Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #सन्तोष परियार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो
दुव्र्यवहार रोक्ने कोरियाली श्रममन्त्रीको प्रतिबद्धता दक्षिण कोरियामा विदेशी कामदारमाथि हुने दुव्र्यवहार बढ्दो
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ ६, २०८२

काठमाडौं-  दक्षिण कोरियामा आप्रवासी कामदारमाथि कार्यस्थलमा हुने दुव्र्यवहारका घटना बढेको पाइएको छ । कोरियाको रोजगार तथा श्रम मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार आफूमाथि दुव्र्यवहार भएपछि सन् २०२० मा श्रमिकहरुले गरेको उजुरीको संख्या ६५ थियो । सन् २०२४ मा यस्ता उजुरी बढेर २२४ पुगेको तथ्यांकमा उल्लेख छ ।

यस वर्ष (सन् २०२५) को मे महिनासम्म ११२ वटा नयाँ उजुरी परेको तथ्यांकमा देखिन्छ । मन्त्रालयको रिपोर्टले यस वर्ष पर्ने उजुरीहरु हालसम्मकै सबैभन्दा बढी हुनसक्ने आँकलनसमेत गरेको छ । श्रममन्त्री किम योङ हुनले विदेशी श्रमिकमाथि हुने भेद्भाव, उत्पीडन र हिंसा रोक्ने प्रतिबद्धता जनाएपछि रिपोर्ट भएको संख्या सार्वजनिक गरिएको जानकारी दिइएको छ । पछिल्लो समय आप्रवासी श्रमिकमाथि गरिएका दुव्र्यवहारका घटना सार्वजनिक हुन थालेपछि मन्त्री हुनले विदेशी श्रमिकको अधिकार र भेद्भावरहीत वातावरणमा काम गर्न सक्ने विषयको सुनिश्चित गर्ने कुरा आफूहरुले पालना गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण विषय भएको बारम्बार बताउँदै आएका छन् ।  हालै सार्वजनिक भएको श्रीलंकाली कामदारको भिडियोले दक्षिण कोरियामा आप्रवासी कामदारमाथि गरिने व्यवहारलाई लिएर बहस सुरु गराएको थियो । उक्त घटना सम्झौतामा टुंगिए पनि श्रमिकमाथिको दुव्र्यवहारका घटनाहरु सतहमा आउन थालेका छन् ।

सरोकारवालाहरुले आप्रवासी कामदारमाथि हुँदै आएका दुव्र्यवहारका घटनाहरू रोक्न सरकारलाई रोजगार अनुमति प्रणाली (इपिएस)लाई परिमार्जन गर्न आग्रह गरेका छन् । इपिएस प्रणालीमार्फत कोरियाली रोजगारदाताहरुले एसियाली मुलुकहरुबाट अदक्ष श्रमिक लग्दै आएका छन् । यो प्रणालीअन्तर्गत आप्रवासी कामदारहरू एक जना रोजगारदातासँग मात्र काम गर्न बाध्य छन् । उनीहरूलाई काम परिवर्तन गर्न अनुमति दिइएको छैन ।  हालको प्रणालीले रोजगारदातालाई अत्यधिक नियन्त्रण गर्ने अधिकार दिने र श्रमिकहरुका आधारभूत अधिकार खोस्ने मानवअधिकारवादी संस्थाहरुको दाबी छ । उनीहरुलाई भयरहीत अवस्थामा रोजगारदाता छोड्न वा छनोट गर्ने अधिकार प्रदान गर्न यसको पुनर्संरचना आवश्यक भएको उनीहरुले औल्याउँदै आएका छन् ।

Hardik health

सन् २०१४ मै आप्रवासी कृषि श्रमिकहरूको शोषणमा परेको भन्दै एम्नेस्टी इन्टरनेसनलले इपिएसको परिमार्जनका लागि आह्वान गरेको बताइन्छ । हाल कोरियाली सरकारले आप्रवासी कामदारहरूलाई काम परिवर्तन गर्न थप स्वतन्त्रता दिने सुधारहरू ल्याउने योजना बनाएको बताइएको छ । कोरियाली प्रहरीले कार्यस्थलमा हुने दुव्र्यवहार र आप्रवासी कामदारहरूमाथि हुने हिंसाविरुद्ध १०० दिनको अभियान सुरु गरिसकेको छ ।
 

 


प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  १०:२३
#दक्षिण कोरिया
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी
सरकारको प्रतिबद्धतापछि काममा फर्किए व्यवसायी मंगलबार, भदौ २, २०८३
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता सोमबार, भदौ १, २०८३
आजदेखि देशभरका म्यानपावर बन्द
आजदेखि देशभरका म्यानपावर बन्द सोमबार, भदौ १, २०८३
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता 
दक्षिण कोरियामा उच्च तापक्रमले बढ्यो श्रमिकको सुरक्षा चिन्ता  आइतबार, साउन ३१, २०८३
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव  शुक्रबार, साउन २९, २०८३
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू बिहीबार, साउन २८, २०८३
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध  बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP