Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सुधन गुरुङ
  • #सुनको मूल्य
  • #डा. शेखर कोइराला
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #विश्व आदिवासी दिवस आज
  • #शिवशंकर रिजाल 'जोगिन्दर'
  • #गाईजात्रा
  • #‘ए मैना सुनन’
Search Here
समाचार
  • Home
  • समाचार
  • मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
मुख्यमन्त्री बानियाँ भदौ ३ गते विश्वास मत लिँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, साउन २९, २०८३

मकवानपुर- नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले दिएको समर्थन फिर्ता लिएपछि बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले अहिले अल्पमतको सरकार चलाइरहेका छन् ।   नेपाली कांग्रेस र नेकपा एमालेबीच एक वर्षदेखिको सत्ता साझेदारीलाई नेपाली कांग्रेसले नै गत ३१ असारमा निरन्तरता दिन नसकिने निष्कर्ष सार्वजनिक गरेसँगै एमालेलाई सरकारलाई दिएको थिए ।

आफूलाई समर्थन गरेको दल सरकारबाट बाहिरिएपछि संवैधानिक व्यवस्थाअनुसार एक महिनाभित्र विश्वासको मत लिइसक्नुपर्ने भएकाले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका छन् ।कांग्रेस बागमती प्रदेश संसदीय दलका सचिव मीनकृष्ण महर्जनले मुख्यमन्त्री बानियाँले आगामी ३ भदौमा विश्वासको मत लिने तयारी गरेका जानकारी दिए । विश्वासको मत लिनुअघि भदौ २ गतेसम्ममा कांग्रेसका प्रदेशसभा सदस्यलाई हेटौँडामा अनिवार्य उपस्थित हुन निर्देशन दिइ सकिएको सचिव महर्जनले बताए ।

मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी पूरा गरिसकेको र प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य दलसँग पनि समर्थनका लागि छलफल भइरहेको उनले जानकारी दिए। विश्वासको मतको तयारी भइरहेकैबेला प्रदेशसभामा दुई सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा) पनि सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री बानियाँले त्यस दलका शैलेन्द्रराज बज्राचार्यलाई भौतिक विकास तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

एमाले सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री बानियाँले मन्त्रिपरिषद् पुनर्गठन गर्दै प्रदेशसभा सदस्य शिवराज अधिकारीलाई आन्तरिक मामिला, कानुन तथा सहकारी, उर्मिला नेपाललाई कृषि, पशुपन्छी, वन तथा वातावरण, कञ्चनचन्द्र बादेलाई स्वास्थ्य तथा सामाजिक विकास, प्रभात तामाङलाई आर्थिक मामिला तथा योजना, सुरेश श्रेष्ठलाई उद्योग, पर्यटन, श्रम तथा यातायात तथा कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिएका छन् ।

Hardik health

प्रदेशसभा सचिवालयका प्रवक्ता तथा उपसचिव प्रकाश चापागाईंले मुख्यमन्त्री बानियाँले आगामी ४ भदौभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक प्रावधान रहेको बताए । नेपालको संविधानमा प्रदेश सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभासमक्ष विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुपर्ने व्यवस्था छ । 

प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य सङ्ख्याको बहुमतबाट विश्वासको मत पारित हुन नसके मुख्यमन्त्री पदमुक्त हुने प्रावधान छ । नेपालको संविधानबमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थन प्राप्त सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गर्नसक्ने संवैधानिक व्यवस्था रहेको चापागाईंले बताए । 

एक सय १० सदस्यीय बागमती प्रदेशसभाका छ जना सदस्य गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्नुभएपछि हाल सभामा १०४ सदस्य कायम छ ।  वर्तमान अवस्थामा बहुमत सिद्घ गरी सरकार निर्माण गर्न वा जोगाउन ५३ सांसदको समर्थन आवश्यक पर्नेछ । प्रदेशसभामा कांग्रेस ३६ सिटसहित ठूलो दलका रुपमा उपस्थित छ भने नेकपा एमालेसँग उपभासमुखसहित २५ र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)सँग २६ सिट रहेको छ । एमाले र नेकपाबीच नयाँ सत्ता गठबन्धनका लागि समझदारी बने पनि दुई दलको सिट सङ्ख्या जोड्दा ५१ मात्र छ । 

प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का १२, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का ३ र हाम्रो नेपाली पार्टीका दुई सांसद छन् । पछिल्लो पटक बनेको एमाले-नेकपा गठबन्धनले सरकार बनाउन राप्रपा, नेमकिपा वा अन्य साना दलको समर्थन निर्णायक बन्नेछ । गत वर्ष ९ साउन २०८१ मा कांग्रेस र एमालेबीच भएको सत्ता साझेदारी सहमतिअनुसार कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बनेका थिए। 

दुई दलबीच २०-२० महिना आलोपालो सरकारको नेतृत्व गर्ने सहमति थियो । तर, एक वर्ष नपुग्दै कांग्रेस बागमती प्रदेश संसदीय दलको नेता परिवर्तन गर्दै हालका मुख्यमन्त्री बानियाँलाई विसं २०८२ मा प्रदेश संसदीय दलको नेता तथा मुख्यमन्त्री बनेका थिए ।  त्यसपछि पनि एमालेसँगको सत्ता साझेदारी कायम रहेकामा पछिल्लो समय कांग्रेस केन्द्रको नयाँ निर्णयसँगै गठबन्धन टुट्न पुगेको हो ।

पछिल्लो समय एमाले–नेकपाबीच सरकार गठनका लागि सहमति बनेसँगै एमालेभित्र मुख्यमन्त्रीका विषयमा विवाद सिर्जना भएको छ । मुख्यमन्त्री को भन्ने आन्तरिक विवादै कारण बागमती प्रदेश एमाले संसदीय दलका नेता जगन्नाथ थपलियाविरुद्ध २७ साउनमा अविश्वास प्रस्ताव दर्ता भएको छ ।  प्रस्तावमा १६ सांसदको हस्ताक्षर रहेको अविश्वास प्रस्तावका समर्थक किरण थापाले दाबी गरे। आफू संसदीय दलको नेता तथा सम्भावित मुख्यमन्त्रीका रूपमा अघि बढेको उनको भनाइ छ ।

उनले एमाले र नेकपाबीच भएको सत्ता साझेदारीको सहमतिअनुसार बागमती प्रदेश सरकारको नेतृत्व एमालेले पाउने भएकाले एमालेले आफूलाई जिम्मेवारी दिने विश्वास व्यक्त गरे । बहुमत जुटाउन राप्रपा तथा नेमकिपासँग पनि आफूले संवाद गरिरहेको उनले बताए ।  नेता थपलियाले पार्टीलाई सुदृढ, एकताबद्ध र प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको बताएका छन् । 
 


प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १२:०९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
लागुऔषधसहित एघार जना पक्राउ
लागुऔषधसहित एघार जना पक्राउ शुक्रबार, साउन २९, २०८३
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश
पत्रकार श्रेष्ठलाई सोमबार अदालतमा उपस्थित गराउन आदेश शुक्रबार, साउन २९, २०८३
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त शुक्रबार, साउन २९, २०८३
​​​​​​​सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो
​​​​​​​सर्पदंश र रेबिविरुद्धको खोप अभाव टर्‍यो शुक्रबार, साउन २९, २०८३
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता
रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता शुक्रबार, साउन २९, २०८३
काठ लोड गर्ने क्रममा दुर्घटना हुँदा युवकको मृत्यु
काठ लोड गर्ने क्रममा दुर्घटना हुँदा युवकको मृत्यु शुक्रबार, साउन २९, २०८३
लोकप्रिय
  • Week
  • Month
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
आज वैदेशिक रोजगार विभागमा शान्तिपूर्ण प्रदर्शन गर्दै
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री  गुरुङ
शान्ति सुरक्षा सरकारको प्रतिबद्धता : गृहमन्त्री गुरुङ
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
साउदीमा कार्यरत विदेशी कामदारले रोजगार परिवर्तन गर्न पाउने
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP