Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #छठ
  • #‘जेरी अन टप’
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियामा ज्याला नदिने रोजगारदाताविरुद्ध विशेष अभियान
कोरियामा ज्याला नदिने रोजगारदाताविरुद्ध विशेष अभियान
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ १९, २०८२

काठमाडौं- दक्षिण कोरियाले आजबाट विदेशी कामदारलाई ज्याला नदिने र कार्यस्थलमा हुने दुव्र्यवहारविरुद्ध चार हप्ताको विशेष अभियान सञ्चालन गर्दै छ । त्यहाँको रोजगार तथा श्रम मन्त्रालयले तलबविनै काम गराउने तथा श्रमिकमाथि दुव्र्यवहार हुने उच्च जोखिमयुक्त फार्म र कारखानाहरुमा एक महिने गहन अभियान थालेको जानकारी दिएको हो ।

यो निरीक्षण विशेषगरी ज्याला नपाएका घटनामा केन्द्रित हुने जानकारी दिइएको छ । श्रमिकहरुको ज्याला गत वर्ष बढाइएको थियो । त्यहाँको सरकारी तथ्यांकअनुसार विदेशी कामदारहरूलाई भुक्तानी नगरिएको ज्याला ८५.५ बिलियन वन अर्थात् ६१.३ मिलियन डलर पुगेको छ । यो गत वर्षको सोही अवधिको तुलनामा ५१ प्रतिशतले बढेको जनाइएको छ । यस वर्षको पहिलो अर्धवार्षिक निरीक्षण गरिएपछि यो कदम चालिएकोे हो । अर्धवार्षिक निरीक्षणमा देशव्यापीरुपमा १५१ वटा जोखिमपूर्ण कार्यक्षेत्रहरु पत्ता लगाइएको थियो । हालसालै नाजु, दक्षिण जियोला प्रान्तमा इँटा कारखानालगायतका स्थानमा भएका घटनापश्चात् सरकारले थप ४५ वटा कार्यस्थलको निरीक्षण गरेको थियो । जसमध्ये धेरैजसो कार्यस्थल ग्याङ्वोन र जेओला प्रान्तका थिए ।

मन्त्रालयले ज्याला भुक्तानी नगर्ने र दुव्र्यवहार गर्ने रोजगारदातालाई कडा कारबाही गर्ने जानकारी दिएको छ । यदि आप्रवासी कामदारको दाबीको छिनोफानो अगाडि नै भिसाको म्याद सकिएर मुलुक छोड्नुपर्ने अवस्था आए या उनीहरु कागजपत्रविहीन अवस्थामा भएको खण्डमा दु्रतरुपमा निचोडमा पुग्नका लागि अधिकारीहरुले योजना बनाउने भनिएको छ । अनुसन्धानको क्रममा आवश्यक परेको खण्डमा भिसा अवधि लम्ब्याउने पनि जनाइएको छ । निरीक्षकहरूले अन्य अधिकार दुरुपयोगका घटनाहरूको अध्ययन गर्ने छन् । विदेशी श्रमिकहरु प्रायः प्रभावित हुने यौनहिंसा र कार्यस्थलमा श्रमिकको अपमान गर्ने समस्याको पनि अनुगमन गरिने जनाइएको छ । यसक्रममा विदेशी श्रमिकसँग सही ढंगबाट संवाद गर्न र संवेदनशील विषयवस्तुमा भाषाले समस्या नपारोस् भनेर विभिन्न १७ वटा भाषामा अन्तर्वार्ता गरिने छ । यसैबीच, मन्त्रालयका अधिकारीहरूले निष्पक्ष र सुरक्षित श्रम अभ्यासहरू प्रवद्र्धन गर्ने अभियानहरू सुरु गरेको पनि जनाइएको छ । उनीहरुले १७ वटा भाषामा शैक्षिक पर्चाहरू वितरण गरेको राष्ट्रिय प्रहरीसँग हटलाइनहरू स्थापनासमेत स्थापना गरेको बुझिएको छ । युवाहरुको आकर्षक श्रम गन्तव्य मानिएको कोरियामा पछिल्लोपटक रोजगारदाताबाट श्रम अधिकार उल्लंघन भएका घटना सार्वजनिक भएसँगै कोरिया सरकारले यसको विरुद्धमा कडा नीति लिने प्रतिबद्धता जनाएको छ । 

Hardik health

श्रममन्त्री किम योङ–हुनले कोरियाली नागरिक नभएकै कारण विदेशी कामदारहरूमाथि हुने श्रमअधिकार उल्लंघनलाई जरैदेखि उखेल्ने प्रयास गर्ने आश्वासन दिएका छन् । यसका लागि विदेशी नागरिकको शोषणको जोखिममा रहेका कार्यस्थलहरूको निरीक्षण गर्न लागिएको उनले बताएका छन् । श्रमअधिकार हनन भएका सबै कामदारहरूका लागि एकीकृत सहायता प्रणाली स्थापना गर्ने र उनीहरूलाई अधिकार र राहतका लागि विभिन्न पहल गर्ने हुनले बताएका छन् । पछिल्ला वर्षहरुमा कोरियामा विदेशी श्रमिकमाथिको निर्भरता बढ्दै गएको बुझिन्छ । श्रम मन्त्रालयको तथ्यांकअनुसार सन् २०२० यता कोरियाको घरेलु निर्माण उद्योगमा विदेशी कामदारको संख्या झण्डै ३३ प्रतिशतले बढेको छ ।

 


प्रकाशित मिति: बिहीबार, भदौ १९, २०८२  १०:१७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मानसिक समस्याको जोखिममा आप्रवासी श्रमिक
मानसिक समस्याको जोखिममा आप्रवासी श्रमिक आइतबार, कात्तिक ९, २०८२
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली सोमबार, कात्तिक ३, २०८२
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह
पोर्चुगलमा एक नेपाली युवा बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह आइतबार, कात्तिक २, २०८२
तिहारमा परदेशीको पीडाः मोबाइल हेरेर चित्त बुझाउनुपर्छ 
तिहारमा परदेशीको पीडाः मोबाइल हेरेर चित्त बुझाउनुपर्छ  आइतबार, कात्तिक २, २०८२
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित शुक्रबार, असोज ३१, २०८२
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’
क्रोएसियाले घटायो विदेशी कामदारलाई दिने ‘वर्क पर्मिट’ बिहीबार, असोज ३०, २०८२
ओमानमा घरेलु कामदारका लागि नयाँ नियम
ओमानमा घरेलु कामदारका लागि नयाँ नियम बुधबार, असोज २९, २०८२
लोकप्रिय
  • Week
  • Month
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
साउदीले हटायो ५० वर्ष पुरानो कफला प्रणाली
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
तिहारको तेस्रो दिन :नरक चतुर्दशी, कुकुर तिहार
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP