काठमाडौं- शुक्रबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि भाउ प्रतितोला १ लाख ९५ हजार २०० सय रुपैयाँ तोकेको छ ।
विहीबार १ लाख ९४ हजार ८ सय रुपैयाँ थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ पनि बढेको छ । बिहीबार प्रतितोला २२ सय ९० सय रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँ बढेदै २३ सय १० रुपैयाँ कायम भएको छ ।