Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब
असार एकै महिनामा एक खर्ब ८९ अर्बको रेकर्ड   एक वर्षमै भित्रियो १७ खर्ब २३ अर्ब
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ९, २०८२

काठमाडौं-  गत आर्थिक वर्ष २०८१/८२ मा हालसम्मकै धेरै रेमिट्यान्स (विप्रेषण) भित्रिएर नयाँ इतिहास रचेको छ । साथै, गत आवको अन्तिम महिना असारमा एक महिनाको अवधिमा सबैभन्दा धेरै रेमिट्यान्स भित्रिने रेकर्डसमेत बनेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार गत आवमा कूल १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स मुलुकमा भित्रिएको हो । यो रकम एक वर्षभित्र भित्रिएको हालसम्मकै उच्च हो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कूल १४ खर्ब ४५ अर्ब रेमिट्यान्स भित्रिएको थियो । जसअनुसार अघिल्लो आवको तुलनामा गत आवमा दुई खर्ब ७७ अर्ब ९५ करोड रुपैयाँले रेमिट्यान्स बढेको छ । गत आवको रेमिट्यान्स वृद्धिदर १९.२ प्रतिशत कायम भएको छ । आव २०८०/८१ मा यस्तो वृद्धिदर १६.५ प्रतिशत थियो ।  राष्ट्र बैंकका अनुसार गत आवको अन्तिम महिना असारमामात्रै विदेशबाट एक खर्ब ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो एकै महिनामा भित्रिएको हालसम्मकै उच्च रकम हो । अघिल्लो आवको असारमा भित्रिएको रेमिट्यान्स एक खर्ब १७ अर्ब ७८ करोड रुपैयाँमात्र थियो ।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशतले बढेर १२ अर्ब ६४ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । आव २०८०/८१ मा यस्तो आप्रवाह १४.५ प्रतिशतले बढेर १० अर्ब ८६ करोड पुगेको थियो ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढ्दा मुलुकमा भित्रिने रेमिट्यान्सको आकार बढेको हो । गत आवमा कूल पाँच लाख पाँच हजार ९५७ जना नयाँ श्रमिकहरु संस्थागत र व्यक्तिगत माध्यमबाट रोजगारीमा गएको तथ्यांक छ । यसैगरी तीन लाख ३३ हजार ३०९ जनाले श्रम स्वीकृति नवीकरण गरेर रोजगारीमा गएका छन् । यसरी उक्त आवमा आठ लाख ३९ हजारभन्दा बढी श्रमिक विभिन्न मुलुकमा पुगेका थिए । अघिल्लो आव २०८०/८१ संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिएर चार लाख ६० हजार १०२ जना रोजगारीमा गएका थिए । उक्त आवमा पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या दुई लाख ८१ हजार १९५ थियो । गत आवको पहिलो महिना साउनमा एक खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ रेमिट्यान्स आएको थियो । यसैगरी भदौमा एक खर्ब २६ अर्ब २१ करोड, असोजमा एक खर्ब ४४ अर्ब १७ करोड, कात्तिकमा एक खर्ब १४ अर्ब ३२ करोड, मंसिरमा एक अर्ब १८ अर्ब ८० करोड, पुसमा एक खर्ब २२ अर्ब ६५ करोड रुपैयाँ भित्रिएको तथ्यांक छ । 

Hardik health

गत आवकै माघ महिनामा एक खर्ब ३७ अर्ब पाँच करोड रुपैयाँ, फागुनमा एक खर्ब ५१ अर्ब १९ करोड, चैतमा एक खर्ब ३९ अर्ब ५४ करोड, वैशाखमा एक खर्ब ६५ अर्ब ३० करोड र जेठमा एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यस अवधिमा सबैभन्दा बढी विप्रेषण असार र सबैभन्दा कम कात्तिकमा आएको देखिन्छ । पछिल्लो समय रोजगारीका लागि विदेसिनेको संख्या बढ्नुका साथै वैधानिक माध्यमबाट रकम पठाउन थालेका कारण रेमिट्यान्स बढ्न पुगेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । अझै हुण्डीलगायत अवैधानिक माध्यमबाट भित्रिने रकम यो तथ्यांकमा समेटिएको छैन । रेमिट्यान्सले मुलुकको अर्थतन्त्रमा २५ प्रतिशतभन्दा बढी योगदान गरिरहेको सरकारी तथ्यांकहरुमा देखिन्छ । 

रेमिट्यान्स उच्च हुँदा उत्साह जगाए पनि यसलाई दीर्घकालीन स्रोत बनाउन नहुने अर्थविद्हरुको जोड छ । मुलुकमै रोजगारी सिर्जना गरेर युवा जनशक्तिको पलायन रोक्नुपर्नेमा सबैले जोड दिने गरेका छन् । सरकारले स्वदेशमै रोजगार दिलाउने बताए पनि युवाहरुलाई रोक्ने वातावरण बनाउन सकेको छैन । जसकारण अहिले दैनिक दुई हजारभन्दा बढी नेपाली युवा रोजगारी र शिक्षाका लागि विदेसिने गरेका छन् ।

 


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  १०:२०
#रेमिट्यान्समा रेकर्ड
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP