Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै 
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २९, २०८२

काठमाडौं- दक्षिण कोरियाली सरकारले विदेशी श्रमिकहरूलाई तलब सुविधा र सेवा निवृत्ति हुँदा दिइने भुक्तानी नदिने अवस्थाबाट जोगाउन आप्रवासन नियन्त्रण कानुनमा सुधार गर्ने भएको छ । यो कानुनले कोरियामा मानवअधिकारको संरक्षणलाई मजबुत बनाउनका लागि सघाउने जनाइएको छ । गैरकानुनीरुपमा बसोबास गरिरहेका श्रमिकहरुलाई पनि यो सुविधाबाट वञ्चित नगरिने कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँको न्याय मन्त्रालयले ज्याला ठगीको पीडित बनेका विदेशी कामदारहरूका लागि एक विधेयक तयार गर्दै गरेको अधिकारीहरुले जानकारी दिएका छन् । जसको अनुच्छेद ८४ मा म्याद समाप्त भएर पनि बसोबास गरिरहेका आप्रवासीहरूको बारेमा सरकारी अधिकारीहरुले आप्रवासन अधिकारीलाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । अवैधानिकरुपमा बसिरहेका श्रमिकहरु निष्कासनमा पर्ने त्रासले तलब नपाएको, श्रमअधिकारको उल्लंघन भएको जस्ता उजुरीहरु गर्न हिचकिचाउने गरेको जनाइएको छ । यसले श्रम दुरुपयोगका घटनाहरुलाई उजागर गर्न मद्दत पुग्ने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । कोरियाली सञ्चारमाध्यमका अनुसार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विदेशी श्रमिकको सुरक्षा सुदृढ गर्न यो संशोधनले सघाउने उल्लेख गरिएको जनाइएको छ । यो संशोधनको समीक्षा गर्न सार्वजनिक सूचना निकाल्ने तथा सम्बन्धित एजेन्सीहरूसँग सेप्टेम्बर र अक्टोबरको बीचमा परामर्श गर्ने योजना रहेको बताइएको छ । त्यसपछि यसै वर्षभित्र घोषणा गर्ने र कार्यान्वयनमा लग्ने लक्ष्य राखिएको छ ।

उक्त समीक्षाले हाल निष्कासनको सूचीमा रहेका व्यक्तिहरुकोसमेत सुरक्षा गर्ने अपेक्षा गरिएको छ । बन्दै गरेको नयाँ नियमअनुसार यदि श्रमिकहरुलाई उनीहरुको तलब र अन्य हिसाब नमिलाई फर्काउन लागिएको भेटिए स्थानीय आप्रवासन अधिकारीहरुले उनीहरुको निष्कासन तत्कालका लागि रोक्नपर्ने छ । जसकारण ती श्रमिकहरुले क्षतिपूर्ति दाबी गर्न पाउने छन् ।यसबाहेक मन्त्रालयले उक्त समीक्षामा रोजगारदाताहरुमाथि कडा प्रावधान लागू गर्ने तयारी गरेको छ । रोजगारदाताले विदेशी श्रमिकको ज्याला भुक्तानी नगरेको पाइए श्रमिकहरुलाई आफ्नो कम्पनीमा बोलाउन या नयाँ भर्ना प्रक्रियामा सामेल हुन प्रतिबन्ध लगाइने जनाइएको छ । कामदारहरुलाई देश निकाला भइने भयबाट टाढा राख्दै श्रमअधिकार उल्लंघनको उजुरी दिन प्रोत्साहित गर्ने आशा गरिएको छ । कोरियाको ग्रामीण क्षेत्रमा लगातार श्रमिक अभाव भएको बताइन्छ । उक्त अवस्थामा कानुनी र गैरकानुनी दुवै अवस्थामा भएका श्रमिकहरुले कृषि तथा पशुपालन, निर्माण र उत्पादनजस्ता उद्योगहरूमा महत्‍वपूर्ण भूमिका खेलेको बताइएको छ ।

Hardik health

यो योजना वा संशोधन विदेशी श्रमिकहरूको श्रमअधिकार सुदृढ गर्ने राष्ट्रपति ली जे म्युङ प्रशासनको व्यापक प्रयासको हिस्सा रहेको भनिएको छ । यसै महिनाको प्रारम्भमा सचिवहरूसँगको बैठकका क्रममा राष्ट्रपति लीले विदेशी श्रमिकसँग सम्बन्धित अन्यायपूर्ण व्यवहार र ज्याला भुक्तानीको सत्यतथ्य छानविन गर्न प्रभावकारी अनुसन्धानका लागि निर्देशन दिएका थिए ।  अर्थतन्त्रको शक्तिकेन्द्रबाट सांस्कृतिक राष्ट्रका रुपमा विकास भएको स्थितिमा कोरियामा काम गर्ने विदेशीहरूले अन्यायपूर्ण व्यवहारको सामना गर्नु हुँदैन भन्ने कुरामा लीले जोड दिएको बुझिएको छ । श्रमिकहरुका लागि सहायताका उपायहरु खोज्दै ठोस योजनाहरू तयार गर्न र पेस गर्न सम्बन्धित निकायहरूलाई आदेश दिएको उनका प्रवक्ता काङ यु–जुङले जानकारी दिएका छन् ।

यही सेप्टेम्बर ४ मा कोरियाको राष्ट्रिय मानवअधिकार आयोगले मन्त्रालयको कानुन बनाउने प्रयासलाई स्वागत गरेको छ । मानवअधिकारको संरक्षणका लागि यो एक सकारात्मक कदम भएको आयोगले प्रतिक्रिया दिएको थियो ।
 


प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP