खोटाङ- ट्याक्टरमा गोलिया काठ लोड गर्ने क्रममा काठले किचेर धनकुटाका एक युवकको मृत्यु भएको छ ।
दिप्रुङ चुइचुम्मा गाउँपालिका-५ सप्तेश्वर छितापोखरीस्थित पञ्चमी-रोक्सिङभञ्ज्याङ सडकखण्डमा शुक्रबार उत्तिसको गोलिया काठ ट्याक्टरमा लोड गर्ने क्रममा धनकुटाको पाख्रिवास नगरपालिका-३ का ३५ वर्षीय लीला मगरको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता निराजन बस्नेतले जानकारी दिए ।
ट्याक्टर र त्यसका चालक धनकुटाको महालक्ष्मी नगरपालिका–३ चानुवाका १९ वर्षीय सुनिल गुरुङलाई नियन्त्रणमा लिएको छ ।