काठमाडौं- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा बुधबार सुनको मुल्य उच्च रहेको छ । सुनको मूल्य आज तोलामा ३०० रुपौयाँले बढेर १ लाख ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन तोलामा १ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । साथै तेजाबी सुनको मूल्य पनि बढेको छ । मंगलबारको तुलनामा २५५ रुपैयाँले बढेर प्रतितोला १ लाख ७० हजार ६१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यस्तै आज चाँदीको भाउ भने घटेको छ । नेपाली बजारमा १५ रुपैयाँले बढेर चाँदी आज २ हजार ३४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३६० रुपैयाँमा किनबेच भएको थियो ।