Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा
इजरायलमा रोजगारी दोस्रो लटको प्रक्रिया सुरु हुँदा पहिलो लटका ३३ जना करारको प्रतीक्षामा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ २४, २०८२

काठमाडौं– इजरायलको दीर्घकालीन स्याहार केन्द्र (केयर गिभर)मा दोस्रो लटको प्रक्रिया अघि बढाउन थालेसँगै पहिलो लटमा छुटेका ३३ जना आक्रोशित भएका छन् । उनीहरुले विभिन्न सामाजिक सञ्जाललगायत फोन गरेर समेत अनावश्यक आशंका व्यक्त गर्न थालेकाले उनीहरुलाई पनि लग्नेमा ढुक्क हुन वैदेशिक रोजगार विभागले आग्रह गरेको छ ।

विभागले चलखेल गरेर आफूहरुलाई लग्न नखोजेको जस्ता आरोप लगाइएपछि लग्न भनेर छनोट गरिसकेपछि करार सम्झौता आउने भएकाले नआत्तिन विभागका जिटुजी शाखाका निर्देशक गिरिराज ज्ञवालीले आग्रह गरे ।केयर गिभरमा जानका लागि पहिलो चरणमा लागि ९१९ जना छानिएका थिए । उक्त समूहका ३३ जनाको करार सम्झौता आउन बाँकी भएकै अवस्थामा दोस्रो लटमा रहेकाहरुको स्वास्थ्य परीक्षण, पूर्वप्रस्थान अभिमुखीकरणलगायतका प्रक्रिया थालिएकाले उनीहरु जान नपाइने हो कि भन्दै सशंकित भएका छन् ।

समय लागे पनि काम हुने कुरामा ढुक्क हुन निर्देशक ज्ञवालीको आग्रह छ । ‘यो सतप्रतिशत फेयर हुने रिक्र्युटमेन्ट हो । यसमा एक जना मान्छे अगाडिको पछाडि, पछाडिको अगाडि पनि गर्न पाइँदैन । इजरायलको नियम पालना गरेन भने रिजेक्ट गर्दिइहाल्छ,’ उनले भने, ‘यो नेपाल हो । पछाडिको मान्छेलाई लान्छ होला भन्ने शंका भयो । तर त्यस्तो होइन । उताबाट लग्छु भनेरै रोस्टरमा नाम राखेको हो । उहाँहरु जसरी पनि जानचाहिँ जानुहुन्छ ।’

Hardik health

आफूहरुले दूतावास र त्यहाँको ‘पपुलेसन इमिग्रेसन एण्ड बोर्डर अथोरिटी’ (पिवा) मा पनि सम्पर्क गर्दा प्राविधिक समस्याका भएकाले करार भने आउने जानकारी गराएको उनले बताए ।रोजगारदाताले यस्तो मान्छे चाहियो भनेपछि पिवाले सम्बन्धित व्यक्तिको २५ पानाको करारपत्र रोजगारदातालाई पठाउँछ । उक्त करारपत्रमा हस्ताक्षर गरेपछि रोजगारदाताले करारपत्रलाई पुनः पिवामा पठाउनुपर्ने प्रावधान छ ।

उक्त पत्र रोजगारदाताकोमा पुगिसके पनि पिवामा फिर्ता नआएको जानकारी दिइएको छ । कहिलेकाहीँ समय अभावले जान नभ्याएर या टाढा भएर फिर्ता पुर्याउन नभ्याएको हुनसक्ने शाखाको भनाइ छ ।शाखाका अनुसार पहिलो लटका ९१० जनामध्ये ८१० जना इजरायल गइसकेका छन् । ६० जनाको भिसा लागिसकेकाले अबको १०–११ दिनभित्र उडान हुने जानकारी दिइएको छ । बाँकीको भने करार आइसकेको विभागको भनाइ छ ।

हाल दोस्रो समूहमा रहेकाहरुको जाने प्रक्रिया सुरु भएको छ । दोस्रो समूहमा एक हजार ११२ जना छनोट भएका थिए । उनीहरुमध्ये ३४० जनाको स्वास्थ्य परीक्षण गरिएकोमा २१ जना परीक्षणमा असफल भएका छन् ।हाल इजरायलमा जिटुजीमार्फत केयर गिभरमा मात्र श्रमिक जान पाउँछन् । यसबाहेक निर्माण क्षेत्र, कृषि, होम केयर गिभरलगायतमा पनि श्रमिक आवश्यक रहेको इजरायल जानेहरुले बताउँदै आएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अन्य क्षेत्रमा पनि श्रमिक पठाउन निर्देशिकाहरु बनाइरहेको जानकारी दिएको छ । 

इजरायलले बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएकाहरुको स्याहारका लागि नेपालबाट केयर गिभर लग्दै आएको छ । राम्रो सेवा सुविधा र आकर्षक तलब हुने इजरायलको केयर गिभरमा तुलनात्मकरुपमा बढी महिला श्रमिकले अवसर पाउँछन् । गत आर्थिक वर्ष २०८१÷८२ मा जिटुजी प्रणालीमार्फत ६३९ जना इजरायल गएका थिए । त्यसैगरी, संस्थागत माध्यमबाट १४९ र पुनः श्रम स्वीकृति लिएर ५५४ जना गरी एक हजार ३४२ जना गएको तथ्यांक छ । जसमध्ये ८१६ जना महिला र ५२६ जना पुरुष रहेका छन् ।
 


प्रकाशित मिति: मंगलबार, भदौ २४, २०८२  ११:१९
#इजरायल_रोजगार
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित
असन्तुष्टपक्षले घोषणा गरेको निर्वाचन अनिश्चित सोमबार, जेठ ११, २०८३
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान
भिसामा रोक लगाएसँगै जापानकोे ‘फुड सर्भिस’ क्षेत्रमा कामदार अभाव हुने अनुमान आइतबार, जेठ १०, २०८३
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र शनिबार, जेठ ९, २०८३
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन
कार्यक्रम र नारा हरेक वर्ष दोहोरिन्छन्, हुँदैन कार्यान्वयन शुक्रबार, जेठ ८, २०८३
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय
खाडी मुलुकमा घरेलु कामदार पठाउनेबारे संसदीय समितिको निर्देशन कुर्दै मन्त्रालय बिहीबार, जेठ ७, २०८३
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव
वैदेशिक रोजगारीका क्षेत्रमा हुने ठगी नियन्त्रण गरिनेछ : श्रममन्त्री यादव बुधबार, जेठ ६, २०८३
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने
 लट्री आउट उम्मेदवारले अब नयाँ विज्ञापन कुर्नुपर्ने, इजरायलले तत्काल लैजान नसकिने बुधबार, जेठ ६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP