Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • निजामती दिवसको सान्दर्भिकता
निजामती दिवसको सान्दर्भिकता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २२, २०८२

 

कर्मचारीतन्त्रका जे जति अवगुण भए पनि यसको पूर्ण विकल्प भने देखिँदैन । यसैले कर्मचारीतन्त्रलाई जनउत्तरदायी, परिणाममुखी र सक्षम सेवाको रुपमा बदल्न सक्नुपर्दछ । कर्मचारीले जनप्रतिनिधिको निर्णयलाई अवज्ञा गर्न मिल्दैन । पछिल्लो समय संसद्ले गरेका निर्णयहरुमा उच्चपदस्थ कर्मचारीहरुको असन्तुष्टि भन्ने कुराले छवि धमिल्याएको छ । जनप्रतिनिधि पनि कर्मचारीको इशारामा चल्नु हुँदैन । 

निजामती सेवा दिवस २०६१ सालदेखि हरेक वर्ष मनाउने गरिँदै आएको छ । यस्ता दिवसहरुको आफ्नै महत्‍व हुन्छ । खासगरी सेवामा भएका राम्रा पक्षहरुप्रति गौरव गर्न, अग्रजहरुप्रति कृतज्ञता गर्न र त्यसबाट शिक्षा लिएर भविष्यको मार्गदर्शनका लागि दिवस मनाउने गरिन्छ ।

वि.सं. २०१३ मा प्रधानमन्त्री टंकप्रसाद आचार्यले निजामती सेवा ऐन जारी गरेपछि नेपालमा निजामती सेवा औपचारिकरुपमा थालनी भएको हो भने २०१६ सालमा प्रधानमन्त्री बिपी कोइरालाले यसलाई आधुनिकीकरण र व्यवस्थित बनाएका थिए । निजामती सेवा ऐन जारी भएको चार महिनामै पुसमा निजामती सेवा नियमावली जारी भएको थियो । यसले विस्तारै भर्ना र बढुवामा पब्लिक सर्भिस कमिसनलाई सरिक गराउन थालिएको देखिन्छ । निजामती सेवाले आफ्नो गौरवका कुरा के भयो, सात दशकमा केही गर्व गर्न लायक कामहरु भएका छन्, तिनको समीक्षा गर्ने अवसर पनि दिवसले प्रदान गर्छ ।

Hardik health

सामाजिक र राजनीतिक संस्था निस्क्रिय हुँदा निजामती सेवाले धान्ने गर्दै आएको छ । कर्मचारीतन्त्रले हरेक राजनीतिक परिवर्तनको पछाडि आएका संक्रमणकालीन अवस्थाको व्यवस्थापन गर्दै आएको छ । त्यतिमात्र होइन, सशस्त्र द्वन्द्वको बेला सुरक्षाकर्मीसमेत जान नसकेको ठाउँमा निजामती सेवाले मात्र सरकारी उपस्थिति देखाउन सकेको थियो । जनतालाई सेवा दिने क्रममा थुप्रै असैनिक दर्जाका कर्मचारीको ज्यान पनि गयो । समयमा स्थानीय निर्वाचन नहुँदा कर्मचारीले जनप्रतिनिधिका कामसमेत गर्नु परेको थियो ।  कर्मचारीलाई अनिर्वाचित सिनेटको रुपमा लिने गरिन्छ । राज्यका तीनवटै अंग कर्मचारीबाट नै सञ्‍चालित हुन्छन् । वास्तवमा कर्मचारीतन्त्र स्थायी सरकार पनि हो । राजनीतिक नेतृत्व जनताबाट आवधिक निर्वाचनमार्फत निश्चित अवधिका लागि आउँछ तर कर्मचारी हजारौंसँग प्रतिस्पर्धा गरी आफूलाई अब्बल सावित गरी वर्षौंसम्म जनतासँग निकट भएर काम गर्दै आएका हुन्छन् । बदलिँदो विश्वपरिवेश, प्रविधिको विकास र राष्ट्रिय आवश्यकताअनुसार कर्मचारीमा नयाँ भूमिका थपिँदै छ । जनप्रतिनिधि र जनताबीचको मध्यवर्ती भूमिका खेल्नुपर्छ । नागरिकका सरकारमा पुर्‍याउने र सरकारका कार्यक्रम जनतासामु पुर्‍याउने माध्यम कर्मचारी हुन् । यी कामहरु गर्न हाम्रो कर्मचारीतन्त्र त्यति सक्षम देखिएन, सबै वर्गबाट आलोचित हुँदै छ ।

कर्मचारीहरुको निष्पक्षता तब प्रदर्शित हुन्छ, जब उनीहरुको आफ्ना काममा स्वच्छता देखिन्छ । राजनीतिक दलबाट दीक्षित हुन थालेपछि यो सम्भव हुँदैन । राजनीतिक नेतृत्व र कर्मचारीतन्त्र सार्वजनिक प्रशासनका दुई पाटा हुन् र तिनीहरु एकअर्काका परिपूरक हुन् । दुवै वर्गले साझेदारको रुपमा काम गर्नुपर्छ । राजनीतिक नेतृत्वले दिएको नीतिलाई कर्मचारीतन्त्रले कार्यान्वयन गर्ने हो । कर्मचारीतन्त्रले राजनीतिक साध्यका लागि साधक हुनुपर्छ । साधन र साध्यबीचको बेमेलले असफलता हात लाग्दछ, यसले देश र जनतालाई फाइदा पुग्दैन । कर्मचारीमा जसरी राजनीति संक्रिमत हुँदै छ, यो बढ्दै जाने हो भने राज्यबाट वितरण हुने सेवाहरु दलीय आग्रह पूर्वाग्रहमा वितरण हुन थाल्ने छन् र यसबाट राज्य संयन्त्रप्रतिको जनताको विश्वास समाप्त हुने छ । सेवा प्रवाहमा अराजनीतिकरण भएमा मात्र कर्मचारीतन्त्रप्रति नागरिकहरुले विश्वास गर्ने छन् ।

कर्मचारीतन्त्रमाथि लागेको आरोप
अहिले कर्मचारीतन्त्रले राजनीतिक परिस्थितीय अवस्थासँग मिल्न सकेन, परिवर्तनलाई आत्मसात् गर्न जानेन भन्ने आरोप लाग्ने गरेको छ । पञ्चायतकालमा राजाहरुले व्यवस्था टिकाउन कर्मचारीतन्त्रलाई उपयोग गरे । एक अर्थमा भन्ने हो भने त्यतिबेला निजामती सेवा शक्तिशाली थियो तर जनताको नजरमा लोकप्रिय थिएन । २०४६ सालपछि कर्मचारीतन्त्रले आफूलाई रुपान्तरित गर्न सक्नुपथ्‍याे, नयाँ मूल्य मान्यता बोक्नुपथ्‍याे, त्यसो हुन सकेन । बरु राजनीतिक दलका भ्रातृ संस्थाका रुपमा कर्मचारी संगठनहरु खुले । यो निजामती सेवाको मूल धर्मविपरीत छ । यसले कर्मचारीको मुख्य धर्म निष्पक्षता, तटस्थताको पालना भएन ।

यो संस्थाले लोकतान्त्रिक मूल्य बोक्न सकेन । जनताको सहभागिता, कानुनको शासनको आधारमा चल्न सकेन भन्ने आरोप लाग्दै आएको छ । गैरउत्तरदायी, अपारदर्शी, औपचारिक र अनौपचारिक प्रक्रियाको जञ्जालभित्र काम गर्न रुचाउने प्रवृत्ति हाबी हुँदै गएको टिप्पणी गरिन्छ । यसले गर्दा अहिले कर्मचारीतन्त्रलाई हेर्ने दृष्टिकोण राम्रो छैन । कामचोर भ्रष्टको रुपमा हेर्ने गर्छन् । यसो हुनुमा कर्मचारीतन्त्रकै कमजोरीलाई लिन सकिन्छ । राजनीतिक र सामाजिक परिवर्तनसँग आत्मसात् गर्न सकेन । पछिल्लो समय कर्मचारीतन्‍त्रमा राजनीति गर्ने सोख र राजनीतिमा विज्ञ सल्लाहकार नियुक्त गरी प्रशासन चलाउने सोख बढेको पाइन्छ । यस्तो अवस्था आउन नदिन कर्मचारीहरुमा नैतिकता र सदचिरित्रताजस्ता गुणहरुलाई हराउन दिनुहुँदैन ।

अब के गर्ने त ?
आलोचना हुनु नराम्रो होइन, दिनहुँ जनतासँग प्रत्यक्ष सम्बन्ध राख्नुपर्ने हुँदा कर्मचारीको भूमिका पुनःप्रशिक्षित गर्नुपर्ने छ । हिजोको जस्तो कर्मचारी एक ठाउँमा मात्र उत्तरदायी रहनसक्ने अवस्था छैन, प्रविधिका कारण अब विभिन्न तहका सरकार, नागरिक समाज, संसद्, जनता र समग्रमा देशप्रति उत्तरदायी हुनुपर्ने देखिन्छ । निजामती कर्मचारीले निष्पक्षरूपमा कानुनअनुसार विधिसम्मत ढंगबाट नभई राजनीति दबाब र प्रभावमा रहेर कार्यसम्पादन गर्नुपर्ने स्थिति छ । त्यसैले, कर्मचारी संयन्त्रले निष्पक्षतापूर्वक काम गर्नसक्ने अवस्था नरहेको देखिन्छ । राज्यको नीति, कार्यक्रम र बजेट कार्यान्वयन गर्ने प्रमुख संयन्त्र भनेको निजामती प्रशासन नै भएकाले परम्परागत निजामती प्रशासनलेमात्र परिणाम दिन सक्दैन । निजामती प्रशासन निष्पक्ष र जनउत्तरदायी हुनु पर्दछ ।

अबका निजामती कर्मचारीले सूचना र प्रविधिलाई उच्चरूपमा प्रयोग गर्दै सेवाग्राहीलाई सहजरूपमा सेवा प्रवाह गर्नुपर्छ । निजामती प्रशासन राजनीतिक दबाब, प्रभाव, भ्रष्टाचार, अनुशासनहीनताबाट टाढा रहनुपर्दछ । प्रविधिमा आएको चमत्कारले धेरैजसो सेवाहरु अब प्रविधिमैत्री भएका छन् । सानो मुलुक इस्टोनियामा ९९ प्रतिशत सेवा डिजिटलाइजेसनमा गएको छ । हामीहरु पनि अब विस्तारै त्यतातिर नगई धरै छैन । पुरानो सोच र कार्यशैलीमा रहेका कर्मचारीहरु आफ्नो भूमिका गौण हुने भयले नयाँ प्रविधिको विपक्षमा हुन सक्छन् । हामी कहाँ पनि लोकसेवा आयोगका परीक्षार्थीहरुले अनलाइनबाटै फाराम भरेका हुन्छन्, एकैपटक उनीहरुसँग देखभेट परीक्षा हलमामात्र हुन्छ । अब सेवा प्रदायक र सेवाग्राहीबीच प्रत्यक्ष सम्पर्क हुँदैन, प्रविधिबाटै सबै काम हुने भएकाले यसमा अभ्यस्त हुन तद्नुरुप दक्ष जनशक्ति हुनु जरुरी छ । झन् अहिले त कृत्रिम बौद्धिकताले धेरै सेवाहरु प्रविधिबाटै हुन सम्भव भएको छ । त्यसैले नेपालको कर्मचारीतन्त्र प्रविधिमैत्री हुनैपर्छ । यसो हुँदा भ्रष्टाचार, ढिलासुस्ती, कुशासन जस्ता आरोपहरु विस्तारै कम हुँदै पनि जान्छ ।

लोकतन्त्रमा नागरिकलाई जोड्ने कर्मचारीतन्त्रले हो । त्यसैले यसले आफ्ना पुरातन मूल्यमान्यतालाई लोकतान्त्रिक मूल्य मान्यताले विस्थापित गर्दै लान जरुरी छ । प्रशासनविद् वाल्डोले भनेजस्तै व्यवस्था र व्यवस्थाका मूल्यमा काम गर्नु यस संस्थाको परम कर्तव्य हो । यसले यसमा प्रभावकारी भूमिका खेल्न सक्यो भने मात्र राज्यको जनतासँगको सामाजिक सम्झौताको नवीकरण हुन सक्दछ । कर्मचारीतन्त्र सरकारको सहयोगीमात्र होइन, राज्यको अवयव पनि हो । कर्मचारीतन्त्रका जे जति अवगुण भए पनि यसको पूर्ण विकल्प भने देखिँदैन । यसैले कर्मचारीतन्त्रलाई जनउत्तरदायी, परिणाममुखी र सक्षम सेवाको रुपमा बदल्न सक्नुपर्दछ । कर्मचारीले जनप्रतिनिधिको निर्णयलाई अवज्ञा गर्न मिल्दैन । पछिल्लो समय संसद्ले गरेका निर्णयहरुमा उच्चपदस्थ कर्मचारीहरुको असन्तुष्टि भन्ने कुराले छवि धमिल्याएको छ । जनप्रतिनिधि पनि कर्मचारीको इशारामा चल्नु हुँदैन ।  कर्मचारीले जनप्रतिनिधि प्रभावित तुल्याई आफ्नो एजेण्डा स्थापित गराउन खोज्नु हुँदैन । निजामती सेवाको तीनवटा भूमिका हुन्छ । त्यो हो सरकारले बनाएका नीतिहरुको कार्यान्वयन गर्नु, राजनीतिज्ञलाई तटस्थ सल्लाह दिनु र अप्ठ्यारो परेको अवस्थामा सरकार सञ्चालन गर्नु । त्यसभन्दा बाहिरको भूमिका खोज्नु हुँदैन । कर्मचारीतन्त्रप्रति विश्वास दिलाउन निजामती सेवा दिवसले प्रेरणा देओस् । 
 


प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  १२:०१
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP