Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
Search Here
विचार
  • Home
  • विचार
  • पाल्पाका ऐतिहासिक जात्राहरु
पाल्पाका ऐतिहासिक जात्राहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १, २०८२
दामोदर खनाल 

 

सम्बन्धित निकायबाट जात्रा निकाल्नका लागि चाहिने आर्थिक, भौतिक र नैतिक सहयोग पहिलाकै जसरी उपलब्ध हुन नसकेका कारण कतै ऐतिहासिक महत्व  बोकेका जात्राहरु लोप हुने त हैन भन्ने स्थानीयहरुमाझ चिन्ता उब्जिएको पाइन्छ । 

काठमाडा  उपत्यकापछि जात्रैजात्राको सहर भनेर चिनिने पाल्पाको तानसेनमा मनाइँदै आएको ऐतिहासिक गाईजात्रा, रोपाइँजात्रा, गणेशजात्रा, भिमसेनजात्रा, बाघजात्रालगायत यसपटक पनि विविध कार्यक्रमका साथ धुमधामसँग मनाइएको छ । सबैभन्दा पछिल्लो जात्रा भगवतीजात्रा हो । पाल्पामा आफ्नै ऐतिहासिक महत्व  राख्ने यस्ता जात्रा चाडपर्वप्रति पछिल्लो समय सम्बन्धित निकायको ध्यान पुग्न नसक्दा लोप हुँदै जान थालेको अनुभव स्थानीयबासीमा पाइन्छ ।

Hardik health

देशका विभिन्न ठाउँमा आ-आफ्नै कला संस्कृति रहनसहन चालचलन र परम्परा छन् । यहाँका विभिन्न जातजाति भाषाभाषीका मानिसहरुका विभिन्न प्रकारका चाडपर्वहरु छन् । यस्ता चार्डपर्वहरुमा उनीहरुका आ-आफ्नै रीतिथिति र चालचलनहरु झल्किन्छन् । यी सबै हाम्रा सांस्कृतिक सम्पदा हुन् । विभिन्न चाडपर्वहरुका आ-आफ्नै आध्यात्मिक, धार्मिक र सामाजिक विशेषताहरु पाइन्छन् । यस्तै विशेषता भएका चाडपर्व गाईजात्रा, भगवतीजात्रा र अन्य जात्राहरु पाल्पामा धेरै समय अगाडिदेखि मनाइँदै आएको पाइन्छ । यी पर्वहरुले पाल्पामा आफ्नै महŒव राखेको पाइन्छ । तथापि, यस्ता चाडप्रति सम्बधित निकायको ध्यान नपुग्दा प्रत्येक वर्ष जात्राहरुको स्तर खस्कँदै गएको आभास हुन्छ । 

यहाँ मनाइने कतिपय जात्रा र उत्सवहरु देवीदेवताका नाममा र देवस्थलसित सम्बद्ध रहेको पाइन्छ । यस्ता पर्वले परिवारका सदस्य, नाता कुटुम्ब र मित्रजनसँग भेटघाट र सद्भाव पनि बढाउन मद्दत गर्दछन् । पाल्पा सदरमुकाम तानसेनमा विशेषगरी नेवार समुदायको बसोबास भएकाले उक्त समुदायमा बढी लोकप्रिय मानिने गाईजात्रा पर्व यहाँ काठमाडौंमा जस्तै धुमधामले मनाउने परम्परा छ । सबै ठाउँझैं जनैपूर्णिमाको भोलिपल्ट भाद्र कृष्ण प्रतिपक्षका दिन यहाँ पनि यो गाईजात्रा पर्व मनाइन्छ । यस जात्रामा गाईलाई नै सिँगारी बाजागाजासहित तानसेन बजार परिक्रमा गराइन्छ । गाईलाई दूध, फलफूल खुवाउने र दर्शन गर्नेहरुको भीड लाग्ने गर्दछ । राति पनि निर्गुण भजन, बास्सा, नाच निकालिने परम्परा छ ।

त्यस्तै कतिपय मानिसहरु नक्कली गाई, जोगी बनी व्यंग्य गर्दै तानसेन नगर परिक्रमा गर्दछन् । कतिपय स्थानीय कलाकारहरुले नाचगान र नाटकका माध्यमबाट बजारका चोक गल्लीहरुमा मुलुकका विकृति-विसंगतिलाई लिएर सांसद, मन्त्री, प्रधानमन्त्री र उच्च तहका स्थानीय तथा राष्ट्रियस्तरका प्रशासक, नेताहरुको भण्डाफोर गर्दै व्यंग्य प्रदर्शन गर्दछन् । तर यी प्रचलनहरु विभिन्न कारणले हराउँदै जान थालेको छ । यसै क्रममा यहाँ एक सातासम्म बाघजात्रा, भिमसेनजात्रा, गणेशजात्रा, रोपाइँजात्रा नारायणजात्रा र भगवतीजात्रा निकाल्ने परम्परा छ ।भगवतीजात्राको अघिल्लो दिन कृष्ण जन्माष्टमीका दिन रातभर जागराम बस्ने गरिन्छ । राति लाखे नाच्ने र राँगा काट्ने चलनलाई यहाँ महŒवपूर्ण रुपमा लिइन्छ । यो पटक भदौ १ गते अथात् आज भगवतीजात्रा परेको छ । केही वर्षयता गठेमंगलका दिनदेखि लाखे नचाउने परम्परा लोप हुँदै गएकोमा यहाँका स्थानीय, बुद्धिजीवी तथा संस्कृतिप्रेमीहरुले दुःख व्यक्त गर्न थालेका छन् । र, कतै यहाँको संस्कृति हराउने त हैन ? भनी चिन्ता व्यक्त गरेका छन् ।

यहाँ मनाइने भगवतीजात्राको एउटा आफ्नो छुट्टै ऐतिहासिक पक्ष पनि छ । वि.सं. १८७१-७२ को नेपाल अंग्रेज युद्धपश्चात तानसेनकी भगवतीको नाउँ रणा उजीरेश्वरी हुन गएको थियो । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिरसिंहको नेतृत्वमा नेपाली फौजलाई अंग्रेजहरुसँग आफ्नो देशको स्वतन्त्रता रक्षाका लागि युद्ध गर्नुपरेको थियो ।साम्राज्यवादी अंग्रेजहरुको विशाल फौज नेपाल अघिराज्यलाई निल्न तत्पर थियो । उक्त संकटको घडीमा पाल्पाका तैनाथवाला कर्णेल उजिरसिंहले युद्धमा जानुपूर्ण यिनै अष्ठभुजा भगवतीको आरधना र प्रार्थना गरेका थिए । यिनैको शक्तिबाट उनले वाचा र भाकल गरेका थिए । र, त्यसै बेलादेखि यहाँ भगवती जात्राको थालनी भएको तथ्य पाइन्छ । पछि शिलाको अष्ठभुजा भगवतीको मूर्ति भएको ठाउँमा विशाल मन्दिरको स्थापना गरियो जुन हालको तानसेन भगवती मन्दिर हो । जहाँ दैनिक नित्य पूजाआजा पनि गरिन्छ । जसको रेखदेखका लागि समिति गठन गरिएको छ ।

भगवतीजात्राको दिन यहाँका सबै तह र तप्काका व्यक्ति तथा विभिन्न संघसंस्थाका प्रतिनिधि, शिक्षक र विद्यार्थीहरु भेला भई सैनिकद्वारा भगवतीलाई सलामी अर्पण गरी भगवतीको रथलाई नगर परिक्रमा गराउने प्रचलन छ । यस दिन सार्वजनिक बिदा दिइने गरिन्छ । यहाँको भगवती र गाईजात्रामा जिल्लाका ग्रामीण भेगका व्यक्तिहरु विभिन्न भेषभूषा र गरगहनामा सजिएर हजारौंको संख्यामा उपस्थित भई जात्रा हेरी दर्शन गर्ने गर्दछन् ।  सम्बन्धित निकायबाट जात्रा निकाल्नका लागि चाहिने आर्थिक, भौतिक र नैतिक सहयोग पहिलाको जसरी उपलब्ध हुन नसकेका कारण कतै ऐतिहासिक महत्व बोकेका यी जात्राहरु लोप हुने त हैन भन्ने स्थानीयहरुमाझ चिन्ता उब्जिएको पाइन्छ । यस्ता ऐतिहासिक जात्रा, कला संस्कृति, मेला पर्वहरुलाई सबै मिलेर संरक्षण गर्न लाग्नु हामी सबैको कर्तव्य हो ।


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप विचार
यस्तो होस् बालेन बजेट ! 
यस्तो होस् बालेन बजेट !  मंगलबार, जेठ १२, २०८३
उच्च रक्तचापको समस्या
उच्च रक्तचापको समस्या मंगलबार, जेठ १२, २०८३
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP