काठमाडौं -प्रतितोला २ लाख नाघेपछि सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड बन्दै गएकाे छ । आज पनि सुनकाे भाउ ६ सयले बढेकाे छ ।
आज प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
सोमबार प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा सुनको कारोबार भएको थियाे । शुक्रबार २ लाख ६ सय रुपैयाँ पुगेको सुन आइतबार ३ हजार बढेर २ लाख ३ हजार ६ सय पुगेको थियो ।
आज चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिन प्रतितोला २४७० रुपैयाँ रहेको चाँदी आज २४८५ रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य बढेसँगै नेपाली बजारमा प्रभाव परिरहेको छ ।