Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • यसरी हट्न सक्छ छाउप्रथा
यसरी हट्न सक्छ छाउप्रथा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ८, २०८२
अमृता अनमोल

 

महिलाहरु पुरुषको तुलनामा धेरै भावनात्मकरुपमा संवेदनशील हुन्छन् । यही देखेर होला समाजले पनि सीप र शिक्षायुक्त होइन, धर्म र परम्परा मान्ने महिलालाई असल छोरी, बुहारी, आमा र पत्नीको दर्जा दिने गरेको छ । राम्रो नराम्रो जे भए पनि धार्मिक परम्परा वा संस्कार मान्नेलाई शालिन र आदर्शको महिलाको रुपमा चित्रण गर्ने गरेको छ । जीवनमा आइपर्ने समस्या कर्म गरेरभन्दा भगवान् र कुलपितृ पुकारेर र पूजा गरेर समाधानको प्रयास गर्न सिकाएको छ । धर्मपालन गर्नु कर्तव्यका रुपमा सिकाएको छ । यसको प्रभावले महिनावारीमा छुइप्रथा हट्न र छाउ गोठ भत्कन नसकेको हो ।

अठ्ठाइस वर्षीया कमला दमाईको गत असार २८ मा छाउ गोठमा सर्पले डसेर मृत्यु भयो । उनी कञ्चनपुरको कृष्णनगरकी कमला छाउ बार्न छिमेकीको छाउ गोठमा सुत्न गएकी थिइन् । कमलाको पक्की घर थियो । तर, छाउ अर्थात् महिनावारीमा घरभित्र बस्दा देउता रिसाउँछन् । कुल पितृले सराप्छन् भन्ने डरले उनी घरमा सुत्न सकिनन् । छाउ अर्थात् महिनावारीमा गोठमा सुत्ने र समस्या भोग्ने कमला जस्ता धेरै महिला छन् ।

महिनावारी नितान्त महिलासँग सम्बन्धित विषय हो । महिनावारीको समयमा छोइछिटो बार्दा महिलाले नै समस्या भोगेका छन् । तर पनि महिलाले नै अपनाएका छन् र अपनाउन सघाइरहेका छन् । सुदूरपश्चिमका ग्रामीण भेगमा महिनावारीमा सुत्न छाउ गोठ नै बनाइएका छन् । बेलाबेलामा सामाजिक अभियन्ताहरुले छाउ गोठ भत्काउँछन्, फेरि स्थानीयले बनाउँछन् । धेरै वर्षदेखि यो सिलसिला चलिरहेको छ । अन्य क्षेत्रमा कतै घरभित्र त कतै बाहिर बसेर छाउ अर्थात् महिनावारीमा छुइप्रथा मानिरहेका छन् । घर बाहिरका छाउ गोठ भत्किए पनि मनभित्र बनेका छाउ गोठ भत्किएका छैनन् । छाउप्रतिको सोच बदलिएका छैनन् । धर्म र परम्पराका नाममा जकडिएर बसेका छन् । यसैले हिन्दू धर्म मान्ने धेरै महिलाहरु आफूलाई समस्यामा राखेर पनि यो वा त्यो नाममा महिनावारीमा छुइ बार्ने र अछूत बन्ने गरिरहेका छन् ।

Hardik health

छाउ प्रथाबारे सर्वोच्च अदालतले करिब २० वर्षअघि अर्थात् २०६२ वैशाख १९ गते सरकारका नाममा आदेश नै जारी गरेको थियो । त्यसमा पश्चिम नेपालमा व्याप्त छाउ प्रथालाई कुरीति घोषणा गरी अन्त्य गर्न आवश्यक निर्देशिका बनाई लागू गर्न आदेश दिइएको थियो । तर, छाउ गोठबारे सम्बन्धित निकायले चासो नदिएपछि किशोरीहरु महिनावारीमा छाउ गोठमा बस्ने र ज्यान गुमाउने भइरह्यो । यस्तो क्रम बढेपछि २०७६ सालमा गृह मन्त्रालयले छाउ गोठ भत्काउन र छाउको पक्षमा उभिनेलाई कारबाही गर्न नै निर्देशन दिएको थियो । कतिपय स्थानीय तहले छाउ गोठमा बसाल्नु कानुनविपरीत ठहराउँदै त्यस्तालाई राज्यबाट दिने सुविधाबाट पनि वञ्चित गरेका छन् । तर, मानिसका मनमा बसेको छाउ अर्थात् महिनावारीप्रतिको धारणा धेरै फेरिएको छैन ।

महिनावारी जैविक प्रक्रिया हो । जुन महिलाको प्रजनन क्षमतासँग सम्बन्धित छ । किशोरी उमेर सुरु भएपछि महिलाको प्रजनन् क्षमता रहँदासम्म महिनावारी कायम रहन्छ । महिनावारी महिलाको प्रजनन् प्रणालीको नियमित चक्र हो । महिनावारीको बेला प्रजनन्योग्य अण्डा फुटेर पाठेघरको भित्तामा भएको रगत र तन्तुहरू शरीरबाट बाहिर निस्कने हो । यही प्रक्रियामा निस्कने रगतलाई अशुद्ध मानेर महिनावारीमा छोइछिटो बार्ने चलन सुरु भएको हो । महिनावारी बार्ने चलन हिन्दू धर्मसँग सम्बन्धित छ । त्यो पनि धार्मिकरुपमा शक्तिशाली मानिने हिन्दू धर्मका देवीका बारेमा चर्चा गर्दा उनीहरु महिनावारी भएको चर्चा कतै छैन । लक्ष्मी, सरस्वती, दुर्गालगायतका शक्तिशाली देवी महिनावारी भएको वा त्यस्तो बेला कुनै सभा रोकिएको कतै उल्लेख छैन । मनुस्मृतिमा आएर मात्रै महिनावारीको चर्चा छ । जसमा महिनावारीको समयमा पाँच दिन अलग बस्नुपर्ने र कसैसँगै सुत्न नहुने भनिएको छ । महिनावारीको पाँच दिनसम्म स्नान, जप, हवन वा धार्मिक काम गर्नु हुँदैन भनिएको छ ।

धर्मशूत्रमा पनि महिनावारीलाई अपवित्र मान्ने, धार्मिक काममा निशेध गर्ने, छोइछिटो गर्ने र अलग्गै बस्नुपर्ने नियम उल्लेख छ ।ऋषिपञ्चमी कथामा महिनावारी नबार्दा महिला आफूले पाउने समस्यामात्र होइन, आफ्ना पति र सन्तानले व्यहोर्नुपर्ने पापबारे उल्लेख गरिएको छ । यसले महिलालाई महिनावारीको समयमा अछूत ठान्दै धार्मिक, सामाजिक र पारिवारिक जीवनबाट अलग बस्नुपर्ने नियममा बाँधेको छ । अशिक्षितमात्र होइन, कतिपय शिक्षित महिलाहरु पनि धर्म नाश हुने डरले छुइप्रथा अपनाइरहेका भेटिन्छन् । गाउँमात्र होइन, सहरका महिला पनि महिनावारीमा छोइछिटो बारेका हुन्छन् ।

पछिल्लो समय प्रश्न उठेको छ, महिलाहरु आफैंलाई पीडा दिँदै र समस्या भोग्दै महिनावारी तथा छाउ किन बार्छन् ? यसको सोझो उत्तर हो, अधिकांश महिलाले धर्मलाई आफू र आफ्नो परिवारको रक्षा कवजका रुपमा लिन्छन् । धर्म कथालाई मार्गदर्शन मान्छन् । त्यसको पालना नगरे पाप लाग्छ भन्ने ठान्छन् । धेरैजसो धार्मिक नियम महिलामा केन्द्रित छन् । तिनका नियम मिचे आफूभन्दा त्यसको पापबाट पति वा सन्तानलाई अशुभ हुने लेखिएको हुन्छ । अधिकांश महिला आफूभन्दा आफ्नो परिवार, पति र सन्तानलाई धेरै माया गर्छन् । आफ्ना कारण आफ्ना प्रियजनलाई केही हुने पो हो कि भन्ने डरले महिलाहरु आफूलाई समस्या भए पनि धार्मिक नियममा बाँधिइरहेका हुन् । यही प्रभाव महिनावारीमा पनि देखिएको हो । महिनावारीमा छाउ नबसे वा अछूत व्यवहार नगरे धर्म नासिने र परिवार एवं सन्तानलाई आपत् आइलाग्ने डर देखाइएको छ । यही डरले महिलाहरु समस्या भोगेरै भए पनि महिनावारी बारिरहेका छन् ।

महिलाहरु पुरुषको तुलनामा धेरै भावनात्मकरुपमा संवेदनशील हुन्छन् । यही देखेर होला समाजले पनि सीप र शिक्षायुक्त होइन, धर्म र परम्परा मान्ने महिलालाई असल छोरी, बुहारी, आमा र पत्नीको दर्जा दिने गरेको छ । राम्रो नराम्रो जे भए पनि धार्मिक परम्परा वा संस्कार मान्नेलाई शालिन र आदर्शको महिलाको रुपमा चित्रण गर्ने गरेको छ । जीवनमा आइपर्ने समस्या कर्म गरेरभन्दा भगवान् र कुलपितृ पुकारेर र पूजा गरेर समाधानको प्रयास गर्न सिकाएको छ । धर्मपालन गर्नु कर्तव्यका रुपमा सिकाएको छ । यसको प्रभावले महिनावारीमा छुइप्रथा हट्न र छाउ गोठ भत्कन नसकेको हो ।

सामान्यतया धर्म भनेको धारण गर्ने कुरा हो । अदृश्यरुपमा धारण गरिएको कुरा धारणा हो । यसले जीवन जीउने कला सिकाउँछ । पुरानो धारणा फेर्न नयाँ धारणा चाहिन्छ । छाउ अर्थात् महिनावारीको सन्दर्भमा कानुन बन्यो तर धारणा फेर्ने काम गरिएन । यसैले कागजमा कानुन बन्यो दृश्यमा छाउ गोठ भत्किए तर मनका छाउ भत्किएनन् । छाउप्रतिको धारणा फेर्न मानिसमा सामाजिक जागरण चाहिन्छ, उत्प्रेरणा चाहिन्छ । छाउ नबार्दा अनिष्ट हुन्छ भनेर बसेको गहिरो भावना फेर्न केही हुन्न भन्ने बलियो आत्मविश्वास चाहिन्छ । त्यो आत्मविश्वास धार्मिक, सामाजिक र राजनीतिकरुपमा अगाडि बढेका व्यक्तिले देखाउनुपर्छ । समयअनुसार धार्मिक व्याख्या गरिनुपर्छ । समयअनुसार सामाजिक चेतना प्रवाह र आत्मजागरणका कार्यक्रम गरिनुपर्छ । त्यसमा राजनीतिक सामाजिक र धार्मिक अगुवा चुकेका छन् ।

प्रथा वा परम्परा कुनै व्यक्ति, क्षेत्र वा समुदायका संस्कार हुन् । तर, जुन प्रथा वा परम्पराले समाजमा विकृति ल्याउँछ । अधिकांशको अहित हुन्छ । सामाजिक भेद्भाव ल्याउँछ । त्यस्तो प्रथा वा परम्परा कुप्रथा हो । यसलाई बचाउने होइन त्याग्नुपर्छ । राज्य अभिभावक हो । सरकार नागरिकको सारथी हो । यसैले छाउप्रथा कुप्रथा हटाउन सरकारले अभिभावकीय भूमिका खेल्नुपर्छ । कानुनी, धार्मिक र सामाजिक जागरणका काममा सरकार अगाडि लाग्नुपर्छ । त्यसमा तीन तहकै सरकार चुकेका छन् ।

भौतिक पूर्वाधार बलियो बनाउन खटेका सरकार अब कुरीति फेर्न नागरिकको मन बलियो बनाउने अभियानमा जुट्नुपर्छ । लामो समयदेखि मनमा बसेको छाउप्रतिको डर हटाउन नागरिक अभियान चलाउनुपर्छ । निडर अभियन्ता खोज्नुपर्छ । अभियानमा छाउप्रथा नमान्ने सामाजिक, धार्मिक र राजनीतिक खटाउनुपर्छ । ताकि तिनलाई हेरेर र देखेर सर्वसाधारण महिलाले मनको छाउगोठ भत्काउन सकून्, महिनावारीमा छोइछिटो त्याग्न सकून् । महिनावारी नबार्दा अनिष्ट हुने डरले समस्या भोगेकाले केही हुन्न भन्ने आत्मविश्वास भर्न सकून् । यो काम जहिलेबाट सुरु हुन्छ छाउगोठ र महिनावारीमा छुइप्रथा व्यवहारमै हराउने छ । छाउप्रथा वा महिनावारी कुप्रथाको मारमा परेका महिलाले उन्मुक्ति पाउने छन् । 
 


प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  १३:१०
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP