Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • म गएँ अब भाउजू ! 
म गएँ अब भाउजू ! 
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, भदौ ३, २०८२

ऊ परदेश पुगिसकेको छ । सात समुद्र पार गरी अर्काको आँगनमा टेके पनि आफ्नो माटोलाई सम्झँदै फेरि फर्की आउँछु भन्दै मुहारपुस्तिकामा सबैलाई सन्देश बाँड्छ । उसले सबैलाई सन्देश त्यसै कहाँ बाँडेको हो र, स्वदेशमा भएर बाँडेको पनि होइन ! परदेश, त्यसमा पनि सबैले पत्याएको सामन्तवादी देश । सबैलाई हप्काइ दप्काइ गर्ने ठूलदाइ बनि टोपलेको देशमा पुगेर । पहिले पनि ऊ त्यही धनी सामन्ती साहुको देशमा गएर फर्केको थियो । मट्यांग्राले काइँलोलाई अब त सामन्तीको घरमा फर्केर पनि जान्न भन्न त सकेको थिएन । तर जुनसुकै बेला पनि आवतजावत गर्ने स्वीकृति सामन्ती शासकबाट हात पारेको थियो । उसले मात्र होइन उसका सपरिवारले नै सो स्वीकृत लिएर बसेका थिए । 

मट्यांग्रो भन्दै थिए- मान्छे असल थियो । गाउँका आधुनिका सामन्तका दासहरुबाहेक सबैले उसको प्रशंसा पनि गरेकै थिए । कर्ममा विश्वास गर्ने भएरै होला सबैले माया गरेको । तर उसमा घर प्रेम रहेन छ । दाजु भाउजूको रिसले सारा गाउँलेको माया चटक्क मारेर हिड्यो ! गाउँलेको माया यसरी मार्दा पनि गाउँलेहरु उसैको प्रशंसा गरिरहेका थिए ।  गाउँ न हो । कोही कता फर्केका हुन्छन् कोही कता फर्केका हुन्छन् । अब अहिले त हरेक घरले नेता जन्माएको छ । गाउँका मुखियाले त झोले नै नामाकरण गरिदिएका छन् । अनि कतिपय गाउँलेहरु आफूलाई झोले भन्नमा नै मख्ख छन् । त्यही झोलेहरुकै कारण हरेक घरघरमा अंशबण्डाको झमेला छ । ऊ पनि त्यही अंशबण्डाको चपेटामा पर्याे । अनि सोचेको जस्तो अंश भाउजूका कारण दाइले दिएनन् भन्दै गाउँ नै छाडेर हिँड्यो । गाउँ नै छाड्नुपर्ने त थिएन सबैले भन्दै थिए ।

पानी पटाउने कुलो नै त थियो । माथिल्लो गराबाट भरिएपछि त पक्कै उसकै खेतमा पुग्थ्यो होला नि कुर्न सकेन । ऊ जानकार थियो । मौकामा चौका हान्न पनि सिपालु थियो । यसरी कुर्नुभन्दा पारि गाउँको सामन्तकै घर ठीक छ । मेरो घरमा त के छ र ? उही बाउले बनाइदिएको टायले छानोको पुरानो घर त हो । बाउले बनाइदिएको छायले छानोको घर छाडेर उही सामन्तीको बलियो घरमा पुग्यो । उसले बाउले बनाइदिएको पुरानो घर छाडेको त्यत्तिबेला थाहा भो । जब उसले मुहारपुस्तिकामा अंशबण्डामा खोजेका बारीको पाटो पाइन् भन्दै बारीको पाटो नै नपाएपछि घर छाडे भाउजूलाई सम्झिँदै चिठ्ठी लेख्यो । उसको चिठ्ठीमा वास्तविकता थियो, अनि व्यक्तिगत स्वार्थ पनि छछल्किन्थ्यो । अंशबण्डाका नाममा कसरी अन्याय हुन्छ भनेर । 

Hardik health

उसले लेखेको चिठ्ठी एक कान, दुई कान, मैदान भयो । वल्लो गाउँदेखि पल्लो गाउँमा हल्ला मच्चियो । सबैले कठैबरा अंशबण्डामा परेछ भने । ऊ थरीको घरमा पुगिसकेको थियो । किनकि, थरीको घरमा सहजै जान मुस्किल थियो । ठूलठूला भोटेकुकुर पालेको थियो । सामन्ती थरीले सारा गाउँलेलाई दास बनाइरहेको थियो । दाजुभाउजूको रिसले ऊ पनि दास बन्न नै खुसी थियो ।  हुन त उसलाई पहिले नै दासत्वको प्रमाणपत्र दिइसकिएको थियो । त्यो प्रमाणपत्र पाएपछि थरीको आँगनमा जान कुनै रोकतोक हुँदैनथ्यो । त्यही भएर होला । उसले दाजुभाउजूबाट भनेजस्तै अंश पाए बाउकै पुरानो घर सम्हाल्छु । भनेजस्तै अंश नपाए उही सामन्तीको आँगनमा फर्कन्छु । के जान्छ र भन्ने सोच राखेको थियो ।  चौतारीमा मट्यांग्रे काइँला, मणि नभएको चन्द्र अनि रुद्रसँगै थिए ।  रुद्रले सोधे ‘खास के भएको रहेछ ?’

मणिले भन्दै थिए, ‘खै मैले सुनेको भाउजूले राम्रो अंश दिन्छु भनेर नदिएकाले घर छाडेको रे !’ अनि रुद्रले फेरि भने, ‘अंश पाइनँ भन्दैमा बाउबाजेको घर नै छाडेर जान्छन् त ?’ खै मैले त बुझ्नै सकिन । गाउँभरिकाले मानेका मान्छे यसरी दाजुभाउजूको रिसले नहिँडेको भए नै हुन्थ्यो क्यार ? मुखिया नै हुनुपर्ने हो र ?  मणि अनि रुद्रको कुरा सुनेर मट्यांग्रो मुसुमुसु हाँसिरहेको थियो । उनको मन्द हाँसो खपिसक्नु भएन छ क्यार मणिले सोधे, ‘किन हो हाँसिरहेका छौ त ?’ फुक्लेका दाँत देखाउँदै भने ।  कहिले काँही चौतारीमा बस्दा पनि हाँसो लाग्ने रैछ । ‘पहिले पहिलो न्याय दिने चौतारी हो यो । तर अहिले अन्याय, अत्याचार र व्यक्तिगत स्वार्थबाहेक केही पनि भेटिन’ त्यही भएर हाँसेको बुझिस् ! मणिले के बुझ्यो कुन्नि खित्का छाड्यो । हुन त ऊ जस्तोसुकै कुरालाई पनि खित्का छाडेर हाँसिदिने बानी भएकाले पनि होला । नबुझे पनि बुझेको छु, नजाने पनि जानेको छु भन्दै चौतारीमा गफ दिन थालेकै दुइै दशक नै भइसक्यो ।

मट्यांग्राले सोध्यो, ‘यो खित्का नै छाडे हाँस्नु पर्ने कुरा हो र ? ’ मणि बोलेन । 
मट्यांग्रो फेरि भन्यो, ‘आफ्नो स्वार्थ पूरा भए सब ठीक नभएर बेठिक भन्ने हाम्रा विद्धानहरुबाट हाम्रा भावी पुस्ताले के सिक्छन् ?’ हाँसोमै उडाइदिने । ऊ गयो भनेर चित्त दुखाउनुपर्ने कारण नै छैन । ऊ गयो त गयो आफ्नो स्वार्थ पूरा नभए गयो भन्न सक्नुपर्छ ।  मणिले अलि मुख खोलौलाजस्तो गरी भन्यो, हुन त हो ।  मट्यांग्राले फेरि झटारो हाने, ‘के हो नि फेरि कुरै नबुझी पिपलपाते बनेर हो रे, के हो ? लौ भन ।’ ऊ बोल्न सकेन । 
‘कुकुरको पुच्छर ढुंग्रामा राख्यो भने सीधा होला तर तिम्रो बुद्धि कहिल्यै सुध्रने भएन,’ एउटा दासत्व फालेर अर्को दासत्व स्वीकार गर्नेलाई के भन्ने ? मणिले भन्यो । 
‘अनि कुरा के हो त त्यसो भए?’ रुद्र बोले । 
‘दुवै हातमा लड्डु’ मट्यांग्रोले भने । 
मैले त कुरै बुझिन ? रुद्रले पनि जिज्ञासा राखे । 

तपाईंले बुझ्न सक्नु हुन्न ! । यहाँ सव आआफ्नो स्वार्थका लागि प्रयोग गरिरहेका छन् । दाजुभाउजूको अंशबण्डाको रिसमा ऊ गयो । ऊ जस्तो हजारौं गएका छन् । ऊ छिमेकीको स्वीकृति लिएर बसेको थियो । पाए खान्छु, नपाए जान्छु भने । त्यसकारण गयो । राम्रो अंशबण्डा पाइन त्यसकारण हिँडे भाउजू भन्दै ऊ गयो । उसको स्वार्थ थियो । तर अरुले यहाँ झोले तिर्घे लेण्डुपहरुको गतिविधि देखेर विनास्वार्थ गए । कसैलाई दोष पनि दिएनन् । ऊ अंश पाइनँ त्यसकारण हिँडे भन्दै गए । त्यत्ति हो फरक । यस्ता स्वार्थीहरुले आमा बूढी भइन् त्यसकारण परिवर्तन गरौं भन्न पनि सक्छन् । यस्ता त गएकै ठीक । मट्यांग्राले अलि बढी नै ठोके । बुझेर वा नबुझेर रुद्रले त्यसै ताली बजाए । उसले बजाएको सुनेर चौतारमा बसेका अरुले पनि ताली बजाए !! 


प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १३:५२
#मट्यांग्राे
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP