Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मेयर कप ब्याडमिन्टन
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #महिला टी-२०
  • #रामप्रसादराई
  • #सुनको_मूल्य
  • #सुनचाँदीकाे मूल्य
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
सरकारी कामकाजमा लिम्बू भाषा प्रयोग गर्दै माङसेबुङ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ १, २०८२

काठमाडौं-इलामको माङसेबुङ गाउँपालिकाले लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रूपमा कार्यान्वय गर्ने तयारी गरेको छ । प्रदेश सरकारले  लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषामा ल्याउने भएसगैँ माङसेबुङले गाउँपालिकाले आधिकारिक कामकाजीको भाषाका रूपमा प्रयोगमा ल्याउन लागेको हो । 

कोशी प्रदेश सरकारले लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजफ भाषाका रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको  छ । त्यससगैँ माङसेबुङले लिम्बू भाषालाई आधिकारिक कामकाजीको भाषाका रूपमा प्रयोगमा ल्याउन भएको छ ।  गाउँपालिका अध्यक्ष हेमन्त राईका अनुसार माङसेबुङमा बहुसङ्ख्यक जनताले बोल्ने लिम्बू भाषा (किरात सिरिजङ्गा लिपिमा लेखिने)लाई कामकाजी भाषाका रूपमा कार्यान्वयनका लागि एक जना भाषिक सहजकर्ता (सहायक पाँचौँ तह) नियुक्त गर्ने तयारी गरिएको हो । यसका लागि आवेदन आह्वान गर्दा छ जनाले आवेदन दिएका छन् । यही भदौ ४ गते (बुधबार) छनोट परीक्षा सञ्चालन गरी नियुक्ति गरिने गाउँपालिकाले जनाएको छ  ।

माङसेबुङले ‘भाषा, संस्कृति र ललितकलाको संरक्षण र विकास कार्यान्वयन निर्देशिका २०५७’ र ‘माङसेबुङ गाउँपालिकामा करारमा प्राविधिक कर्मचारी व्यवस्थापन गर्नेसम्बन्धी कार्यविधि, २०७४’ अनुसार भाषिक सहजकर्ता नियुक्त गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत दिलसेर राईले बताए । उनले भने,‘माङसेबुङ गाउँपालिकाको सङ्गठन तथा व्यवस्थापन (ओएनएम)मा नै समावेश गरी भाषिक सहजकर्ता नियुक्त गर्न लागिएको हो । भाषिक सहजकर्ताले नेपाली र लिम्बू दुवै भाषामा अनुवादकको काम गर्नेछ ।’

Hardik health

कर्मचारी नियक्ति भएपछि गाउँपालिकाभित्र औपचारिक कार्यक्रम गरी लिम्बू भाषालाई कामकाजी घोषणा गरिने अध्यक्ष राईले बताए । उनले भने,‘बाहुल्य लिम्बू समुदायको सम्मानका लागि नेपालमै पहिलोपटक माङसेबुङमा लिम्बू भाषा कामकाजी प्रयोगमा ल्याउन लागिएको हो ।’

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कानुसार १६ हजार ८१० जनसङ्ख्या रहेको माङसेबुङमा ४२ दशमलव ८३ प्रतिशत लिम्बू र ३३ दशमलव छ प्रतिशत राई समुदाय बसोबास गर्छन् । जातीय र भाषिक बाहुल्यताका आधारमा माङसेबुङले २०७५ साल मङ्सिर १३ गतेदेखि ५ नं वडा कार्यालयमा लिम्बू भाषालाई कामकाजी घोषणा गरी लागू गरिसकिएको छ । त्यसै वडामा २०७६ मा एक जना भाषिक सहजकर्ता (सहायक चौथो तह) नियुक्त गरिएको थियो । 


प्रकाशित मिति: आइतबार, भदौ १, २०८२  १२:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै
कोठेगाउँमा बाँसका सामग्री बनाउनेको संख्या घट्दै शुक्रबार, पुस ११, २०८२
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी 
मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी  शुक्रबार, पुस ११, २०८२
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु
सौराहामा १९औँ हात्ती तथा पर्यटन महोत्सव सुरु शुक्रबार, पुस ११, २०८२
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
रेसुंगा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज शुक्रबार, पुस ११, २०८२
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल
सरकारले निर्वाचनको वातावरण बनाएको छः मन्त्री खरेल शुक्रबार, पुस ११, २०८२
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु
वीरेन्द्रनगरमा पानीको आपूर्ति पूरा गर्न दोस्रो चरणको काम सुरु शुक्रबार, पुस ११, २०८२
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ
नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ शुक्रबार, पुस ११, २०८२
लोकप्रिय
  • Week
  • Month
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
चौथो ललितपुर मेयर कप ब्याडमिन्टन पौष २२ गतेबाट
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP