Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै 
कोरियामा गैरकानुनीरुपमा रहेका विदेशी कामदारको श्रमअधिकार सुनिश्चित गरिँदै 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २९, २०८२

काठमाडौं- दक्षिण कोरियाली सरकारले विदेशी श्रमिकहरूलाई तलब सुविधा र सेवा निवृत्ति हुँदा दिइने भुक्तानी नदिने अवस्थाबाट जोगाउन आप्रवासन नियन्त्रण कानुनमा सुधार गर्ने भएको छ । यो कानुनले कोरियामा मानवअधिकारको संरक्षणलाई मजबुत बनाउनका लागि सघाउने जनाइएको छ । गैरकानुनीरुपमा बसोबास गरिरहेका श्रमिकहरुलाई पनि यो सुविधाबाट वञ्चित नगरिने कोरियाली सञ्चारमाध्यमले जनाएका छन् ।

त्यहाँको न्याय मन्त्रालयले ज्याला ठगीको पीडित बनेका विदेशी कामदारहरूका लागि एक विधेयक तयार गर्दै गरेको अधिकारीहरुले जानकारी दिएका छन् । जसको अनुच्छेद ८४ मा म्याद समाप्त भएर पनि बसोबास गरिरहेका आप्रवासीहरूको बारेमा सरकारी अधिकारीहरुले आप्रवासन अधिकारीलाई सूचना दिनुपर्ने व्यवस्था गरिएको छ । अवैधानिकरुपमा बसिरहेका श्रमिकहरु निष्कासनमा पर्ने त्रासले तलब नपाएको, श्रमअधिकारको उल्लंघन भएको जस्ता उजुरीहरु गर्न हिचकिचाउने गरेको जनाइएको छ । यसले श्रम दुरुपयोगका घटनाहरुलाई उजागर गर्न मद्दत पुग्ने मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । कोरियाली सञ्चारमाध्यमका अनुसार मन्त्रालयले जारी गरेको विज्ञप्तिमा विदेशी श्रमिकको सुरक्षा सुदृढ गर्न यो संशोधनले सघाउने उल्लेख गरिएको जनाइएको छ । यो संशोधनको समीक्षा गर्न सार्वजनिक सूचना निकाल्ने तथा सम्बन्धित एजेन्सीहरूसँग सेप्टेम्बर र अक्टोबरको बीचमा परामर्श गर्ने योजना रहेको बताइएको छ । त्यसपछि यसै वर्षभित्र घोषणा गर्ने र कार्यान्वयनमा लग्ने लक्ष्य राखिएको छ ।

उक्त समीक्षाले हाल निष्कासनको सूचीमा रहेका व्यक्तिहरुकोसमेत सुरक्षा गर्ने अपेक्षा गरिएको छ । बन्दै गरेको नयाँ नियमअनुसार यदि श्रमिकहरुलाई उनीहरुको तलब र अन्य हिसाब नमिलाई फर्काउन लागिएको भेटिए स्थानीय आप्रवासन अधिकारीहरुले उनीहरुको निष्कासन तत्कालका लागि रोक्नपर्ने छ । जसकारण ती श्रमिकहरुले क्षतिपूर्ति दाबी गर्न पाउने छन् ।यसबाहेक मन्त्रालयले उक्त समीक्षामा रोजगारदाताहरुमाथि कडा प्रावधान लागू गर्ने तयारी गरेको छ । रोजगारदाताले विदेशी श्रमिकको ज्याला भुक्तानी नगरेको पाइए श्रमिकहरुलाई आफ्नो कम्पनीमा बोलाउन या नयाँ भर्ना प्रक्रियामा सामेल हुन प्रतिबन्ध लगाइने जनाइएको छ । कामदारहरुलाई देश निकाला भइने भयबाट टाढा राख्दै श्रमअधिकार उल्लंघनको उजुरी दिन प्रोत्साहित गर्ने आशा गरिएको छ । कोरियाको ग्रामीण क्षेत्रमा लगातार श्रमिक अभाव भएको बताइन्छ । उक्त अवस्थामा कानुनी र गैरकानुनी दुवै अवस्थामा भएका श्रमिकहरुले कृषि तथा पशुपालन, निर्माण र उत्पादनजस्ता उद्योगहरूमा महत्‍वपूर्ण भूमिका खेलेको बताइएको छ ।

Hardik health

यो योजना वा संशोधन विदेशी श्रमिकहरूको श्रमअधिकार सुदृढ गर्ने राष्ट्रपति ली जे म्युङ प्रशासनको व्यापक प्रयासको हिस्सा रहेको भनिएको छ । यसै महिनाको प्रारम्भमा सचिवहरूसँगको बैठकका क्रममा राष्ट्रपति लीले विदेशी श्रमिकसँग सम्बन्धित अन्यायपूर्ण व्यवहार र ज्याला भुक्तानीको सत्यतथ्य छानविन गर्न प्रभावकारी अनुसन्धानका लागि निर्देशन दिएका थिए ।  अर्थतन्त्रको शक्तिकेन्द्रबाट सांस्कृतिक राष्ट्रका रुपमा विकास भएको स्थितिमा कोरियामा काम गर्ने विदेशीहरूले अन्यायपूर्ण व्यवहारको सामना गर्नु हुँदैन भन्ने कुरामा लीले जोड दिएको बुझिएको छ । श्रमिकहरुका लागि सहायताका उपायहरु खोज्दै ठोस योजनाहरू तयार गर्न र पेस गर्न सम्बन्धित निकायहरूलाई आदेश दिएको उनका प्रवक्ता काङ यु–जुङले जानकारी दिएका छन् ।

यही सेप्टेम्बर ४ मा कोरियाको राष्ट्रिय मानवअधिकार आयोगले मन्त्रालयको कानुन बनाउने प्रयासलाई स्वागत गरेको छ । मानवअधिकारको संरक्षणका लागि यो एक सकारात्मक कदम भएको आयोगले प्रतिक्रिया दिएको थियो ।
 


प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२  १०:२५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP