Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन
साउदीको सेन्दान इन्टरनेसनलमा कार्यरत श्रमिक आठ महिनादेखि तलबविहीन
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २६, २०८२

काठमाडौं-  साउदी अरेबियाको निर्माण र आपूर्ति कम्पनी सेन्दान इन्टरनेसनलले सयौं आप्रवासी श्रमिकले आठ महिनादेखि तलब नदिएको खुलेको छ । मानवअधिकार वाचले बुधबार सार्वजनिक गरेको अध्ययनअनुसार नेपाल, भारत र बंगलादेशका कामदारले तलब नपाएका हुन् । उक्त कम्पनीमा सरकारी तेल कम्पनी अरामको परियोजनामा काम गर्ने कामदारहरु रहेका जनाइएको छ ।

कामदारहरु मसिक तलब नआउने, कागजातविहीन हुनुपर्ने र आफ्नै खर्चमा घर फर्कनबाहेक विकल्प नभएर पाउने सुविधाहरू छोडेर हिँड्न बाध्य भएको वाचले जनाएको छ । साउदी अरेबियामा २०३४ मा हुने फिफा विश्‍वकपअन्तर्गत ११ वटा नयाँ रंगशालाहरु निर्माण हुँदै छन् । विशाल परियोजनाहरु तयार हुँदै गर्दा यी दुव्र्यवहारका घटना आएका हुन् । अरामको फिफाको प्रमुख विश्वव्यापी साझेदार हो । मध्यपूर्वका मानवअधिकार उपनिर्देशक माइकल पेजले साउदी अरबमा आप्रवासी श्रमिकहरूका लागि प्रभावकारी सुरक्षा नहुँदासम्म फिफा र अन्य कम्पनीहरूमाथि साउदीमा श्रम शोषण गरेको दाग लाग्ने चेतावनी दिएका छन् ।

गत जुन र अगस्टमा वाचले उक्त तीन देशका १४ आप्रवासी श्रमिकसँग कुरा गर्दा आठ महिनासम्म तलब नपाएका कारण मार्चमा काम गर्न रोकेको बताएका थिए । नेपाल र भारतका मिडियाका रिपोर्टहरूका आधारमा कम्तीमा ८५० श्रमिकले महिनौं तलब नपाएका बुझिएको वाचको ठहर छ । वास्तविक संख्या अझै बढी हुन सक्ने जनाइएको छ । मिडिया रिपोर्टहरूले सेन्दानले डिसेम्बर २०२४ मा काम रोकेको देखाए पनि अन्तरवार्ता गरिएका श्रमिकहरूले भने मार्च २०२५ सम्म काम जारी राखेको बताएका छन् । सेन्दानले वाचले पठाएको पत्रको पनि कुनै जवाफ नदिएको बताइएको छ । सेन्दानले काम रोकेको अवस्थामा श्रमिकहरुको पारिश्रमिक तथा अन्य क्षतिपूर्ति उपलब्ध गराउने जिम्मा अरामकोको हुने भए पनि अरामको यस विषयमा केही नबोेलेको जनाइएको छ । वाचले साउदी अरबको मानव संसाधन र सामाजिक विकास मन्त्रालयलाई पत्र लेखेपछि मन्त्रालयले समस्याको पहिचान गरेको र कम्पनी, प्रभावित कामदार र दूतावाससँग समन्वय गरेर उनीहरुको बाँकी रकम फिर्ता गर्ने जनाइए पनि कति जनाले तलब पाए भन्ने वाचको पत्रको कुनै प्रतिक्रिया नदिइएको जनाइएको छ ।  त्यहाँको सरकारी बिमा कम्पनी अल–इत्याहदले यस्ता श्रमिकहरुलाई क्षतिपूर्ति दिँदै आएको छ । यद्यपि, प्रभावित कामदारहरूको धेरैले दाबीदर्ता नगरेको जनाइएको छ । साथै, अल–इत्याहदले पनि क्षतिपूर्तिको प्रक्रियाबारेमा सोधिएको प्रश्नमा जवाफ नदिएको वाचले उल्लेख गरेको छ ।

Hardik health

वाचले कामदारहरुसँग गरिएको कुराकानीअनुसार कम्पनीले दिएको खाना खानै नसकिने र अपर्याप्त थियो । एक नेपाली कामदारले भात र दालमात्र दिने गरेको बताएका छन् । उनले आफूहरुसँग दाँत माझ्ने मञ्जन र नुहाउन स्याम्पुसमेत नभएको वाचसँग बताएका छन् । कामदारहरुले स्वदेशमा आफ्ना परिवारले जाँदा लागेको ऋण तिर्न संघर्ष गरिरहेको पीडा पोखेका छन् । कुराकानीका क्रममा भारतीय श्रमिकले आफूलाई घरबाट पैसा पठाइरहेको बताएका थिए ।  केही श्रमिकहरूले आफू समातिने त्रास हुँदाहुँदै पनि विरोध जनाउँदै सामाजिक मिडियामार्फत बोलेको रिपोर्टमा भनिएको छ । विरोध नगरेका श्रमिकहरु जोखिम मोल्दै अनुमतिविनै अर्को कम्पनीका काम गर्न गएका छन् । यदि उनीहरु पक्राउ परे फर्काइने डर हुन्छ । वाचले आप्रवासी श्रमिकहरुको ज्याला ठगी साउदीको प्रमुख समस्याको रुपमा रहेको जनाएको छ । पीडितहरूले प्रायः कानुनअनुसारको पाउनपर्ने ज्याला नतिर्ने गरेको ररकम प्राप्त गर्न पनि लामो समय लाग्ने गरेको जनाएको छ । साउदी अरबले अक्टोबर २०२४ मा व्यक्तिगत प्रतिष्ठानका आप्रवासी कामदारहरूका लागि तलब बिमा सेवाको सुरुआत गरे पनि यो प्रभावहीन भएको वाचको ठहर छ । यसमा कामदारहरूले कम्तीमा छ महिना तलब नपाएको खण्डमा र ८० प्रतिशत कामदार पनि त्यस्तै समस्यामा भएको अवस्थामामात्रै दावी पेस गर्न सक्छन् । अधिकांश ज्याला ठगीका घटनालाई यो प्रावधनले सम्बोधन नगर्ने जनाइएको छ ।

गत अगस्टमा ११ श्रमिकमध्ये आठ जनाले स्वदेश फर्काइने डरले बिमा सेवाका लागि आवेदन दिएका थिएनन् । दाबी पेस गर्ने तीन जना श्रमिकले अझै प्रतिक्रिया पर्खिरहेको जनाइएको छ । विरोध गर्न सहास गर्नेहरुको अवस्था त यस्तो छ भने विरोध गर्ने आँट नगर्नेहरुले यो भन्दा खराब दुव्र्यवहारको सामना गरिरहेको उपनिर्देशक पेजले बताएका छन् । 
 

 


प्रकाशित मिति: बिहीबार, भदौ २६, २०८२  १०:१०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP