Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
समाचार
  • Home
  • समाचार
  • आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ३०, २०८२

काठमाडौं- आइतबार ताहाचालस्थित वैदेशिक रोजगार विभागमा पुग्दा कर्मचारीहरुलाई भ्याइनभ्याइ थियो । तर, यसरी कर्मचारी व्यस्त भएको विगतको जस्तो सेवाग्राहीको चापले होइन, आफू काम गर्ने स्थान तयार गर्ने चटारोमा थिए उनीहरु ।

जेन-जी आन्दोलनका क्रममा आगजनीले ध्वस्त बनाएपछि विभागका कर्मचारीहरु सरसफाइ र कार्यकक्ष तयारीमा व्यस्त बनेका हुन् । विभागको आगजनी भएको ‘ए ब्लक’मा भएका बचेखुचेका सामानहरुलाई क्षति नभएको ‘बी ब्लक’मा लैजाँदै थिए । कोही नजलेको शाखाबाट दराज, टेबल बोक्दै थिए त कोही फाइलहरु मिलाउँदै थिए । कोही बचेका सामान सुरक्षित ठाउँतर्फ राख्दै थिए । कुर्सी, कम्प्युटर, प्रिन्टरजस्ता अत्यावश्यक सामग्री जलेकाले थोरै संख्यामा नयाँ सामग्रीहरु पनि ल्याइँदै गरेको देखिथ्यो । त्यसो त आइतबारबाट कार्यालयमै उपस्थित भएर काम गर्ने भनिएकाले व्यवस्थापनको काम शनिबारबाटै थालिएको थियो । आइतबार पनि सबैजना बिहान ७ः०० बजेबाटै यो काममा जुटेका थिए । तर प्रणाली मिलाउने, पुरानो कार्यकक्ष साटफेर गर्नुपर्ने, फाइलहरु छानविन गर्ने, नयाँ सामान थप्नेलगायत धेरै काम भएकाले नभ्याएको कर्मचारीहरु बताउँदै थिए । आइतबार तत्काल श्रम स्वीकृति लिनुपर्नेजस्ता अत्यावश्यक कामहरु भने भए । आज (सोमबार)बाट पूर्णरुपमा काम थाल्ने विभागले जानकारी दिएको छ ।

आगलागी भएको भवनमा रहेका लेखा, निर्देशक तथा महानिर्देशकको कार्यकक्ष, सहायता कक्ष, अनुगमनजस्ता शाखाहरु पूर्णरुपमा जलेका छन् । संस्था शाखा, सर्भर र प्रहरी शाखा भने पछाडिपट्टी भएकाले आगोले भेटेको छैन । राहत तथा उद्धार शाखामा तोडफोड र आगजनी भए पनि पूर्ण क्षति भएको छैन । यद्यपि, उक्त भवनमा बसेर काम गर्न सक्ने अवस्था नभएको विभागका विभागका सूचना अधिकारी टीकाराम ढकालले बताए । उनका अनुसार अब सबै कर्मचारी श्रम स्वीकृति प्रदान गर्ने माथिल्लो भवनमा अटाएर काम गर्ने छन् । मुलुकभर परेको विपत्तिलाई मध्यनजर गर्दै कर्मचारीहरु पनि जसरी हुन्छ काम नियमित गर्न तयार रहेको ढकालले बताए । विभागका कतिपय काम भने सुरुबाटै गर्नुपर्ने अवस्था रहेको उनी बताउँछन् । ‘कतिपय काम सुरुबाटै गर्नुपर्ने देखिन्छ । जस्तो, कर्मचारीहरुका ल्यापटप, कम्प्युटर जलेपछि व्यक्तिगत फाइलहरु नष्ट भएका छन् । त्यस्तै, कालीमाटी प्रहरी चौकीबाट सबै थुनुवा भागेका छन् । उनीहरु नभएपछि नयाँबाट काम थाल्नुपर्ने भएको छ,’ ढकालले भने, ‘दर्ता चलानीको काम पनि नयाँबाटै सुरु गर्नुपर्ने हुन्छ । मुद्दा, राहत, उद्धार र श्रम स्वीकृतिका फाइलहरु भने सुरक्षित भएको हुँदा जहाँबाट काम छोडेका छौं त्यहीँबाट काम अघि बढाउनसक्ने अवस्था छ ।’ अत्यन्तै महत्‍वपूर्ण रहेको म्यानपावर व्यवसायीले राखेको धरौटीको हिसाबकिताब राख्ने खाता पनि पूरै जलेको सूचना अधिकारी ढकालले बताए । साथै, लेखाका अडिट हुन बाँकी रहेका कागजातहरु, बिल भर्पाइ, भौचरलगायत पनि जलेर नष्ट भएको जनाइएको छ । अब के–कसरी काम अघि बढाउने भनेर श्रम मन्त्रालयलाई पनि पत्र लेख्ने उनले बताए ।

Hardik health

विभागले वैदेशिक रोजगारसम्बन्धी कसुर गरेर जेलबाट भागेका थुनुवाहरु आफैं सम्पर्कमा नआए विभागसँग पक्राउ पुर्जी भएकाले पुनः पक्राउ गरी अनुसन्धान अघि बढाउने बताएको छ । आगलागीबाट विभागमा कति क्षति पुग्यो भन्ने विषयमा वडा कार्यालय र प्रहरीलाई पत्र पठाएर मुचुल्का उठाउन आग्रह गरिसकेको जानकारी दिइएको छ ।

यसरी जलाइयो विभाग
मंगलबार अर्थात् भदौ २४ गते विभागमा कर्मचारीहरु थिएनन्, छ जना सुरक्षा गार्डहरु भने थिए । दिनभरि विभिन्न सरकारी कार्यालय जलाइएका खबर उनीहरु पनि हेर्दै थिए । करिब ४ः१५ बजेतिर चार-पाँच जना आएर विभागको अघिल्लो भागमा आगजनी गरेर गए । त्यसको केही बेरमा अर्को समूह आएर थप आगजनी तथा तोडफोड गर्‍यो । 

‘सुरुमा चार-पाँच जना आएर त्यो झ्याल भएपट्टि आगो लगाए । एकछिनमा फेरि आए । पछि आएका धेरै थिए । जलाउनपर्छ जलाउनपर्छ-जलाउनपर्छ भन्दै आएका थिए । नाराबाजीचाहिँ भएको थिएन,’ एक सुरक्षा गार्डले भने, ‘सानो-सानो फायर एक्सटिन्गुइसरहरु थियो । त्यसले छुँदै छोएन । पछि राति पानी हालेर अलिअलि निभाइयो । भोलिपल्टसम्म बलिरहेको थियो । बिहीबारसम्मै आगो थियो छेउपट्टी त । दराजभित्रैबाट सल्किरहेको रहेछ ।’

त्रासमा व्यवसायी
मुलुकमा बेलाबेला हुने तोडफोडका गतिविधिले रोजगारदातामा नराम्रो छाप छोड्ने व्यवसायीले बताएका छन् । पछिल्लो घटनाले व्यवसायीलाई त्रासमा पारेको वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका अध्यक्ष धनलाल जैसीले बताए । ‘यो आन्दोलनपछि विदेशस्थित कम्पनीहरुले पनि नेपालबाट कामदार लग्दा नेपालीहरु यतिसम्म मूर्खता पनि अपनाउन सक्छन्, जनधनको क्षति पनि हुनसक्छ भनेर डराउनसक्ने अवस्था रह्यो । 

अर्कोतर्फ जो विदेश जान भनेर काठमाडांैसम्म आइसकेको अवस्था छ, त्यसबाट उहाँहरुलाई आर्थिक भार परेको छ,’ जैसीले भने । भनेको समयमा कामदार पठाउन नसक्दा कम्पनीलाई धेरै ठूलो नोक्सानी हुने भएकाले नेपालीहरु लैजानका लागि विदेशस्थित कम्पनीहरुले पनि सोच्नुपर्ने अवस्था रहेको अध्यक्ष जैसीले बताए ।
 


प्रकाशित मिति: सोमबार, भदौ ३०, २०८२  १०:२७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP