Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युरोपबाट आउने मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती
कहिलेबाट शुरु हुन्छ यकिन छैनः परराष्ट्र युरोपबाट आउने मागपत्र प्रमाणीकरणमा ढिलासुस्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ १३, २०८२

 

दूतावासमा हाम्रो के भूमिका हुन्छ र ? अध्ययन कार्यदल बनेको छ । त्यसले काम गरिरहेको छ । तर त्यसको संयोजन परराष्ट्र मन्त्रालयको सहसचिवले गरिरहनुभएको छ । काम किन नगर्नुभएको भनेर परराष्ट्रलाई नै सोध्नुहोस्
डन्डुराज घिमिरे, प्रवक्ता, श्रम मन्त्रालय 

काठमाडौं  वैदेशिक रोजगारीका लागि यूरोपबाट आउने मागपत्र गत जुलाईबाटै प्रमाणीकरण हुने भनिएको थियो । तर अगस्ट बित्नै लाग्दासमेत मागपत्र प्रमाणीकरण गर्न छाडेर सम्बन्धित निकाय हात बाँधेर बसेको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले प्रतिनिधि सभामा विनियोजन विधेयकमाथिको छलफलका क्रममा जुलाईबाट संस्थागत तवरमा श्रमिक पठाइने विषय जोडदार रुपमा उठाएका थिए । अन्य औपचारिक कार्यक्रममा समेत यसबारे व्यवसायीलाई आश्वस्त पार्दै आएका मन्त्री भण्डारी अहिले मौन छन् । प्रमाणीकरणको काममा किन ढिलाई ? यसको जवाफ आफूहरुसँग नभएको श्रम मन्त्रालयका प्रवक्ता डन्डुराज घिमिरे बताउँछन् । सम्बन्धित देशका दूतावासले प्रमाणीकरण गर्ने भएकाले परराष्ट्रलाई यस विषयमा थाहा हुने भन्दै घिमिरे पन्छिए । ‘दूतावासमा हाम्रो के भूमिका हुन्छ र ? अध्ययन कार्यदल बनेको छ । त्यसले काम गरिरहेको छ । तर त्यसको संयोजन परराष्ट्र मन्त्रालयको सहसचिवले गरिरहनुभएको छ । काम किन नगर्नुभएको भनेर परराष्ट्रलाई नै सोध्नुहोस्,’ घिमिरेले भने ।

Hardik health

ब्याकग्राउन्ड वर्क भइरहेको छ । तयारी कहिले सकिन्छ भनेर स्पष्ट भन्न नसकिए पनि समस्याको रुपमा देखिइरहेको यो विषयलाई समाधान गर्नेतिर हामी लागिरहेका छौँ
लोकबहादुर पौडेल, प्रवक्ता, परराष्ट्र मन्त्रालय

यूरोपमा भएका दूतावासले प्रमाणीकरण गर्न नसक्दा त्यहाँबाट माग भएका आकर्षक रोजगारी नेपालीहरुले गुमाउँदै आएको व्यवसायी बताउँछन् । समस्याको रुपमा रहँदै आएको यो विषयलाई श्रम मन्त्रालय, वैैदेशिक रोजगार विभाग र दूतावासको समन्वयमा व्यवस्थित बनाउँदै लैजाने कुरामा परराष्ट्र मन्त्रालय प्रतिबद्ध रहेको मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले बताउँछन् । यद्यपि यस विषयको जवाफ भने आफूसँग पनि नरहेको पौडेलले बताए ।   ‘ब्याकग्राउन्ड वर्क भइरहेको छ । तयारी कहिले सकिन्छ भनेर स्पष्ट भन्न नसकिए पनि समस्याको रुपमा देखिइरहेको यो विषयलाई समाधान गर्नेतिर हामी लागिरहेका छौँ,’ पौडेलले भने, ‘कतिपय टेक्निकल इस्यू छन्, डिमान्ड लेटरहरु सबमिट हुनप¥यो, अनलाइन माध्यमबाट प्रोसेस गर्नुपर्याे । त्यो फेरि फेमिसमा प्रविष्ट हुनुपर्याे ।

दूतावासको भूमिकालाई प्रभावकारी बनाउँदै वैदेशिक रोजगारीलाई व्यवस्थित बनाउन लागिरहेको उनको दाबी रह्यो । यद्यपि हाल के काम हुँदैछ र तयारी कहिले सकिन्छ भन्ने विषयमा भने उनी यकिन सुनिएनन् ।  यूरोपको मागपत्र प्रमाणीकरण भए खाडी गइरहेका नेपालीलाई युरोप सिफ्ट गर्ने व्यवसायीले बताउँदै आएका छन् । आकर्षक तलब, सुविधा र श्रम अधिकारको अवस्था राम्रो भएका मुलुकमा उनीहरुलाई पठाउन पाए व्यवसायीसमेत यसबाट लाभान्वित हुने उनीहरुको दाबी छ । यसर्थ प्रमाणीकरण चाँडो हुनुपर्ने पक्षमा व्यवसायी छन् । वैदेशिक रोजगारसम्बन्धी मागपत्र जाँचबुझ निर्देशिका, २०७५का अनुसार कूटनीतिक नियोगले रोजगारदाता वा निजको प्रतिनिधि वा आधिकारिक इमेलमार्फत प्राप्त भएका मागपत्र यकिन गरी आफ्नो आधिकारिक इमेलमार्फत वैदेशिक रोजगार विभागमा पठाउनुपर्ने व्यवास्था छ । यस्ता मागपत्रहरु दश दिनभित्र प्रमाणीकरण गर्नुपर्ने प्रावधान छ । यूरोपमा दूतावास र कूटनीतिक नियोगहरु नभएका मुलुकबाट आउने मागपत्र प्रमाणीकरणमा समस्या रहेको छ । 

पछिल्लो समय यूरोपको रोजगारीमा युवाहरुको आकर्षण बढ्दो छ । संस्थागत तवरबाट रोजगारीका लागि त्यहाँ पठाउने बाटो नखुल्दा व्यक्तिगत श्रम स्वीकृति लिएर त्यहाँ जाने प्रवृत्ति पनि बढ्दो छ । यूरोपका विभिन्न मुलुकमा आकर्षक रोजगारीको प्रलोभन देखाएर ठगी गर्नेहरु पनि सक्रिय छन् । वैदेशिक रोजगार विभागमा हरेक दिन यस्ता ठगीका उजुरी दिनेको भिड लाग्छ । गत आर्थिक वर्षको माघयता प्रत्येक महिना पाँचदेखि छ सयको हाराहारीमा व्यक्तिगत ठगीका उजुरी विभाग परेको तथ्याङ्क छ । यूरोपको मागपत्र प्रमाणीकरण भए यो समस्या धेरै हदसम्म नियन्त्रणमा आउने सरोकारवालाको दाबी छ । 

व्यवसायीहरु छिट्टै प्रमाणीकरण हुनुपर्याे भनेर सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएपनि दुई वटा मन्त्रालयबिचको समन्वयमा हुने भएकाले समय लागेको हुनसक्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष भुवनसिंह गुरुङले बताए । ‘अब विदेशस्थित मिसनहरु परराष्ट्र अन्तर्गतको हो । श्रम मन्त्रालयले गर्नुपर्ने सिफारिस परराष्ट्रमापर्याइसक्यो । अब परराष्ट्रले गर्ने हो नि त । त्यो आधारमा मन्त्रीज्युले सायद जुलाइमा भनेको हो कि न,’ गुरुङले भने । 


प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  १०:४३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने
जर्मनीमा कामदारलाई श्रम स्वीकृति दिएर पठाइने बिहीबार, मंसिर २५, २०८२
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
पृथ्वीराजमार्गको नागढुंगा-मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP