Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #छिमली र पट्टा नाच
  • #कोशी प्रदेश
  • #पुर्ख्याैली_सीप
Search Here
जीवनशैली
  • Home
  • जीवनशैली
  • सीप सिकेर आफैँ उद्यम गर्दै महिला
सीप सिकेर आफैँ उद्यम गर्दै महिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ६, २०८२

काठमाडौं–झापाको मेचीनगर नगरपालिका-३ की सरस्वती बानियाँ सिलाइसम्बन्धी ‘एड्भान्स’तालिम लिएपछि प्रशिक्षक बनेर गाउँका अरु महिलालाई स्वरोजगार बनाउने अभियानमा छिन् । 

‘रोजगारीका निम्ति कसैको मुख नताक्ने दृढ निश्चयका साथ सुरुमा नगरपालिकाबाट सिलाइकटाइ तालिम लिएँ, हातमा सीप भएपछि आफैँ मालिक बन्न सकिने अनुभव सनाउँदै उनले भनिन्,‘एड्भान्स तालिम लिएपछि अरु दिदीबहिनीलाई सीप सिकाउन थालेकी छु । घरमै बसेर सिलाइसम्बन्धी व्यवसायसमेत गरेर गरिखाने भएकी छु ।’ मेचीनगर नगरपालिकाले महिलालाई आत्मनिर्भर र उद्यमी बनाउने उद्देश्यले लघु उद्यमी समूह गठन गरेको छ ।समूहमा आबद्ध महिलालाई बानियाँलगायतका प्रशिक्षकले तालिम दिँदै आएकी छिन् ।  लघु उद्यमी समूह मेचीनगरकी अध्यक्ष चन्द्रकला रिजालले अचार बनाउने र च्याउ फलाउनेसम्बन्धी एडभान्स तालिम लिएकी छिन् । हाल उनले बिर्तामोड नगरपालिकाका महिलालाई अचार र च्याउसम्बन्धी प्रशिक्षण दिँदै आउकी छिन् । ‘मैले पनि तालिम लिएरै सीप सिकेको हुँँ’, उन भनिन्,‘अधिकांश महिलाहरू घरमा बसेर आफू बेरोजगार भएको गुनासो गर्नुहुन्छ । म उहाँहरूलाई सीप सिकेर उद्यमी बन्न आग्रह गर्छु ।’ 

गरिबी निवारणका लागि मेचीनगरको लघु उद्यमी समूहमार्फत नगरपालिकाले १०८ जनालाई सीप सिकाएर उद्यमी बनाएको मेचीनगरकी उपप्रमुख मीना उप्रेतीले बताइन् । ‘तालिम पाएका १०८ जनामध्ये १०६ जना महिला छन्,’उनले भनिन्,‘नगरपालिकाको तालिम पाएकाहरू अधिकांश उद्यमी बनेका छन् १२ जना प्रशिक्षक भएका छन् ।’ साथै  उनहरूले विर्तामोड, कचनकबल, रोङ, दमकलगायतका पालिकामा प्रशिक्षण कार्यक्रम सञ्चालन गरेकी छिन् । लघु उद्यम समूहले सिलाइकटाइ, ‘ब्युटीपार्लर’, केश विन्यास एवं कर्तन झोला बनाउने, विद्युत् जडानलगायत व्यावसायिक तालिम दिँदै आएको छ । 

Hardik health

मेचीनगर वडा नं ७ का अध्यक्ष प्रह्लादमणि ओलीले सिलाइकटाइसम्बन्धी भर्खरै तालिम लिनुभएका ४३ जना महिलालाई उद्यमी बनाउनका लागि ४३ वटा सिलाइ मेसिन प्रदान गरिएको बताए । उनले भने,‘मेसिन खरिदमा नगरपालिकाले ८० प्रतिशत र लाभानुग्राहीले २० प्रतिशत लागत साझेदारी गरेका हौं ।’ हालै नगरपालिकाले सीप विकास तालिमअन्तर्गत सिलाइकटाइमा १८ जना, ब्युटीपार्लरमा चार जना, सैलुनमा चार जना, झोला बनाउनेमा २७ जना, एडभान्स झोला बनाउने तालिममा ३६ जना र विद्युत् जडानमा १५ जनालाई प्रशिक्षण दिएको छ ।  एड्भान्स तालिममा सहभागी भविता रिजालले झोला बनाउने तालिम लिएको जनाउँदै त्यसबाट जीविकोपार्जनमा मद्दत पुग्नेमा आफू विश्वस्त रहेको बताइन् । ‘झोला बनाएर कमाएको रकम छोराछोरीको खाजामा उपयोग गर्दै आएकी छु,’उनले भनिन्,‘अझै मिहेनत गरेर परिवारको गर्जो टार्न सक्ने आँट छ ।’

मेचीनगरका प्रमुख गोपाल बुढाथोकीले तालिम लिएका महिला उद्यमीहरूले बनाएका झोलालगायत सामान नगरका विद्यालयमा प्रयोग गर्न अभिभावक, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरिने बताए । उनले उत्पादित सामग्रीको बजारीकरणमा नगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता रहेको व्यक्त गरे ।
 


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप जीवनशैली
मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै
मादले काँक्रोखेतीतर्फ आकर्षण बढ्दै बिहीबार, असोज २३, २०८२
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त
मुस्ताङका किसान ‘फापर’ थन्क्याउन व्यस्त मंगलबार, असोज २१, २०८२
झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी
झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी मंगलबार, असोज ७, २०८२
झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी
झोला उद्योगबाट रोजगारी सृजना गर्दै तारादेवी मंगलबार, असोज ७, २०८२
तालिमले फेरिएको  जुगरानीको जीवनः केराको रेसाबाट कपडा उत्पादन
तालिमले फेरिएको  जुगरानीको जीवनः केराको रेसाबाट कपडा उत्पादन आइतबार, असोज ५, २०८२
नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’
नाङ्लो बिक्रीबाट मनग्य आम्दानी गर्दै ‘होम्ताङवासी’ शुक्रबार, भदौ २०, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
निर्वाचनसम्बन्धी छलफलका लागि राजनीतिक दललाई आयोगद्वारा पत्राचार
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP