Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बोर्डबाट आर्थिक सहायता लिने बढ्दै
गत आवमा सबैभन्दा बढी १५१७ जना मृतकका परिवारलाई क्षतिपूर्ति बोर्डबाट आर्थिक सहायता लिने बढ्दै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २२, २०८२
पछिल्लो पाँच आर्थिक वर्षमा वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता लिनेको संख्या । स्रोतः वैदेशिक रोजगार बोर्ड

काठमाडौं– वैदेशिक रोजगारीमा मृत्यु भएकाको परिवारका सदस्यलाई दिइने आर्थिक सहायता लिने संख्या बढ्न थालेको छ । गत आर्थिक वर्ष २०८१/८२ मा यस्तो सहायता एक हजार ५१७ जनाका परिवारले लिएका छन् । यो एक आर्थिक वर्षमा वैदेशिक रोजगार बोर्डबाट लिइएको सबैभन्दा धेरै सहायता हो ।

बोर्डको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा एक हजार ३४६ जनाले यस्तो सहायता लिएका थिए । जसमा एक हजार ३०५ जना पुरुष र ४१ जना महिला थिए । त्यस्तै आव २०७९/८० मा एक हजार २७६, २०७८/७९ मा एक हजार ५१२, ०७७/७८ मा एक हजार २४३ र ०७६/७७ मा ६८१ जनाले सहायता लिएको बोर्डको तथ्यांक छ ।

बोर्डले करार अवधिभित्रै या करार अवधि सकिएको एक वर्षभित्र वैदेशिक रोजगारीको सिलसिलामा मृत्यु भएका कामदारका परिवारलाई आर्थिक सहायता प्रदान गर्छ । वैदेशिक रोजगार नियमावली पाँचौं संशोधनका अनुसार यस्तो सहायता स्थानीय तहबाट पनि लिन सकिन्छ ।

विगतमा करार अवधि समाप्त भएको एक वर्षभित्र बोर्डमा उपस्थित भए त्यस्ता परिवारका सदस्यलाई सात लाख रुपैयाँ सहायता दिइँदै आएको थियो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत आर्थिक वर्षबाट मृतकका परिवारलाई दिइने क्षतिपूर्ति बढाएर १० लाख रुपैयाँ पु¥याएको छ । पछिल्लो समय बोर्डले प्रदान गर्ने कल्याणकारी सेवाको विषयमा जानकारी विस्तार भएका कारण सहायता लिन आउनेहरु बढेको जनाइएको छ ।

Hardik health

बोर्डले आव २०८१/८२ मा एक हजार ८६, २०८०/८१ मा ९६६, २०७९/८० मा ८१९, २०७८/७९ मा ७९५, २०७७/७८ मा ७७० र २०७६/७७ मा ६८८ जनाको शव ढुवानी तथा झिकाउन सहजीकरण गरिदिएको तथ्यांकमा देखिन्छ । बोर्डले सम्बन्धित देशको दूतावाससँगको सहकार्यमा शव झिकाउनका लागि सहकाय गर्दै आएको जानकारी दिएको छ ।

उक्त अवधिमा वैदेशिक रोजगारी गएका कति श्रमिकको मृत्यु भयो भन्ने यकीन तथ्यांक भने आफूहरुसँग नभएको बोर्डको भनाइ छ । एक वर्षभित्र मृतकका परिवारले लिने आर्थिक सहायताका आधारमै मृतकको संख्या अनुमान गरिँदै आएको बोर्डका अधिकारीहरु बताउँछन् ।पछिल्लो समय वैदेशिक रोजगारीमा जानेहरुको संख्या बढ्दा मृतकको संख्या पनि बढ्दै गएको छ । बढ्दो क्रममा रहेको मृत्युदरलाई घटाउन आवश्यक पहल गर्नुपर्ने सरोकारवालाहरुको भनाइ छ । 

विभिन्न आर्थिक वर्षको तथ्यांक हेर्दा रोजगारीमा जानेहरु हृदयघात, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, आत्महत्या, बिरामी, प्राकृतिक मृत्यु र अन्य विभिन्न कारणले ज्यान गुमाउने गरेका छन् । बोर्डको अध्ययनअनुसार सबैभन्दा बढी श्रमिकको स्वास्थ्य समस्याका कारण ज्यान गएको पाइएको छ । 

अंगभंग भएकालाई आर्थिक सहायता
बोर्डले रोजगारीका क्रममा अंगभंग भएका तथा गम्भीर बिरामीलाई पनि आर्थिक सहायता दिने गरेको छ । गत आव २०८१/८२ मा ८६७ जनाले यस्तो सहायता लिएका थिए । त्यस्तै, २०८०/८१ मा ६५३, २०७९/८० मा २७९, २०७८/७९ मा २४५ जना, २०७७/७८ मा १४३ जना २०७६/७७ मा २०५ जनाले सहायता लिएका थिए । पछिल्लो छ वर्षमा सबैभन्दा धेरै गत आर्थिक वर्षमा र सबैभन्दा कम आव २०७७/७८ मा यस्तो सहायता लिएको तथ्यांक छ ।

 


प्रकाशित मिति: आइतबार, भदौ २२, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने बिहीबार, मंसिर २५, २०८२
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP