाट यो निर्णय गरेको हो । बैठकपछि व्यवसायीहरुलाई आर्थिक सहयोगका लागि आह्वान गरिएको छ । व्यवसायीले आफ्नो इच्छाअनुसार सहयोग गर्न सक्ने संघको भनाइ छ । सोमबारबाट आर्थिक संकलन तथा क्षतिको विवरण संकलनको काम थालिएको संघका महासचिव महेश बस्नेतले जानकारी दिए । विवरण संकलन गरेपछि मात्र कसरी काम गर्न उपयुक्त होला भनेर निर्णय गर्न सकिने उनले बताए । ‘जति पनि प्रहरी बिट, वृत्त, चौकी छन् यी सबैलाई कसरी पुनस्र्थापना गर्ने र जलेका भत्केका ठाउँहरुको पुनर्निर्माणमा कसरी सहयोग गर्ने भनेर तयारी गरिरहेका छौं । सम्बन्धित ठाउँबाट सबैको विवरण माग गरिरहेका छौं । व्यवसायीहरुलाई आह्वान गरिरहेका छौं,’ बस्नेतले भने, ‘यो कार्य संस्थागत सामाजिक उत्तरदायित्व (सिआरएस) भित्र पर्ने भएकाले व्यवसायीहरुले पनि योगदान गर्नुहुन्छ ।’

आंशिक क्षति भएका संरचनाको मर्मत सम्हारमा ध्यान दिने र मर्मत नहुने अवस्थामा नयाँ भवनहरु बनाउन के कति सहयोग गर्न सकिन्छ भनेर तयारी गरिरहेको महासचिव बस्नेतले बताए । विवरण संकलनका लागि यो हप्ताभरि लाग्न सक्ने उनले बताए । यसका लागि काठमाडौंको चक्रपथभित्र हरेक तीन किलोमिटर आसपासमा गठन भएका नौ वटा व्यवसाय समन्वय टिमले संयोजन गरिरहेको जनाइएको छ । यो अभियान काठमाडौंमा मात्र हुने उनको भनाइ छ । यस अवधिमा वैदेशिक रोजगारीको कामलाई भने नरोक्ने जनाइएको छ । संघका अध्यक्ष भुवनसिंह गुरुङले व्यवसायीको मूल प्राथमिकता भने सुरक्षा नै रहेको बताए । ‘अहिलेको सन्दर्भमा कामसँग त सरोकार नै भएन नि । देश नै यस्तो स्थीतिमा छ । कामभन्दा नि समाजसेवा गर्न खोजेको हो । नागरिकदेखि व्यवसायीसम्मलाई सुरक्षा चाहियो । नागरिकमा त्रासको वातावरण छ,’ गुरुङले भने, ‘राज्य शून्यताको अवस्थामा र सुरक्षाविहीन भएकाले प्रहरीहरुलाई आफ्नो नियमित काममा फर्काउने वातावरण बनाउनका लागि पहल गर्दै छौं, यो अवस्थामा व्यवसायीले पनि राज्यका लागि योगदान गर्न सक्छ है भन्ने सन्देश पनि हो ।’  विभिन्न हिसाबले उपयुक्त भएको खण्डमा संघले गौशालामा रहेको प्रहरी चौकी नै बनाइदिनेसम्मको छलफल भएको उनले बताए । ‘सम्भव भए गौशालामा चौकी नै निर्माण गर्ने कि भन्ने नि छ । पशुपतिको क्षेत्रको भएर नक्सा पास हुँदैन रे । फलामको ठूलो रेलिङ भएको, अण्डरग्राउण्डसहितको संरचना बनाउने भन्ने छ । यो विषय भने दोस्रो चरणको छलफल भएपछि मात्र टुंगिन्छ,’ अध्यक्ष गुरुङले भने ।

यसका अलावा व्यवसायी सँगसँगै काम गर्ने वैदेशिक रोजगार विभागको पनि मुख्य भवन जलेर नष्ट भएकाले त्यहाँ पनि सहयोग गर्ने विषयमा संघको ध्यान गएको उनले बताए । गत २४ गतेको तोडफोडमा मुलुकभरका धेरै जसो प्रहरी चौकीमा आगजनी गरिएको थियो । यसबाट उनीहरुका हातहतियार, सञ्चार सामग्री, पोसाकलगायतका अत्यावश्यक उपकरण लुट्ने, जलाउने आदि भएको थियो । केही प्रहरीको  हत्यासमेत भएको थियो । शान्ति सुरक्षा दिने निकायमाथिको आक्रमणले सुरक्षाकर्मी, व्यवसायी र आमनागरिकले असुरक्षित महसुस गर्न थालेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, भदौ ३१, २०८२  १०:०८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP