Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो 
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ५, २०८२

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा रोजगारीका लागि ६८ हजारभन्दा बढी नेपाली विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार उक्त एक महिनामा ६८ हजार ११० जनाले विभिन्न मुलुकमा रोजगारीका लागि जान श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिनेमा ५८ हजार ९४८ जना पुरुष र नौ हजार १६२ जना महिला रहेका छन् । 

साउन महिनामा रोजगारीका लागि विदेसिनेको संख्या अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा आठ हजार ५३५ जनाले बढी हो । अघिल्लो आव २०८१/८२ को साउनमा ५९ हजार ५७५ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका थिए ।  विभागको विवरणअनुसार गत साउनमा ३१ हजार ८३० संस्थागत माध्यमबाट रोजगारीका लागि विदेश गएका छन् । जसमा २९ हजार १३० जना पुरुष र दुई हजार ७०० महिला रहेका छन् । उक्त महिनामा व्यक्तिगत श्रम स्वीकृति लिएर ११ हजार ७७२ जना विदेसिएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिनेमा आठ हजार ५४७ जना पुरुष र तीन हजार २२५ जना महिला छन् । तथ्यांकअनुसार रोजगारीमा गएका महिलाहरु संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर बढी गएको पाइएको छ । साउनमा श्रम स्वीकृति नवीकरण गरेर २३ हजार ६४४ जना रोजगारीमा गएका छन् । जसमध्ये २० हजार ५४७ जना पुरुष र तीन हजार ९७ जना महिला छन् । त्यस्तै जिटुजी प्रणालीमार्फत ६६४ जना गएका छन् । जसमा ७२४ जना पुरुष र १४० जना महिला छन् । जिटुजीमार्फत दक्षिण कोरिया, इजरायल र बेलायतमा कामदार जाने गरेका छन् । 

पछिल्लो समय बढ्दै गएको व्यक्तिगत ठगीका घटना साउन महिनामा पनि उस्तै देखिएको छ । विभागका अनुसार साउनमा वैदेशिक रोजगारीको प्रलोभनमा भएका ठगीसम्बन्धी ५८० वटा उजुरी परेका छन् । जसमध्ये ५२३ वटा व्यक्तिगत ठगीका उजुरी रहेका विभागले जानकारी दिएको छ ।  प्राप्त उजुरीमध्ये ७४ वटा मिलापत्र भएको र २६ वटा अदालतमा मुद्दा दायर भएको विभागको भनाइ छ । विभागले उक्त अवधिमा तीन करोड ५३ लाख ८३ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको तथ्यांक छ । साउनमा विभागले १४८ वटा म्यानपावरको आकस्मिक र नियमित अनुगमन गरेको, दुईवटा अभिमुखीकरण संस्थाको कारोबार बन्द गरेको जानकारी दिएको छ । साउनमा १० वटा नयाँ म्यानपावर दर्ता भएका विवरणसमेत विभागले सार्वजनिक गरेको छ । यसैगरी, २८३ वटा म्यानपावर कम्पनीले नवीकरण भएका छन् ।

Hardik health


 


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १०:२२
#विदेसिनेको संख्या
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP