काठमाडौं- नेपाली बजारमा सुनको सामान्य अंकले घटेको छ । आईतबार सार्वजनिक गरेको मूल्यसूची अनुसार छापावाल सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।
सोही सुन प्रति १० ग्रामकै १ लाख ८४ हजार ४१५ रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलामा २ लाख १५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।
यस्तै चाँदीको मूल्य भने बढेको छ । शुक्रबार तोलामा २ हजार ५६५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आईतबार बढेर तोलामा २ हजार ५७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।