Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
कोरियन भाषा परीक्षाका लागि १९ गुना बढी आवेदन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ २, २०८२

काठमाडौं- दक्षिण कोरियामा रोजगारीमा जान इच्छुकका लागि सञ्चालन गरिने कोरियन भाषा परीक्षामा सहभागी हुन एक लाख दुई हजार ५८७ जनाको आवेदन परेको छ । रोजगार अनुमति प्रणाली (इपिएस)मार्फत सन् २०२५ को पहिलो चरणका लागि खुलेको आवेदनभन्दा १९ गुना बढी आवेदन परेको हो ।

कोरियाले यस वर्षको पहिलो चरणमा पाँच हजार ३०० जनाको कोटा खुलाएको छ । जसमध्ये तीन हजार ५०० लाई उत्पादनतर्फ र एक हजार ८०० जनालाई कृषि तथा पशुपालनमा लग्ने भनिएको छ । परीक्षाका लागि परेका आवेदनमा उत्पादनमूलक क्षेत्रका लागि ६७ हजार ३२१ र कृषि तथा पशुपालनमा ३५ हजार २६६ जना रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको इपिएस कोरिया शाखाले जानकारी दिएको छ । मुलुकमा व्याप्त बेरोजगारी समस्या र दिगो रोजगारीको अभावका कारण मागभन्दा कयौं गुणा बढीको आवेदन परेको हो ।
शाखाका अनुसार यसपटक डेढ लाखले भर्ने अपेक्षा गरेकोमा अपेक्षाभन्दा केही कमले आवेदन दिएका हुन् । ‘सन् २०२३ मा एक लाख ६३ हजार जनाले भरेकाले त्यसलाई आधार मान्दा कम्तीमा डेढ लाखले भर्ने सोचेका थियौं । तर यसपालि कोटा थोरै भएकाले पनि जसलेचाहिँ पूर्वतयारी गरेका थिएनन्, उनीहरुले नभरेको हुनसक्छ । यही थोरै मागका लागि यो संख्या पनि बढी नै हो,’ एक अधिकारीले बताए । 

शाखाले आवेदकहरुको फाराम भेरिफाइ गर्ने काम थालिसकेको जानकारी दिएको छ । भेरिफाइ गर्ने काम सिस्टमबाटै हुने शाखाको भनाइ छ । नाम, जन्ममिति, लिंग आदि राहदानी विभागको एप्लिकेसनको सहयोगमा हेरिने जनाइएको छ । ‘कोहीले फोटो, पासपोर्ट बांगो, उल्टो हालिदिन्छन् । त्यस्तो डेटाहरु यो हप्ताभित्र भेरिफाइ गर्छौं,’ ती अधिकारीले भने । इपिएस शाखाले एक पटकमा पाँच-पाँच सय जनाको भेरिफाइ गर्दै उक्त फाराम कोरियाको सिस्टममा अपलोड गर्नुपर्ने छ । यसर्थ, सबै आवेदकहरुको फाराम कोरिया पुग्न झण्डै एक महिना लाग्ने जनाइएको छ । उता पठाइसकेपछि कोरियाबाटै सिट प्लान गरिन्छ । त्यसपछि इपिएसले परीक्षाको मिति सार्वजनिक गरेपछि व्यक्ति स्वयं उपस्थित भएर ट्याबबाट परीक्षा दिन्छन् । यसपटकको परीक्षा तिहारपछि हुने अनुमान गरिएको छ । भाषा परीक्षा उत्तीर्ण भएकाहरुले दोस्रो चरणको सीप परीक्षणमासमेत सहभागी भइ उत्तीर्ण भएपछि रोजगार आवेदन फाराम भर्न सक्ने छन् । परीक्षा दिनका लागि २८ डलर लाग्ने बताइएको छ । 

Hardik health

कोरियाले नेपाल सरकार र त्यहाँको श्रम, रोजगार तथा सामाजिक मन्त्रालयबीच भएको समझदारीपत्र (एमओयू) अनुरुप आवेदन खुलाउने गरेको छ । नेपालसहित १७ मुलुकबाट इपिएस प्रणालीमार्फत अदक्ष श्रमिकहरु लग्दै आएको छ । नेपालबाट श्रमिक लग्न थालिएको सन् २००८ यता एक लाख १७ हजार ५०० नेपाली युवाहरु भाषा परीक्षा उत्तीर्ण गरेर कोरिया गइसकेका छन् । गत आर्थिक वर्ष २०८१/८२ मा इपिएसमार्फत ११ हजार ५०० जना गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ । हाल २० हजार युवा रोस्टरमा पालो कुरेर बसेका छन् । 

नेपाल सरकार र कोरियाकोे श्रम, रोजगार तथा सामाजिक मन्त्रालयबीच भएको समझदारी (एमओयू) अनुरुप आवेदन खुलाउने गरेको छ । आकर्षक सेवा सुविधा र पारदर्शी छनोट प्रणालीका कारण बर्सेनि लाखौं युवाहरु कोरिया जान भाषा परीक्षामा सहभागी हुन्छन् । तर रोजगारदाताले परीक्षामा उत्तीर्ण भएकाहरुबाट पनि छनोट गरेर लग्दा हजारौं युवाहरुको कोरिया जाने सपना अधुरै रहने गरेको छ ।
 


प्रकाशित मिति: सोमबार, भदौ २, २०८२  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार आइतबार, चैत २२, २०८२
आठ महिनामा भित्रियो साढे १४ खर्ब 
आठ महिनामा भित्रियो साढे १४ खर्ब  शुक्रबार, चैत २०, २०८२
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी
वैदेशिक रोजगारीमा जानेलाई निःशुल्क अभिमुखीकरण दिने तयारी बिहीबार, चैत १९, २०८२
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार
अनलाइन ठगीमा परेका १२ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत १८, २०८२
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज मंगलबार, चैत १७, २०८२
ठगीको अभियोगमा पक्राउ
ठगीको अभियोगमा पक्राउ मंगलबार, चैत १७, २०८२
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै
बालेन्द्र सरकारको प्राथमिकता पनि श्रम सम्झौता विस्तारमै मंगलबार, चैत १७, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP