Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • ऐतिहासिक दस्तावेज ‘लिम्बुवानका अभिलेख संग्रह’
ऐतिहासिक दस्तावेज ‘लिम्बुवानका अभिलेख संग्रह’
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ९, २०८२
कुम्भराज राई

वि.सं. १७३३ को कुनै याममा तत्कालीन् मकवानपुरका राजा हरिहर (हरिश्चन्द्र) सेन सम्भवतः सप्तरी, महोत्तरी वा सो क्षेत्रमा पर्ने जगतपुर भन्ने ठाउँमा पुगेका थिए । उनले त्यही टुरमुकामबाट चैनपुरका श्रवाजा, फेश्राप, नपुराञ्जालाई पाँच मौजा पाङ्मा, माङ्गमा, तेवेङ्, वोश्रनिमा र तापङ्नागोलाई स्याहामोहर जारी गरेका थिए । स्याहामोहरमा मानिसले प्राप्त गरेको जग्गा उपभोग गर्दै राज्यको सेवा गर्नु भनिएको थियो । उक्त स्याहामोहर वनेम फागोसँग पाइयो । स्याहामोहरमा उल्लिखित व्यक्तिहरु वनेम फागो नै भएका र निजहरू सेनकालीन दरबारमा मन्त्री, काजी वा जागिरे रहेको पुष्टि हुन्छ ।

सेन राजाले लिम्बू, खम्बू, याक्खा, आठपहरिया र याम्फूलाई राय, राये, राई भनी स्याहामोहर प्रदान गरेका थिए । हरिहरसेनको राज्यकाल वि.सं. १७१३ देखि १७३८ सम्म मानिन्छ । उनले भारतको गोण्डावारसम्म राज्यविस्तार गरी आफूलाई हिन्दूपति राजा घोषणा गरेका थिए । ३४८ वर्ष पुरानो यो स्याहामोहर भगिराज इङ्नामद्वारा संकलित तथा प्रकाशित पुस्तक ‘लिम्बुवानका अभिलेख संग्रह’ पुस्तकको पहिलो दस्तावेजका रूपमा राखिएको छ । इतिहास अन्वेषक रमेश ढुंगेलमार्फत यो दस्तावेज लिइएको संकलक भगिराज इङ्नामले उल्लेख गरेका छन् ।
इतिहासकार इङ्नाम नेपाली इतिहास लेखनका लागि कुनै नयाँ नाम होइन । उनको पहिलो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ले वि.सं. २०७८ मा मदन पुरस्कार प्राप्त गरिसकेको छ । सोही पुस्तकको अर्को अंश वा भागका रूपमा हालै ‘लिम्बुवानका अभिलेख संग्रह’ प्रकाशित भएको हो । माथि उल्लिखित स्याहामोहरको प्रसंग केवल यो पुस्तकमा संग्रहित तथा संकलित एक दस्तावेज उदाहरणका रूपमामात्र प्रस्तुत गरिएको हो । यस पुस्तकमा वि.सं. १७३३ देखि २०२५ सम्मका महत्वपूर्ण ३८५ वटा दस्तावेज सरल र बुझिनेगरी अनुवादसहित प्रस्तुत गरिएका छन् ।   तत्कालीन् शासकले जारी गरेका भोजपत्र, स्याहामोहर, लालमोहर, कस्यरुक्का, कस्यपत्र, कस्यपत्रम् र लिखित अभिलेख यस पुस्तकमा संग्रहित छन् । त्यतिमात्र नभइ शिलालेख, धनकुटा मार्गाथानको घण्टीको लेख र तिब्बती लिपिको पाँचवटा दस्तावेज यहाँ प्रस्तुत गरिएको छ । लेखकले यो पुस्तक अघिल्लो पुस्तकमा छुटेका दस्तावेजको पूरक एवं निरन्तरता हो भनेका छन् । अघिल्लो पुस्तक ‘लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रह’ जति रोचक र महत्वपूर्ण पुस्तकका रूपमा प्रकाशित भएको थियो, ‘लिम्बुवानका अभिलेख संग्रह’ पनि उत्तिकै महŒवपूर्ण मानिएको लेखक इङ्नामले बताए ।

अघिल्लो र यी दुवै पुस्तकमा समावेश अभिलेख अध्ययन गर्दा इतिहासमा रुचि हुने पाठकले एक अभिलेख पढ्न नभ्याउँदै अर्को पल्टाउन मन लाग्ने किसिमका रहेका उनको भनाइ छ । विषयसूची हेरेर पुस्तक अध्ययन गर्ने हो भने पनि ८५० भन्दा बढी पृष्ठको यस पुस्तकका कम्तीमा ५० देखि १०० वटा अभिलेखमा पाठकको ध्यान तानिन्छ । विषयसूचीमा आकर्षक किसिमका शीर्षक राखिएका छन् । ‘छोराले खाएको ऋण बाबुले तिर्नु नपर्ने’, ‘राईबाट फुटी नयाँ राई भएको’, ‘कन्ने केटीलाई करणी गरे दण्ड नलाग्ने’, ‘करणी मुद्दामा सात सुब्बाको फैसला’ लगायत हुन् ।पुस्तकमा समावेश दस्तावेजमा पृथ्वीनारायण शाह र प्रतापसिंह शाहबाट अभिमानसिंहलाई प्रदान गरिएको लालमोहरमा विजयपुर सेन राज्यका देवान बुद्धिकर्णलाई ‘राई’ भनिएको तर वि.सं. १८२४ र १८२९ मा बुद्धिकणले जारी गरेको स्याहामोहरमा बुद्धिकर्ण ‘राय’ भन्ने उल्लेख गरिएको रोचक विषय समावेश छन् । पृथ्वीनारायण शाहले वि.सं. १८३१ मा पुनी रायलिम्बूलाई प्रदान गरेको, लालमोहरमा सिरिंग्या लिम्बूसहित दरबारमा मिल्न आए सिरपाउ पुरस्कार दिने भनी प्रलोभन देखाएको प्रसंगले त्यस समयमा सिरिंग्या लिम्बू गोरखाली सेनाविरुद्ध रहेछन् भनेर अनुमान गर्न सकिन्छ ।

Hardik health

यी र यस्ता सयौं रोचक तथ्यले भरिएको छ, ‘लिम्बुवानका अभिलेख संग्रह’ पुस्तक । संकलक तथा लेखकको मिहेनत कति छ भनेर सामान्य पाठकले अनुमान नै गर्न सक्दैन । यत्तिको दस्तावेज संकलन गर्नका लागि कति समय र मिहेनत गर्नुपर्याे होला भनेर लेखकले सरसर्ती पुस्तकमा उल्लेख गरेका छन्, तर पाठकले पुस्तक अध्ययन गरेपछि लेखकले उल्लेख गरेको भन्दा बढी मिहेनत यस पुस्तकमा भएको बताउन सकिन्छ । पुस्तकमा उल्लिखित दस्तावेजहरूले तत्कालीन समग्रमा पल्लो किराँत अर्थात् लिम्बुवानको इतिहासलाई जस्ताको तस्तै प्रस्तुत गरेको छ ।तत्कालीन ओल्लो किराँत, माझ किराँत र पल्लो किराँतका धेरै इतिहास मिथक अर्थात् मौखिकरूपमा मात्र सुनिँदै आएकामा यस पुस्तकका लेखक तथा संकलक इङ्नामले त्यसलाई तथ्यसहित दस्तावेजीकरण गरेका छन् । जुन कार्य इतिहासमा एक सर्वकालिक महत्वपूर्ण काम होभन्दा अत्युक्ति हुँदैन । पुस्तकले विभिन्न बहसका लागि पनि सहज पारिदिएको छ । राई, लिम्बू, सुब्बाजस्ता थर वास्तवमा थर हुन् कि पदवी ? राई, राइ हो कि राय ? यस्ता अनेकन् तथ्य यहाँ संग्रहित दस्तावेजमा उल्लेख छन् । जसलाई एउटा आधार मानेर थप तथ्य पत्ता लगाएर सदियौंदेखिका विवादलाई समाधान गर्न सहज बनाइदिएको छ ।

दस्तावेजले तत्कालीन इतिहासमात्र देखाउँदैन, त्यतिखेरको पल्लोकिराँतको आर्थिक, सामाजिक, साँस्कृतिक अवस्थालाई उजिल्याउने काम गरेको छ । चेतनास्तर, ससाना थुम्का र गढीहरूमा रहेर शासन गर्ने प्रणाली, संघीय राजधानीमा रहने शासकसँगको सम्बन्धलगायत विषयका बारेमा जानकारी दिन्छ ।  वि.सं. १८३१ पछि राई र लिम्बूलाई तत्कालीन् शासकले फुटाएर ‘फुटी सुब्बा’ वा ‘फुटी राई’ बनाएको प्रसंग लेखकले आफ्नो लेखकीयमा उल्लेख गरेका छन् । जसका कारण धेरै लिम्बू फुटी सुब्बा हुँदा जग्गाविहीन बनेको उनले निष्कर्षको रुपमा लेखेका छन्  । कतिपय किपटभूमि खोस्ने काम त्यतिबेलै भएको उनको ठहर छ ।  मुन्धुम एकेडेमीले प्रकाशन गरेको यस पुस्तकको सह-प्रकाशनमा ताप्लेजुङ र मोरङका एक/एक गाउँपालिका तथा तेह्रथुमका दुई नगरपालिका र चार गाउँपालिकाले सहयोग गरेका छन् । स्थानीय सरकारले इतिहास लेखनमा सहप्रकाशकको रूपमा सहयोग गरेको काम अन्य स्थानीय तहका लागि पनि अनुकरणीय छ ।डा. त्रिरत्न मानन्धर र जगदीश रेग्मीको हस्तलिखित भूमिका पुस्तकको सुरुमा राखिएको छ । तेह्रथुमस्थित लालीगुराँस नगरपालिकाका प्रमुख तथा इतिहासका अध्येता अर्जुनबाबु माबुहाङले लेखक भगिराज इङ्नाम र लिम्बुवानको इतिहास लेखनबारे स्पष्ट पारेका छन् । दस्तावेजका स्रोत व्यक्तिहरुको नाम र दस्तावेज अनुवादकको नाम राखेर लेखकलाई सबैलाई सम्मान गरेका छन् ।

निजामती सेवाबाट निवृत्त लेखक पूर्वप्रशासकसमेत हुन् । यस पुस्तकको मूल्य दुई हजाररुपैयाँ कतिपयका लागि महँगो लागे पनि यहाँ समावेश भएका दस्तावेजको अध्ययनपश्चात् उक्त मूल्य थोरै महसुस हुन सक्छ । तसर्थ क्षेत्रीय रूपमा कमैमात्र लेखिएको राजधानी काठमाडौं पूर्व र त्यसमा पनि ओल्लोकिराँत अर्थात् लिम्बुवानबारे इतिहास बुझ्नका लागि सबैभन्दा पठनीय संग्रहको रूपमा यो पुस्तक किन्नु उपयुक्त हुन्छ । त्यसका लागि सम्भव भएमा लेखकका अघिल्लो पुस्तक पनि किन्न सकेमा पाठकका लागि सुनमा सुगन्ध हुने प्रकाशकको भनाइ छ । रासस
 


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १३:५३
#पुस्तक समीक्षा
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP