Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
विचार
  • Home
  • विचार
  • महिलाको विकासमा मिडियाको भूमिका
महिलाको विकासमा मिडियाको भूमिका
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १६, २०८२
विमला तुम्खेवा

 

 

हिजोको दिनमा महिला आफूमाथि भइरहेको अन्यायको विरोधमा एकै शब्द बोल्न सक्दैनथे तर आज अवस्था अर्कै छ । जो विश्वसामु यो देशले भन्न सक्छ मैले महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखलगायत राज्यका उच्च स्थानमा पुर्याउन सफल भएको छ । यो महिलाको सरोकारको मुद्दामा देशले हासिल गरेको सफलता हो । यति हुँदाहुँदै पनि प्रश्न उठ्छ, माथि उल्लिखित सफल नामहरूको पछि आउन चाहने अन्य नामलाई नेपाली सञ्चारमाध्यमले अबको दिनमा कस्तो ढंगले उठान गर्ने ? यसरी हेर्दा महिलाको विषयमा सञ्चारमाध्यम अझै संवेदनशील हुन जरुरी छ ।
 

नेपाली राजनीतिमा महिलाको उपस्थिति र योगदानलाई इतिहासका प्रत्येक कालखण्डमा फर्केर हेर्दा अर्थपूर्ण बलिदान र सहभागिता स्पष्ट देखिन्छ । तर दुर्भाग्यवश, राज्य र समाजले कहिल्यै पनि महिलाको योगदानलाई न्यायोचित र उचित ढंगले मूल्यांकन गर्न सकेको छैन । वि.सं. २००७ देखि २०४६ को जनआन्दोलन, माओवादी जनयुद्धहुँदै २०६२/६३ को जनआन्दोलनसम्म महिलाले गरेको संघर्ष र पुर्याएको योगदान अनि देखाएको साहस नेपाली समाजमा मात्र नभएर दक्षिण एसियामै उदाहरणका रूपमा लिने गरिन्छ ।

Hardik health

नेपाली राजनीतिक इतिहासका हरेक निर्णायक क्षणमा महिलाको भूमिका अत्यन्तै महत्वपूर्ण रहँदै आएको छ । तर उनको योगदानलाई राज्यले वा समाजले न्यायोचित मूल्यांकन भने गर्न सकेको छैन । वि.सं. २००७ को प्रजातान्त्रिक आन्दोलनमा महिलाले गोप्य बैठक सञ्चालन गरेकोदेखि प्रचारप्रसार, राजनीतिक सामग्री वितरणसम्म महत्वपूर्ण भूमिका खेलेका थिए । मंगलादेवी सिंह, शैलजा आचार्यजस्ता नेत्रीहरूले जेल सजाय भोग्दै प्रजातन्त्र ल्याउन योगदान गरे । वि.सं. २०४६ को जनआन्दोलनमा महिलाको सहभागिता निर्णायक रह्यो । विद्यार्थी, गृहिणी, कर्मचारी सबैले सडकमा उत्रिएर बहुदलीय व्यवस्था स्थापनामा हातेमालो गरेका थिए । यस क्रममा कयौं महिलाले गिरफ्तार र यातना सहनुपरेको थियो । १० वर्षे माओवादी जनयुद्ध (२०५२ ०६२ साल) मा झण्डै ३० ४० प्रतिशतसम्म महिला प्रत्यक्षरूपमा सहभागी भए । गाउँघरका साधारण युवतीदेखि शिक्षित महिला नेत्रीसम्मले बन्दुक बोकेर युद्ध मैदानमा उत्रिनु उनीहरूको योगदानलाई अझ विशेष बनाउँछ । तर त्यही युद्धमा हजारौं महिला आन्तरिकरूपमा विस्थापित, विधवा र हिंसापीडित पनि भए ।

दोस्रो जनआन्दोलन २०६२÷६३ मा महिलाले अग्रपंक्तिमा उभिएर राजतन्त्र अन्त्य र गणतन्त्रको बाटो खुलाउन निर्णायक दबाब सिर्जना गरे । सडक प्रदर्शन, मानव सञ्जाल र पत्रकारितामा महिलाले देखाएको सक्रियता परिवर्तनलाई सफल बनाउन टेवा पुर्यायो । यसरी प्रजातन्त्रदेखि गणतन्त्रसम्मको यात्रामा महिलाको सहभागिता र बलिदान अपरिहार्य रहेको छ । तर यी योगदानलाई इतिहासमा उचित स्थान दिन नसकिएको तथ्यले अब पनि हाम्रो समाज र सञ्चारलाई गम्भीर प्रश्न गर्छ । महिलाले पुर्याएको योगदानलाई वास्तविक मूल्यांकन गर्नु आजको आवश्यकता हो । राणा शासनविरुद्धको आन्दोलनमा पुरुषसँगै महिलाले आन्दोलन गरेका थिए । साहना प्रधान, मंगलादेवी सिंह यसका जीवन्त इतिहास हुन् । वि.सं. २००७, २०३६ को जनमत संग्रह नेपालको सबै परिवर्तनको आन्दोलनमा महिला पुरुषसँगै सडकमा उत्रिएर जनतामा चेतना जगाउनेदेखि २०४६ सालको जनआन्दोलनमा विद्यार्थी, शिक्षक, कर्मचारीसँगै साधारण गृहिणीसमेत सडकमा आएको दृश्य अहिले पनि आँखैमा ताजा छन् । हरेक आन्दोलनका क्रममा धेरै महिलाले गिरफ्तार र यातना सहनुपरेको छ ।

तत्कालीन राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्धको आन्दोलनमा महिला अग्रपंक्तिमा थिए । महिलाको योगदान र संघर्ष सडक आन्दोलन, भूमिगत संघर्ष, संगठन निर्माण, प्रचारप्रसार, राजनीतिक नेतृत्व सबै तहमा समान छ । तर के यी योगदान र इतिहासलाई हाम्रो सञ्चारमाध्यमले उचित रूपमा सम्मानजनक स्थान दिन सकेको छ त ? अब यी विषयमा गहिरिएर पुनर्विचार छलफल गर्दै अब २०८४ सालमा हुन गइरहेको निर्वाचनमा कसरी बढीभन्दा बढी महिलालाई समेट्न सकिन्छ भन्नेतर्फ सञ्चारमाध्यम सचेत हुन जरुरी छ । बन्दुक बोकेर १० वर्षे जनयुद्व ताका काखमा दूधे बच्चा लिएर हिँडेका महिला होस् अथवा सिंहदरबारअघि माइतीघर मण्डलमा उभिएर न्याय मागिरहेकी महिला अथवा संविधान लेखन प्रक्रियामा प्रत्यक्ष/अप्रत्यक्ष भूमिका खेलेका ती तमाम महिलाको भूमिका अविष्मरणीय छ । यी सबै नेपालले प्राप्त गरेका महत्वपूर्ण उपलब्धिहरू हुन् । हिजोको दिनमा महिला आफूमाथि भइरहेको अन्यायको विरोधमा एकै शब्द बोल्न सक्दैनथे तर आज अवस्था अर्कै छ । जो विश्वसामु यो देशले भन्न सक्छ मैले महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुखलगायत राज्यका उच्च स्थानमा पुर्याउन सफल भएको छ । यो महिलाको सरोकारको मुद्दामा देशले हासिल गरेको सफलता हो ।

यति हुँदाहुँदै पनि प्रश्न उठ्छ, माथि उल्लिखित सफल नामहरूको पछि आउन चाहने अन्य नामलाई नेपाली सञ्चारमाध्यमले अबको दिनमा कस्तो ढंगले उठान गर्ने ? यसरी हेर्दा महिलाको विषयमा सञ्चारमाध्यम अझै संवेदनशील हुन जरुरी छ । त्यसो त लोकतन्त्रमा जनताले आफ्नो मत राख्न पाउनु अनिवार्य सौन्दर्य हो । तर कुरा जब महिलाको आत्मसम्मान, हक र मानसिक स्वास्थ्यको आउँछ, अझै नेपाली समाज संयम हुन जरुरी छ । वर्तमान समय सञ्चारमाध्यम र सामाजिक सञ्जालको प्रभावबाट सबैभन्दा बढी महिला पीडामा छन् । उनीहरूको मानसिक स्वास्थ्यका विषयमा नेपाली मिडियामा गम्भीररुपले चर्चा भएकै छैन । राजनीतिमा क्रियाशील महिला यी सबै अवस्थाबाट गुज्रिन बाध्य छन् । व्यक्तिको चरित्रसँग गाँसिएर आएका समाचारका कारण राजनीतिक नेतृत्व, सामाजिक जीवनमा असर, मानसिक स्वास्थ्यमा असर समान अवसर गुम्नेजस्ता समस्या हुने गर्दछन् । अझै पनि महिलाका विषयमा केन्द्रित समाचार प्रमुख समाचार हुँदैनन् । आइहाले पनि महिलाको चरित्रसँग गाँसिएका समाचारलाई बढी प्राथमिकतामा राखिन्छ । गलत सूचना र पूर्वाग्रही प्रस्तुतीकरणकै कारण महिलाको छवि कमजोर बनाइएको अवस्था कयौं छ । उदाहरणका लागि, पहिलो संविधानसभा चुनावपछि महिलाको सक्रिय उपस्थितिलाई ‘चुरा बेच्दाबेच्दै सांसद’ भन्नेजस्ता समाचार शीर्षकले हल्का तुल्याइयो । यसले महिलाको राजनीतिक छविलाई मात्र नभई आमसमाजमा उनीहरूप्रतिको दृष्टिकोणमा परिवर्तन गर्न महिलाले ठूलो प्रतिस्पर्धा गर्नुपर्याे र आजसम्म परिरहेको छ ।

नेपालको संविधान २०७२ ले ३३ प्रतिशत महिला सहभागिताको व्यवस्था सुनिश्चित गरेको भए पनि प्रत्यक्ष चुनावमा महिलाको संख्या न्यून नै छ । पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ केवल नौ जनामात्र महिला निर्वाचित भए भने अधिकांश समानुपातिक सूचीबाट आए । यसले के कुरालाई देखाउँछ भने दलहरूले संख्यात्मक प्रावधानमात्र पूरा गर्न महिलालाई उम्मेदवार बनाएको हो कि झैँ लाग्छ । वि.सं. २०८४ मा हुने जाँदै गरेको निर्वाचनमा सबै दलले महिलालाई समान हैसियत, प्रतिस्पर्धी क्षेत्रमा उम्मेदवार बनाउने अवस्था सिर्जना हुनका लागि सञ्चारमाध्यमले अहिलेबाटै समान र सकारात्मक भूमिका खेल्न जरुरी छ ।  आगामी २०८४ को निर्वाचन केवल दल वा उम्मेदवारबीचको प्रतिस्पर्धामात्र होइन, सूचना र गलत सूचनाबीचको प्रतिस्पर्धा पनि हुने छ । सामाजिक सञ्जालमार्फत महिलामाथि हुने चरित्र हत्या, अपमानजनक टिप्पणी र झूठो प्रचार अझ बढ्ने संकेत देखिन्छ । यसको रोकथामको निम्ति पनि सक्रिय व्यक्ति दल संघसंस्था नागरिक समाज सबै सरोकार निकाय सचेत हुन जरुरी छ । महिलालाई उमेदवार बनाउँदा केवल कोटा भर्ने सोचबाट होइन, हिजोको दिनमा गणतन्त्रका निम्ति आ-आफ्नो तहबाट पुर्याएको योगदानका आधारमा योग्य नेत्रीलाई अगाडि ल्याउन सबै राजनीतिक पार्टीहरूको सकारात्मक भूमिका हुन जरुरी छ ।

महिलाको विकासका निम्ति सही उपाय भनेकै तथ्यमा रहेर सही सूचना प्रवाह गर्नु हो । गलत सूचनाबाट उत्पन्न हुने मानसिक र सामाजिक हिंसाप्रति सजग हुनुपर्छ । वि.सं. २०८४ को निर्वाचन केवल मतको प्रतिस्पर्धा होइन, सत्य र असत्यबीचको संघर्ष पनि हो । यस संघर्षमा सञ्चार गृह, दल, नागरिक समाज र हरेक नागरिक जिम्मेवार बन्न जरुरी छ । 
 


प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  ११:२४
प्रतिक्रिया दिनुहोस्
थप विचार
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध
संस्कृति र राजनीतिको अन्तरसम्बन्ध बिहीबार, माघ २२, २०८२
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन
चुनावमा मिथ्या सूचनाको बाढी र यसको व्यवस्थापन बुधबार, माघ २१, २०८२
नागरिकमुखी सार्वजनिक सेवा
नागरिकमुखी सार्वजनिक सेवा बुधबार, माघ २१, २०८२
म भोट दिन्न !
म भोट दिन्न ! मंगलबार, माघ २०, २०८२
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता मंगलबार, माघ २०, २०८२
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना सोमबार, माघ १९, २०८२
लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान 
लोकतन्त्रको संस्थागत विकासमा सहिद र सम्मान  आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP