Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #नाफिज
  • #मालढुंगा-बेनी_सडक
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #जुडो
  • #सकुन_सुनुवार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो 
साउनमा रोजगारीका लागि विदेसिनेको संख्या गत वर्षभन्दा साढे आठ हजारले बढ्यो 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ ५, २०८२

काठमाडौं- चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा रोजगारीका लागि ६८ हजारभन्दा बढी नेपाली विदेसिएका छन् । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विवरणअनुसार उक्त एक महिनामा ६८ हजार ११० जनाले विभिन्न मुलुकमा रोजगारीका लागि जान श्रम स्वीकृति लिएका हुन् । श्रम स्वीकृति लिनेमा ५८ हजार ९४८ जना पुरुष र नौ हजार १६२ जना महिला रहेका छन् । 

साउन महिनामा रोजगारीका लागि विदेसिनेको संख्या अघिल्लो आर्थिक वर्षको साउनको तुलनामा आठ हजार ५३५ जनाले बढी हो । अघिल्लो आव २०८१/८२ को साउनमा ५९ हजार ५७५ जना श्रम स्वीकृति लिएर रोजगारीका लागि विभिन्न मुलुकमा गएका थिए ।  विभागको विवरणअनुसार गत साउनमा ३१ हजार ८३० संस्थागत माध्यमबाट रोजगारीका लागि विदेश गएका छन् । जसमा २९ हजार १३० जना पुरुष र दुई हजार ७०० महिला रहेका छन् । उक्त महिनामा व्यक्तिगत श्रम स्वीकृति लिएर ११ हजार ७७२ जना विदेसिएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिनेमा आठ हजार ५४७ जना पुरुष र तीन हजार २२५ जना महिला छन् । तथ्यांकअनुसार रोजगारीमा गएका महिलाहरु संस्थागतभन्दा व्यक्तिगत श्रम स्वीकृति लिएर बढी गएको पाइएको छ । साउनमा श्रम स्वीकृति नवीकरण गरेर २३ हजार ६४४ जना रोजगारीमा गएका छन् । जसमध्ये २० हजार ५४७ जना पुरुष र तीन हजार ९७ जना महिला छन् । त्यस्तै जिटुजी प्रणालीमार्फत ६६४ जना गएका छन् । जसमा ७२४ जना पुरुष र १४० जना महिला छन् । जिटुजीमार्फत दक्षिण कोरिया, इजरायल र बेलायतमा कामदार जाने गरेका छन् । 

पछिल्लो समय बढ्दै गएको व्यक्तिगत ठगीका घटना साउन महिनामा पनि उस्तै देखिएको छ । विभागका अनुसार साउनमा वैदेशिक रोजगारीको प्रलोभनमा भएका ठगीसम्बन्धी ५८० वटा उजुरी परेका छन् । जसमध्ये ५२३ वटा व्यक्तिगत ठगीका उजुरी रहेका विभागले जानकारी दिएको छ ।  प्राप्त उजुरीमध्ये ७४ वटा मिलापत्र भएको र २६ वटा अदालतमा मुद्दा दायर भएको विभागको भनाइ छ । विभागले उक्त अवधिमा तीन करोड ५३ लाख ८३ हजार रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराएको तथ्यांक छ । साउनमा विभागले १४८ वटा म्यानपावरको आकस्मिक र नियमित अनुगमन गरेको, दुईवटा अभिमुखीकरण संस्थाको कारोबार बन्द गरेको जानकारी दिएको छ । साउनमा १० वटा नयाँ म्यानपावर दर्ता भएका विवरणसमेत विभागले सार्वजनिक गरेको छ । यसैगरी, २८३ वटा म्यानपावर कम्पनीले नवीकरण भएका छन् ।

Hardik health


 


प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १०:२२
#विदेसिनेको संख्या
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ
विदेश पठाउने भन्दै रु १४ लाख ५० हजार ठगी गर्ने पक्राउ बुधबार, मंसिर २४, २०८२
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ
महिना दिन बित्दा पनि मलेसियाले पठाएन जवाफ मंगलबार, मंसिर २३, २०८२
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन
वैदेशिक रोजगार व्यवसायका बेथिति नियन्त्रण गर्न प्रधानमन्त्री कार्कीकाे निर्देशन मंगलबार, मंसिर २३, २०८२
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर २२, २०८२
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा सोमबार, मंसिर २२, २०८२
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति
विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति आइतबार, मंसिर २१, २०८२
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी
श्रम आप्रवासन र नैतिक भर्तीलाई सुदृृढ गर्ने मलेसियाको तयारी शुक्रबार, मंसिर १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
‘मिम्लेन फुङ’ प्रदर्शनको तयारी
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
लगातार दुई वर्ष  बैंक अफ द ईयर अवार्ड सिटिजन्स बैंकलाई
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP