Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • आप्रवासी श्रमिकका लागि पेसा कटौती गर्दै बेलायत
आप्रवासी श्रमिकका लागि पेसा कटौती गर्दै बेलायत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ १६, २०८२

काठमाडौं-  बेलायतले रोजगारीमा लग्दै आएको श्रमिकहरुको १०० वटा पेसा हटाएको छ । आफ्नो दक्ष कामदारको भिसा सूचीबाट १०० भन्दा बढी पेसा हटाएसँगै ती पेसामा अब विदेशी श्रमिकको भर्ती नलिने भएको हो  । 

आफ्नो अध्यागमन नियमहरुमा व्यापक परिवर्तनको घोषणा गर्दै विभिन्न पेसालाई हटाएसँगै विभिन्न मुलुकबाट रोजगारीका लागि जानेहरु प्रभावित हुने भएका छन् । यो नियमले धेरै विदेशी श्रमिकका लागि आवेदन बन्द गर्ने जनाइएको छ । केयर स्टार्मरको नेतृत्वमा रहेको सरकारले जुलाईमा अध्यागमनसम्बन्धी ८२ पृष्ठको श्वेतपत्र जारी गरेको थियो । शनिबार उक्त पत्रमा समावेश गरिएको नयाँ प्रावधानको घोषणा गरिएको थियो । पछिल्लो समय संसारभरका विभिन्न मुलुकले आप्रवासी कामदारमाथिको निर्भरतालाई कटौती गर्दै आएका छन् । बेलायतले पनि बेलायती नागरिकका लागि अवसरहरु सुनिश्चित गर्ने उद्देश्यले विदेशी कामदारहरूमाथिको निर्भरता घटाउने विषयमा जोड दिएको उक्त पत्रमा उल्लेख गरिएको छ ।

आप्रवासी श्रमिकका लागि बढी संख्यामा माग हुँदै आएको पाइलट, जीव विज्ञानका जानकार, डेलिभरी अपरेटिभ, ब्युटिसियन, हेयरड्रेसर, एयर ट्राफिक कन्ट्रोल असिस्टेन्ट, आर्मी अफिसर, कन्स्ट्रक्सन अपरेटिभलगायत धेरै प्राविधिक भूमिकाहरू प्रभावित हुने भएका छन् । सरकारले सामाजिक हेरचाह कार्य भिसाको खारेज गर्ने घोषणा गरेको दुई महिनापछि यो कदम चालेको हो । बेलायतमा नेपाल, भारत, पाकिस्तानलगायत अफ्रिकी र युरोपेली महादेशका राष्ट्रहरुबाट श्रमिकहरु रोजगारीमा जाने गरेका छन् । नयाँ प्रतिबन्धले बसाइँसराइको अवस्थालाई व्यवस्थापन गर्न र त्यहीँका कामदारहरूलाई महŒवपूर्ण रोजगारीबाट विस्थापित हुनबाट जोगाउने अधिकारीहरुले तर्क गरेका छन् । यद्यपि, यो निर्णयले नीति विश्लेषक र श्रम विज्ञहरूबीच भने बहसको वातावरण तयार गरेको जनाइएको छ ।

Hardik health

श्रमिक अभावको समस्या भइरहेको अवस्थामा स्वास्थ्य, उड्डयन र निर्माणजस्ता प्रमुख क्षेत्रहरूमा ठूलो संख्यामा श्रमिक कटौती गरिँदा श्रमिक अभावलाई अझ खराब बनाउन सक्ने चेतावनी विश्लेषकहरुले दिएका छन् । उक्त काम गर्न अनिच्छुक बेलायती श्रमिकको ठाउँमा विगतदेखि आप्रवासीहरुले काम गर्दै आएको उनीहरुको तर्क छ । खारेज गरिने भनेको पेसामा बेलायतीहरु उपलब्ध नभएका कारण पनि त्यो स्थानलाई आप्रवासीले सम्हालेको उनीहरुको दाबी छ । बेलायतको रोजगारीमा बढी निर्भर मुलुकहरुका लागि सरकारको यो कदमले समस्या उत्पन्न गराउने जनाइएको छ । तुलनात्मकरूपमा खुला भिसा प्रणाली, आकर्षक ज्याला र आप्रवासी समुदायको बलियो समूहलगायतका कारण बेलायतलाई लामो समयदेखि रुचाइएको रोजगार गन्तव्य मानिन्छ ।

बेलायतको रोजगारीमा जाने योजना बनाइरहेका हजारौं दक्ष तथा अर्धदक्ष कामदारहरुले अब अन्य विकल्प हेर्नुपर्ने भएको छ । सरकारले रोजगारी खारेज गरेको क्षेत्रको पूर्ण सूची छिट्टै प्रकाशित गर्ने जनाएको छ । रोजगारीका लागि आवेदन दिन तयार रहेका सम्भावित आप्रवासीहरूका लागि त्यसअघि आधिकारिक निकायमा परामर्श लिएरमात्र थप प्रक्रिया थाल्न आग्रह गरिएको छ । बेलायती सरकारमाथि आर्थिक अवस्थालाई सन्तुलित बनाउन आर्थिक दबाब पर्दै आएको छ । यो परिवर्तनले सरकारको उक्त आर्थिक आवश्यकतालाई सम्बोधन गर्ने बताइएको छ ।
बेलायत नेपालीहरुकोसमेत आकर्षक रोजगार गन्तव्य हो । गत आर्थिक वर्ष २०८१/८२ मा एक हजार २८९ जना नेपाली युवा रोजगारीका लागि बेलायत गएका थिए । सरकारको यो नीतिले नेपालीहरुको रोजगारीमासमेत केही प्रभाव पार्ने बुझिएको छ ।
 


प्रकाशित मिति: सोमबार, भदौ १६, २०८२  १०:४०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने बिहीबार, मंसिर २५, २०८२
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP