काठमाडौं- स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनचाँदीको मूल्य पच्चीस सयले बढेकाे हाे ।
आज सुनचाँदीको मूल्य प्रतितोला दुई लाख १० हजार ४०० रुपैयाँ कायम भएको छ । बिहीबार सुनचाँदीको मूल्य प्रतितोला दुई लाख सात हजार ९०० रुपैयाँ कायम भएको थियाे ।
यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर दुई हजार ४९० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला दुई हजार ४८० रुपैयाँ कायम भएको थियो ।