काठमाडौं- बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि भाउ प्रतितोला १ लाख ९४ हजार ८ सय रुपैयाँ तोकेको छ । बुधबार दिन १ लाख ९३ हजार ५ सय रुपैयाँ थियो । यसअघि साउन २३ गते सुनको भाउ हालसम्मकै उच्च १ लाख ९९ हजार ४ सय रुपैयाँ पुगेको रेकर्ड छ ।
चाँदीको भाउ पनि बढेको छ । बुधबार प्रतितोला २२ सय ५५ सय रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँ बढेदै २२ सय ९० रुपैयाँ कायम भएको छ ।