Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
विचार
  • Home
  • विचार
  • ‘उड्ने कार’ आयो, अब समाजवाद आउँछ ! 
‘उड्ने कार’ आयो, अब समाजवाद आउँछ ! 
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ६, २०८२
रिसव गौतम 

 

भृकुटीमण्डपमा प्रदर्शनमा राखिएका ८० प्रतिशतभन्दा बढी ब्राण्डका गाडीहरु आयातीत हुन् । त्यहाँ नेपालीकोे केही अपनत्व छैन । त्यस्ता चिज, त्यो पनि करोेडौं पर्ने विलासी कार, ‘उड्ने कार’ देखेर दंगदास पर्ने हो भने प्रमज्यू यो देश खोक्रो हुने छ । देशको ‘ब्यालेन्स सिट’ गडबड हुने छ । देश ऋणै ऋणमा डुब्ने छ । अहिले नै जिडिपीको ४० प्रतिशत देशको ऋण भइसक्न लागेको छ । त्यो सानो कुरा होइन । त्यो ऋण कसरी तिर्ने, कहाँ-कहाँ खर्च भयो त्यत्रो पैसा ? सामाजिक तहमै त्यसको अडिट गर्नुपर्ने बेला भएन र ? 

गाडी साहुहरुको संगठन नाडा अटोमोबाइल एसोसिएसनको ‘१७औं नाडा अटो शो’ मंगलबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रर्दशनीको आर्कषणको रुपमा चीनबाट ल्याइएको ‘उड्ने कार’ हेर्न अवलोकनकर्ताहरुको घुइँचो देखिन्छ । गुडियाझैं सजाइएको ‘उड्ने कार’ हेरेपछि कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीसमेत दंगदास परे । र, भने, ‘संसारमा प्रविधिले अनौठो प्रगति गर्याे ।’ तर नेपालमा पनि आफ्नै कला र प्रविधि विकास गरेर गाडीहरु उत्पादन गर्नुपर्छ उनले भनेनन् ।

हुन त आफ्नै देशमा एसेम्बल गरी ब्राण्डिङ गरिएको मुस्ताङ गाडी चढेर स्वदेशी उत्पादनलाई प्रोत्साहन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईजस्ता नेता पनि त छन् । तर प्रधानमन्त्री ओलीको त्यो खालको चेतना देखिएन । किनकि, उनी दलाल पुँजीपति र बिचौलियाको घेरबन्दीमा छन् भनिन्छ । प्रधानमन्त्रीको किचेनसम्म बिचौलियाकै राफताप रहेको सत्ता साझेदार दल नेपाली कांग्रेसकै कतिपय प्रभावशाली नेताहरुले बताएकै हुन् । भृकुटीमण्डपमा प्रदर्शनमा राखिएको ‘उड्ने कार’ नेपालीहरुले हेरे, छुन पाएनन्, चड्ने धेरै परको कुरा होला । ‘उड्ने कार’ देखाएर दर्शक भित्र्याउने गाडी साहुहरुको गज्जबको फर्मुला पनि हो । त्यसमाथि समाजवादको बाजा बजाउँदै आएका कम्युनिस्ट प्रधानमन्त्रीले उद्घाटन नै गरिदिएर हौसला भरे । मानौं, अब समाजवाद ‘उड्ने कार’सँगै आउँछ । अर्का पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले त प्रर्दशनीको अवलोकन गर्दै ‘उड्ने कार’ भित्र बसेरै हेरे । सायद समाजवादको अनुभव भयो पनि होला ।

Hardik health

एकातिर देशमा निरपेक्ष गरिबी २० प्रतिशत हाराहारी छ, एउटा तप्का भोक, रोगले यो २१औं शताब्दीमा पनि प्रताडित छ । अर्थतन्त्र पूरै जर्जर र परनिर्भर छ । गाडी, घोडाको त के कुरा, जनइदेखि सियोसम्म विदेशबाटै आयात गर्नुपरेको विडम्बना छ । अर्कोतर, गाडी साहुहरुले ‘उड्ने कार’ प्रदर्शन गरेर कम्युनिस्ट प्रधानमन्त्रीको समाजवादको सपनामा उडान भरेका छन् । के उड्ने कार देखाएर आफ्ना आयातीत महँगा गाडीहरु बेच्न लागिपरेका साहुजीहरुलाई प्रोत्साहन गरेर देशको अर्थतन्त्र आत्मनिर्भर बन्ला ? ती साहुजीहरुले आयात गर्ने महँगा विलासी गाडीहरुमार्फत देशको ठूलो धनराशी बाहिरिएको छ । वार्षिक व्यापार घाटा १४-१५ खर्ब छ । देशको आफ्नै मौलिक उत्पादन केही छैन । तर पनि कम्युनिस्ट पार्टी भन्नेहरुसँग एक थान समाजवाद पुग्ने सिद्धान्त कथा छ । त्यो जबज होस्, माओवाद होस् या अनेकन कलेबरका वादहरु हुन् । न ती व्यावहारिक छन् न कहिल्यै लागू हुन्छन् । हात्तीका देखाउने दाँतजस्ता भएका छन् । 

ठण्डा दिमागले सोचौं त, हामी नेपालीहरुको आर्थिक हैसियत करौडौं बजार मूल्य भएका महँगा विलासी गाडी चढ्ने छ त ? सीमित धनाड्यहरु होलान् । तर अहिले त आमरुपमा विलासी गाडीहरुको देखासिखी बढिरहेको छ । जसले भ्रष्टाचार, ठगी, करछली, वित्तीय अपराध अथवा अनेक रङका कूकर्मलाई प्रश्रय दिइरहेको छ । जसरी हुन्छ कमाउने र विलासी गाडीमा रमाउने भन्ने खालको सोचहरु देखिन्छ । सरकार आर्थिकरुपमा खोक्रो भइसकेको छ । विकास बजेटभन्दा वित्तीय व्यवस्थापनतर्फको खर्च रकम बढिरहेको छ । ३५० अर्बभन्दा बढी रकम त सरकारले वार्षिकरुपमा ऋणको सावाँ–ब्याज छुट्याउन खर्च गर्नुपरेको छ । सरकारले राजस्व रकम संकलन गर्न पनि विलासी गाडीहरुको आयातमा सघाइरहेको छ । 

अहिले पनि देशमा ६० लाखभन्दा बढी मानिस बिहान के खाने अनि बेलुकी के खाने भन्ने अवस्थामा छन् । ‘उड्ने कार’ का साहुजीहरुको पछि लाग्ने कि ती गरिब, निमुखाहरुको कसरी स्तरउन्नति गर्ने भन्नेतर्फ सोेच्ने हो प्रमज्यू ? अब त सँघारमै दसैं, तिहारजस्ता पर्व आएका छन् । एकाथरी मान्छे करोडौंका कारमा चडेर घरगाउँ सफारी गर्ने र बाटोमा हिँडेका गरिब गुरुवाहरुलाई हिलो छ्याप्दै हिँड्नेबेला आउँदै छ । तर संविधानमै समाजवाद भनेर लेखिए पनि घुमाउरो पाराको सामन्तवाद झन् बढी मडारिएको छ । बोल्न नसक्ने, पुँजी नभएका मानिसहरु, संघ सस्थाहरु प्रताडित छन् । बर्चस्ववालाहरु, दलाल पुँजीपतिहरु, बिचौलियाहरुको देशमा रजगज छ । शिक्षा, स्वास्थ्य, व्यापार, ठेक्कापट्टा जहाँ जता पनि छलछाम गर्ने, धूर्त, टाठाबाठा, बिचौलियाहरुको रजगज देखिन्छ । अनि आउँछ समानता र समाजवाद ? कम्युनिस्ट नेताले चलाएको सरकार यस्तै हुन्छ ? किन गरिब, किसानलाई अपनत्व हुनेगरी बजेट तथा नीति कार्यक्रम आउँदैन ? किन असली किसानले वित्तीय संघ सस्थाबाट सजिलै ऋण पाउँदैनन् ? किन असली किसानले अनुदान पाउँदैनन् ? त्यता पो सोच्ने हो कि पिएम ज्यू ? सरकार भनेको अलि बढी कमजोर वर्गको भरोषाको केन्द्र हुनुपर्छ नि । गरिब तथा तल्लो वर्गको उत्थान नगरी तपाईंले भन्याजस्तो ‘सुखी नेपाली, समृद्ध नेपाल’ आउँदैन पिएमज्यू । आज गाउँघरमा अलिअलि देखिएको सुख, समृद्धि सबै विदेसिएकाहरुले पठाएको रेमिट्यान्सले भरथेग गर्दा हो ।

त्यसकारण प्रधानमन्त्रीले गाडी साहुहरुलाई नेपालमै गाडी बनाउन लगाउनुपथ्र्यो । त्यसका लागि सरकार सहयोग गर्न तयार छ, विदेशी महँगा गाडी नचढौं भन्नुपथ्र्यो । तर, त्यस्तो भन्न सकेनन् प्रधानमन्त्रीले । ५० लाखभन्दा माथिल्लो दामका गाडीहरु नेपालमा बेच्नै नदिए पनि हुन्छ । किनकि यो गरिबी र असमानताले जकडिएको देशमा त्यस्ता विलासी गाडीहरुले गरिबमाथि नै भयंकर व्यंग गर्छ । विदेशबाट आयात गर्ने, बीचको मार्जिनमा रमाउने व्यापारीहरुले सहयोग गर्ने भनेको विदेशको समृद्धिलाई हो । त्यो खालको व्यापारले देश उँभो पनि लाग्दैन । दलाल पुँजीपतिहरुलाई दुरुत्साहन र स्वदेशी राष्ट्रिय औद्योगिक पँुजीपतिहरु जसले रोजगारी र आफ्नै देशमा उत्पादन बढाउन सहयोग गरेका छन् उनीहरुलाई प्रोत्साहन गरौं । उदारवादको नाममा पूरापुर खुला गरेर देशलाई विदेशीको बजारमात्र बनाउने हो भने हामी कसरी धनी हुन सक्छौं ? कसरी रोजगारी सिर्जना हुनसक्छ ? 
भृकुटीमण्डपमा प्रदर्शनमा राखिएका ८० प्रतिशतभन्दा बढी ब्राण्डका गाडीहरु आयातीत हुन् । त्यहाँ नेपालीकोे केही अपनत्व छैन । त्यस्ता चिज, त्यो पनि करोेडौं पर्ने विलासी कार, ‘उड्ने कार’ देखेर दंगदास पर्ने हो भने प्रमज्यू यो देश खोक्रो हुने छ । देशको ‘ब्यालेन्स सिट’ गडबड हुने छ । देश ऋणै ऋणमा डुब्ने छ । अहिले नै जिडिपीको ४० प्रतिशत देशको ऋण भइसक्न लागेको छ । त्यो सानो कुरा होइन । त्यो ऋण कसरी तिर्ने, कहाँ–-कहाँ खर्च भयो त्यत्रो पैसा ? सामाजिक तहमै त्यसको अडिट गर्नुपर्ने बेला भएन र ? 

तीन करोड नेपालीको प्रतिधित्व गरेर सत्तामा पुग्नुभएको तपाईं प्रधानमन्त्रीले साहुजीहरुको चिन्ता गर्ने होइन नि ! उनीहरुको आम्दानीमा थोरै गिरावट आएछ भने केही फरक पर्दैन तर देशमा असमामनता र गरिबीचाहिँ घटाएर देखाउनुस् न । छिमेकमा तपाईंकै छेको सत्तामा आएका राष्ट्रपति सी चिनफिङले गत १० वर्षबीच ४० करोड जनतालाई गरिबीको रेखाबाट एकैचोटि शून्यमा झारेर चमत्कार गरे, तपाईंहरुले कति झर्नु भो ? तपाईंहरुको भजनकीर्तन, गाउने र आसेपासेहरु उँभो लागे, अरू किन पछि परे ? त्यसको पनि हिसाव राख्नुस् पिएमज्यू । किनकि, तपाईं तीन करोड नेपालीको पिएम हो । एउटा कुरा थाहा पाउनुस् पिएमज्यू, संसारकै धनी एलन मक्सहरुको कार (टेस्ला) खरिद गर्ने नेपालीको आम औकात हुँदै होइन । र, उनका गाडी घोडाहरुको प्रहर्सल नेपालमा जरुरी पनि होइन । नेपालमा नेपाली उत्पादनहरुको प्रहर्सल जरुरी होे । बरु पाडापाडी किनेर किसानलाई बाँड्ने जो कुरा गर्नुहुथ्यो, त्यो जरुर सही छ । बाँड्नुस् त्यो राज्यकै पैसाले बाँडे पनि त्यसले देशलाई नै फाइदा गर्छ । उत्पादन र निर्यातलाई टेवा दिन्छ । \

३५२ बिलियन डलरका मालिक एलन मक्स जो पूरै नेपालको जिडिपीको आकार (४५ बिलियन डलर) भन्दा आठ गुणा धनी छन्, त्यस्ताहरुको ब्राण्ड बेच्ने अभियानमा तपाईं प्रधानमन्त्रीले किन प्रोत्साहन गर्ने ? के ‘उड्ने कार’ भित्रियो, अब समाजवाद आउँछ त ? सोचौं, व्यावहारिक र यथार्थपरक भएर सोचौं । हामी हाम्रा लागि अघि बढ्ने कि सीमित पुँजीपति र विदेशीका लागि ?
 


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १४:२३
प्रतिक्रिया दिनुहोस्
थप विचार
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती
हिमाल चढ्ने रहर, सुरक्षित फर्कने चुनौती मंगलबार, साउन १९, २०८३
बोल्दिन ! बोल्नै पर्छ !
बोल्दिन ! बोल्नै पर्छ ! मंगलबार, साउन १९, २०८३
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं ! सोमबार, साउन १८, २०८३
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा
साउदीको एसभिपीः श्रम कूटनीति, अर्थ-राजनीति र नेपालको नीतिगत द्विविधा सोमबार, साउन १८, २०८३
सम्भावनाको जगमा उपेक्षित कर्णाली
सम्भावनाको जगमा उपेक्षित कर्णाली शुक्रबार, साउन १५, २०८३
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट बिहीबार, साउन १४, २०८३
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न
न्यायिक विश्वसनीयतामा गम्भीर प्रश्न बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP