Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #छठ
  • #‘जेरी अन टप’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा
इजरायलमा रोजगारी दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २४, २०८२

काठमाडौं– इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर)मा दोस्रो लटको प्रक्रिया अघि बढाउन थालेसँगै पहिलो लटमा छुटेका ३३ जना आक्रोशित भएका छन् । उनीहरुले विभिन्न सामाजिक सञ्जाललगायत फोन गरेर समेत अनावश्यक आशंका व्यक्त गर्न थालेकाले उनीहरुलाई पनि लग्नेमा ढुक्क हुन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विभागले चलखेल गरेर आफूहरुलाई लग्न नखोजेको जस्ता आरोप लगाइएपछि लग्न भनेर छनोट गरिसकेपछि करार सम्झौता आउने भएकाले नआत्तिन विभागका जिटुजी शाखाका निर्देशक गिरिराज ज्ञवालीले आग्रह गरे ।केयर गिभरमा जानका लागि पहिलो चरणमा लागि ९१९ जना छानिएका थिए । उक्त समूहका ३३ जनाको करार सम्झौता आउन बाँकी भएकै अवस्थामा दोस्रो लटमा रहेकाहरुको स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरणलगायतका प्रक्रिया थालिएकाले उनीहरु जान नपाइने हो कि भन्दै सशंकित भएका छन् ।

समय लागे पनि काम हुने कुरामा ढुक्क हुन निर्देशक ज्ञवालीको आग्रह छ । ‘यो सतप्रतिशत फेयर हुने रिक्र्युटमेन्ट हो । यसमा एक जना मान्छे अगाडिको पछाडि, पछाडिको अगाडि पनि गर्न पाइँदैन । इजरायलको नियम पालना गरेन भने रिजेक्ट गर्दिइहाल्छ,’ उनले भने, ‘यो नेपाल हो । पछाडिको मान्छेलाई लान्छ होला भन्ने शंका भयो । तर त्यस्तो होइन । उताबाट लग्छु भनेरै रोस्टरमा नाम राखेको हो । उहाँहरु जसरी पनि जानचाहिँ जानुहुन्छ ।’

Hardik health

आफूहरुले दूतावास र त्यहाँको ‘पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरिटी’ (पिवा) मा पनि सम्पर्क गर्दा प्राविधिक समस्याका भएकाले करार भने आउने जानकारी गराएको उनले बताए ।रोजगारदाताले यस्तो मान्छे चाहियो भनेपछि पिवाले सम्बन्धित व्यक्तिको २५ पानाको करारपत्र रोजगारदातालाई पठाउँछ । उक्त करारपत्रमा हस्ताक्षर गरेपछि रोजगारदाताले करारपत्रलाई पुनः पिवामा पठाउनुपर्ने प्रावधान छ ।

उक्त पत्र रोजगारदाताकोमा पुगिसके पनि पिवामा फिर्ता नआएको जानकारी दिइएको छ । कहिलेकाहीँ समय अभावले जान नभ्याएर या टाढा भएर फिर्ता पुर्याउन नभ्याएको हुनसक्ने शाखाको भनाइ छ ।शाखाका अनुसार पहिलो लटका ९१० जनामध्ये ८१० जना इजरायल गइसकेका छन् । ६० जनाको भिसा लागिसकेकाले अबको १०–११ दिनभित्र उडान हुने जानकारी दिइएको छ । बाँकीको भने करार आइसकेको विभागको भनाइ छ ।

हाल दोस्रो समूहमा रहेकाहरुको जाने प्रक्रिया सुरु भएको छ । दोस्रो समूहमा एक हजार ११२ जना छनोट भएका थिए । उनीहरुमध्ये ३४० जनाको स्वास्थ्य परीक्षण गरिएकोमा २१ जना परीक्षणमा असफल भएका छन् ।हाल इजरायलमा जिटुजीमार्फत केयर गिभरमा मात्र श्रमिक जान पाउँछन् । यसबाहेक निर्माण क्षेत्र, कृषि, होम केयर गिभरलगायतमा पनि श्रमिक आवश्यक रहेको इजरायल जानेहरुले बताउँदै आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्य क्षेत्रमा पनि श्रमिक पठाउन निर्देशिकाहरु बनाइरहेको जानकारी दिएको छ । 

इजरायलले बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएकाहरुको स्याहारका लागि नेपालबाट केयर गिभर लग्दै आएको छ । राम्रो सेवा सुविधा र आकर्षक तलब हुने इजरायलको केयर गिभरमा तुलनात्मकरुपमा बढी महिला श्रमिकले अवसर पाउँछन् । गत आर्थिक वर्ष २०८१÷८२ मा जिटुजी प्रणालीमार्फत ६३९ जना इजरायल गएका थिए । त्यसैगरी, संस्थागत माध्यमबाट १४९ र पुनः श्रम स्वीकृति लिएर ५५४ जना गरी एक हजार ३४२ जना गएको तथ्यांक छ । जसमध्ये ८१६ जना महिला र ५२६ जना पुरुष रहेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:१९
#इजरायल_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मानसिक समस्याको जोखिममा आप्रवासी श्रमिक
मानसिक समस्याको जोखिममा आप्रवासी श्रमिक आइतबार, कात्तिक ९, २०८२
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली सोमबार, कात्तिक ३, २०८२
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह आइतबार, कात्तिक २, २०८२
तिहारमा परदेशीको पीडाः मोबाइल हेरेर चित्त बुझाउनुपर्छ 
तिहारमा परदेशीको पीडाः मोबाइल हेरेर चित्त बुझाउनुपर्छ  आइतबार, कात्तिक २, २०८२
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित शुक्रबार, असोज ३१, २०८२
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’ बिहीबार, असोज ३०, २०८२
ओमानमा घरेलु कामदारका लागि नयाँ नियम
ओमानमा घरेलु कामदारका लागि नयाँ नियम बुधबार, असोज २९, २०८२
लोकप्रिय
  • Week
  • Month
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP