काठमाडौं- नेपाली बजारमा सुनको सामान्य अंकले बढेको छ । सोमबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सोही सुन प्रति १० ग्रामकै १ लाख ८४ हजार ५०० रुपैयाँ पुगेको छ । यसअघि आईतबार छापावाल सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । आईतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार बढेर तोलामा २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।